छिन्नमस्ता गाउँपालिका–५ मुसहरी टोलमा कात्तिक ३ गतेदेखि झाडापखालको प्रकोप फैलिएपछि दुई जना बालबालिका सहित एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा एक वर्षीय संजिव सदा, चार वर्षीया राघनी सदा र ६० वर्षीय लक्ष्मण सदा रहेका छन् ।
स्थानीय शिवशंकर सदाका अनुसार टोलमा हालसम्म १२ जना भन्दा बढीमा झाडापखालाको लक्षण देखिएको छ ।
त्यसै सोही टोलका मनर सदाको परिवारका २६ वर्षीया लिलम सदा, चार वर्षीया गायत्री सदा र ६ वर्षीया सुगन्धा सदा, शिवकुमार सदाको परिवारका सात वर्षीय अमन सदा, दिलचन सदाको परिवारका दुई वर्षीया श्रृष्टि सदा र घुरण सदाको परिवारका ८ वर्षीया करिना सदामा झापापखालाको लक्षण देखिएको छ ।
मुसहरी टोलमा झाडापखाला तीव्र रूपमा फैलँदै गएको छ र स्थानीय स्वास्थ्यकर्मीहरूले प्रभावित परिवारहरूको उपचार र जनचेतनामूलक अभियान थालेको वडाध्यक्ष जयप्रकाश ठाकुरले बताउनु भयो ।
नविन यादव