INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकार र संविधानसभाको नाइटो

संविधानसभाको गठन भइसक्यो। यसभन्दा अघि कहिल्यै नदेखिएको राष्ट्रिय प्रतिनिधित्व यो सभामा देखिएको छ । कतिपयसमुदाय छुटेका पनि छन् । तर बहुसङ्ख्यकको प्रवेश भएको छ । युगौंदेखिको विभेद रअत्याचार पीडित हाम्रा सार्वभौम जनप्रतिनिधिले निर्धक्क बोल्न पाए भने जबर्जस्तीथिचेर राखिएका समस्या उजागर हुनेछन् । जनताको बोली सङ्गीतको सरस बोलमा बग्नेछ ।नयाँसंविधान लेखनकार्यकोजिम्मेवारी पाउने प्राविधिक सीपमा दक्षहरूले इमानदार र लेखनदासको भूमिका निर्वाहगरिदिए अहो ! साँच्चै जनताकोमनको, मुटुको, चेतनाको संविधान बन्नेछ ।

यस्तो ऐतिहासिक अवसरकोबेला हाम्रा नेता’काशी जाने कुत्तीकोबाटो’ दौडेको दौड्यै छन् ।सरकार र संविधानसभालाई एउटै दाम्लोले बाँध्नु जरुरी छैन । योसिद्धान्तको, आदर्शको कुरा गर्ने र असलनजिर स्थापना गर्ने बेला हो । सबै पार्टी केही खराब व्यक्ति पनि होलान् । तीमध्येकेही भ्रममा वा दम्भमा पनि होलान् । हामी जनता जस्ता छौं, हाम्रा प्रतिनिधि पनित्यस्तै-त्यस्तै छन् । तर दलका मूलीले त विचार पुर्žयाउनैपर्छ ।मिलाई-जुलाई, हप्काई-दप्काई पनिगर्नैपर्छ । जसले जेसुकै नारालाई प्राथमिकता दिएको भए तापनि उनीहरू सिङ्गो देशकानेता हुन् । यो संविधान निर्माणक्रममा अबको पौने दुई वर्षा उनीहरूको व्यक्तित्वसंसारसामु सफा, सुन्दर र ज्वलन्तबन्नुपर्छ, ताकि हामी त्यस्ता नेताकाजनता हौं भनेर मख्ख पर्न सकौं ।

अहिले सबै दलहरूकोसहमतिमा सरकार बन्नुपर्छ भनेर सारातिरबाट कोकोहोलो मच्चिइरहेको छ । किन – कारण एउटैछ । जनतामा र विदेशी माझमा पनि के चिन्तन छ भने नेपालका नेता मन्त्री हुन पाएनन्भने रडाको मच्चाउँछन् । पार्टी आफन्तको स्वार्थ पूरा गर्न राष्ट्रिय स्वार्थको बलिचढाउँछन् । जनतामा पनि यस्तै शंका व्याप्त छ । उनीहरूको अनुभवले भन्छ, सरकार बनाउनु भनेकोप्रहरी, प्रशासन र बजेटकोदुरुपयोग गर्नु हो । विकसित देशका नेताहरू मुख फोरेरै भन्छन्- तिब्रा मन्त्रीहरूनीति, नजिरबनाउँदैनन्, फाइलपिच्छे सही गर्छन् ।विकसित देशका मन्त्रीहरू नीति बनाउ“छन् र त्यस नीतिअनुसारमन्त्रालय चलेको छ कि छैन भनेर अनुगमन गर्छन्, अनुसन्धान गर्छन् । आफ्नोनिष्कर्षबारे अरू मन्त्रालय, सांसद र नागरिक समाजबीचचर्चा, वकालत गर्ने काममाउनीहरूलाई भ्याई-नभ्याई हुँदोरहेछ । कुनै विषयमा बोल्नुअघि त्यस अघिकादेखि लिएरआफूले कुन दृष्टिकोण प्रस्तुत गरेको रहेछ भनेर अध्ययन गर्दारहेछन् । हामीले ती कुशलराजनीतिज्ञलाई उछिन्ने शासक तयार गर्नुपर्ने र त्यसका लागि पृष्ठभूमि तयारगर्नुपर्ने बेला हो यो ।

यदिसबै मिलेर सरकार बनाएभने सरकारको चाला कस्तो होला – मन्त्रालय स्तरमा भएको मेलमिलाप संविधानसभामा पनिहोला – तेलमन्त्रीको मनपरी, गृहमन्त्रीकोनिम्छरोपन, परराष्ट्रमन्त्रीकोआत्मसर्मपण,प्रधानमन्त्रीकोसमवेदनशून्यता सबै एकठाउ“मा मिले भने के होला -आखिर मन्त्री हुनेहरू त पार्टी वरिष्ठतम नै हुनेछन् । सबै वरिष्ठबीच आपसी मनपरीलाईसहयोग गर्ने अघोषित कार्यगत एकता होला । सरकारमा बस्नेको मन मिलेपछि संविधानसभामाभटाभट ह्विप जारी होला र निर्णय पारित होलान् । यसरी जनपक्षीय एजेन्डा राख्नेकुरामा संविधानसभा कमजोर बन्न सक्छ । भित्रै एकता गरेर नेताहरूले कुरा टुङ्ग्याउनथालेपछि संविधानसभाका एजेन्डा(कार्यसूची) जनतामा लगिनेछैन । जनताका बीच नजाने राजनीति भएपछि विदेशी प्रभुत्व बढ्छ । माफिया, साहुकार र कालाबजारियालेसंविधानसभालाई सरकारका नेताहरूमार्फ प्रभावित पार्नेछन् ।

लोकतन्त्रको सार रसुन्दरता बलियो प्रतिपक्ष हो । लोकतन्त्रमा जनमत भन्नु नै प्राप्त मतको गणित हो ।अतः सामान्य बहुमत पुर्žयाउनेले सरकार बनाउनुपर्छ । अरूले प्रतिपक्षमा बस्नुपर्छ ।ठूला पार्टी दरिएका मध