बेपत्ताहरूको खोजबिन कहिले ?
अमृत गिरी
रुपन्देही । भदौ १४ गते
बेपत्ता पारिएका व्यक्तिहरूका सम्बन्धमा सरकार, राजनीति दल, तत्कालिन विद्रोही पक्षतथा सम्बन्धित पक्षहरूले पटकपटक प्रतिवद्धता व्यक्त गरेका छन् । ०५२-०६२ सम्म भएकोसशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकारविरुद्धका ज्यादतिबारे छानविन गर्न जति पटक सहमति, समझदारी,निर्णय र प्रतिवद्धता भएपनि पीडितलाई न्यायको अनुभूति भएको छैन । द्वन्द्वका क्रममा कति व्यक्ति मारिए, कुनपक्ष्ँले कसरी मार्यो, कति जना बेपत्ता बनायो ? कहाली लाग्दो त्रासदीपूर्ण हिंसाका बेलामा के, कति ज्यादति भयोत्यो अझै यथार्थ रुपमा बाहिर आउन सकेको छैन ।
द्वन्द्वका क्रममा भएको व्यापक प्रकृतिको बेपत्ता पारिएका घटनाहरू र अन्य अवस्थामा पनि पक्रने, थुन्ने, बन्धकराख्ने, थुन्दाको बापतमा अपनाउनु पर्ने सतर्कता र व्यवस्था, पीडित व्यक्ति तथा निजको परिवारजनकोअधिकारहरूबारे राज्यले अहिलेसम्म सम्बोधन गरेको छैन ।
नेपाल सरकार र नेकपा (माओवादी) बीच ०६३ जेठ १२ गते काठमाडौंको गोकर्णमा भएको सहमतिपछि लागूगरिएको युद्धविराम आचार संहित, २०६३ मा (बुँदा नं.१७) मा बेपत्ता नागरिकहरूको स्थिति यथाशीध्र सार्वजनिकगर्ने उल्लेख छ ।
त्यस्तै तत्कालिन सात र नेकपा (माओवादीका) का शीर्ष नेताहरूको २०६३ कात्तिक २२ गतेको बैठकमा राज्य रमाओवादी दुवैबाट बेपत्ता पारिएका भनिएका नागरिकहरूका सम्बन्धमा छानबिन गरी स्थिति सार्वजनिक गर्नउच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही आयोगको प्रतिवेदनको आधारमा बेपत्ता भएका पीडितपरिवारलाई राहत उपलब्ध गराउने निर्णय भयो । (निर्णय नं.१ (ख) र ४ (२))
नेपाल सरकार र तत्कालिन नेकपा माओवादीबीच ०६३ मंसिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौताको बुँदा नं.५.२.२ मा आफ्नो कब्जामा रहेका मानिसहरूका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्नदुवै पक्ष मञ्जुर गर्दछन् भनिएको छ । बुँदा नं. ५.२.३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरूको तथा युद्धकोसमयमा मारिएकाहरूको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको ६० दिनभित्र सार्वजनिक गर्नमञ्जुर गर्दछन् भनी सहमति भएको उल्लेख गरिएको छ ।
सम्झौताको बुँदा नं.७.३.१, बुँदा नं.७.३.२ तथा बुँदा नं.७.५.४ मा दुवै पक्षले बेपत्ता छानबिन, रोकथाम तथापीडितलाई राहतका लागि पटक-पटक प्रतिवद्धता जनाएका छन् ।
०६३ चैतमा गठन भएको अन्तरिम सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम, ०६३ को बुँदा घ (३) माद्वन्द्वका क्रममा बेपत्ता पारिएका भनिएका नागरिकहरूको सम्बन्धमा खोजी र छानविन गरिने उल्लेख छ ।
०६४ पुसमा तत्कालिन ६ राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको २३ बुँदे सम्झदारीमा पनि (बुँदा नं.६(क)) बेपत्ता पारिएकाहरूबारे छानविन आयोग सरकारले सहमतिको आधारमा एक महिनाभित्र गठन गरिने उल्लेखछ ।
अहिले ऊ बेलाको विद्रोही पक्ष अर्थात् नेकपा माओवादी (अहिलेको एनेकपा माओवादी) ले सरकारको नेतृत्वगरिरहेको छ । बेपत्ता भएकाहरूको छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्न भन्दै पटक पटकसहमति र प्रतिवद्धता पनि जनाइएका छन् । तर पीडित परिवारहरूको अवस्था ज्यूका त्यूँ नै छ । उनीहरू कहाँछन् ? न त ऊ बेलाको विद्रोही माओवादीले सार्वजनिक गर्न सकेको छ न त उसैले चलाएको सरकारले नै ।
बेपत्ता पारिएका व्यक्तिहरूलाई संरक्षण गर्नु र न्याय दिलाइदिनु राज्यको सम्पूर्ण निकायको उत्तरदायित्व हो ।कानून बनाउने, जाँचबुझ आयोग गठन गर्ने, त्यसबाट प्रतिवेदन लिने र सो आधारमा अभियोजन गर्नेसम्मकाकाम गर्दाको चरणहरू पार गर्दा लामो समय लाग्ने निश्चित छ । तर्सथ राजनीतिक दलहरूमा इच्छाशक्ति भयोभने बेपत्ता पारिएका नागरिकहरूका सम्बन्धमा राजनतिक स्तरबाट निर्णय हुन सक्छ जसले पीडितलाई न्यायकोअनुभूति गराउन सकोस् ।
बेपत्ता भएका कारणले सम्बन्धित व्यक्तिले भोगेको असर त छदै छ, त्यसका अतिरिक्त बेपत्ता भएका कारणलेआफन्त तथा परिवारजनले विभिन्न सामाजिक, आर्थिक एवं मानसिक क्षति निरन्तर रुपमा भोग्नु परिरहेको छ ।मानिसको जीवनको अधिकार र स्वतन्त्रताको अधिकार उल्लंघन गर्नेलाई जवाफदेही तथा त्यसबाट पीडितभएकालाई न्याय, क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने काममा राज्यले ढिलाइ गर्नुहुन्न ।
नेपालमा नागरिक बेपत्ता पारिने परम्पराको इतिहास आधा शताब्दीभन्दा पुरानो मानिन्छ । नेपालमा राज्यसंयन्त्रद्वारा बलपूर्वक बेपत्ता पारिने क्रमको सुरुवाआत २००७ सालको दिल्ली सम्झौताको विरोधमा भएकाआन्दोलनहरूका दौरान भएको पाइन्छ । ०१७ सालमा निरंकुश पञ्चायती शासन व्यवस्थाको स्थापनासँगै नेपालमानारिकहरूलाई गिरफ्तारी गरी बेपत्ता पार्ने क्रममा बढेको हो । त्यसबेला राजनीतिक प्रतिरोधका कारण धेरैनागरिकलाई बेपत्ता पारियो । गिरफ्तार गरी बेपत्ता पारिएकाहरूबारे छानविन गर्न २०४७ साउन १६ गते सूर्यबहादुरशाक्यको अध्यक्षतामा गठन भएको छानबिन समिति (प्रजातन्त्र पुनःस्थापनाको सिलसिलामा बेपत्ता पारिएकामानिस पत्ता लगाउने समिति) गठन भएको थियो । उक्त समितिले ०४८ वैशाख ८ गते आफ्नो प्रतिवेदनतत्कालिन प्रम कृष्णप्रसाद भट्टराईलाई बुझाएको थियो तर अहिलेसम्म कार्यान्वयन भएको छैन ।
प्रजातन्त्रको पुनःस्थापनापछि मानवअधिकार विरुद्धका यस्ता घटना र क्रम रोकिन्छ भन्ने आशा आमनागरिककमा थियो तर २०५२ सालमा सशस्त्र द्वन्द्वको सुरुवात भएपछि बेपत्ता पारिने क्रम अझ बढी व्यवस्थितढङ्गबाट आरम्भ भयो । यो द्वन्द्वको अवधिभर राज्यद्वारा नागरिकहरू बेपत्ता पार्ने कार्य योजनावद्ध ढङ्गमा अगाडिबढाइयो । अर्कोतर्फ विद्रोही नेकपा (माओवादी) पनि नागरिहरूलाई अपहरण गरी बेपत्ता पार्ने, सफाया गर्ने कार्यमाअग्रसर रह्यो । युद्धरत दुवै पक्षले युद्ध रणनीतिको रुपमा बेपत्ता र अपहरणजस्ता मानवअधिकार विरोधी कार्यलाईअङगिकार गरे । दुवै पक्षले गरी त्यस अवधिमा करिब १ हजार जना बेपत्ता बनाए । फलस्वरुप नागरिक बेपत्तापार्ने, अपहरण गर्ने, हत्या गर्ने कार्यले नेपाल विश्वभर कलंकित बन्न पुग्यो । संयुक्त राष्ट्रसंघको विशेष कार्यदललेनेपालमा नौ दिन लामो भ्रमण गरी घटनाहरूको अध्ययन गर्यो र सरकारलाई विशेष चासोको पत्र समेत पठायो ।तर विडम्बना अवस्थामा केही सुधार आउन सकेन ।
एक दशक लामो नेपालको सशस्त्र द्वन्द्वमा देशभर करिब १ हजार जना व्यक्तिहरू बेपत्ता भएको अनुमान छ ।यद्यपि राज्यले अहिलेसम्म कति जना बेपत्ता पारिए भनेर तथ्यांक सार्वजनिक गरेको छैन । गैरसरकारी संस्थाअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ९ सय ३४ जनाको अद्यावधिक विवरणसहितको पुस्तकसमेत प्रकाशनगरेको छ ।
त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय रेडक्रस सर्कल तथा वकालत मञ्च नेपाललगायतका संस्थाहरूले बेपत्ताहरूका बारेमाविभिन्न समयमा विवरणहरू सार्वजनिक गरेका छन् । आईसीआरसीको अद्यावधिक प्रतिवेदन पनि केहीसमयपहिले मात्र गरिएको छ ।
रुपन्देहीमा घर भई द्वन्द्वका क्रममा बेपत्ता भएकाहरुः
| क्र.स. | नाम | ठेगाना | वेपत्ता मिति |
| १ | युवराज पाण्डे | दुधराक्ष गाविस-६, बाँसगढी | २०६०।६।२९
(रुपन्देहीबाट) |
| २ | शालिकराम अर्याल | मोतिपुर गाविस-७,रुपन्देही | २०५८।११।२७
(बर्दियाबाट ) |
| ३ | रणबहादुर पुर्जा | पर्रोहा गाविस-४, रुपन्देही | २०६०।१२।१०
(म्याग्दीबाट) |
| ४ | लौटू पासी (राम ) | बोदवार गाविस-३, रुपन्देही | २०६०
(रुपन्देहीबाट) |
विस्तृत शान्ति सम्झौतापछि बेपत्ता वनाइएका
| ५ | असलम पठान | वैरघाट गा.वि.स वडा न.९, रुपन्देही | २०६४।२।३१ |
सशस्त्र द्वन्द्वका क्रममा रुपन्देहीमा सशस्त्र द्वन्द्वको क्रममा पाँच जना बेपत्ता भएका छन् भने शान्ति सम्झौताभएपछि एक जनालाई बेपत्ता पारिएको छ । विस्तृत शान्ति सम्झौतापछि मर्चवारस्थित बयरघाट गाविस-९ काअसलम पठानलाई माओवादीका कार्यकर्ताले ०६४ मा घरनजिकैको हाटबजारबाट बेपत्ता बनाएको पीडितकापरिवारको भनाइ छ । यद्यपि परिवारले गाविस कार्यालयमार्फत ०६५ असार २६ गते गराएको नाता प्रमाणितमाभने मृत्यु भएको उल्लख गरिएको छ । मृत्यु नै भएको भए हो भने पनि उनको पविारले अहिलेसम्म शव पाएकोछैन । पठान बेपत्ता भएपछि उनकी पत्नी तरिकुन निशा र तीन नाबालकहरू बेसाहारा भएका छन् । शान्तिसम्झौता भएको पाँच वर्षबितिसक्दा पनि उनको अवस्थाबारे केही सार्वजनिक भएको छैन ।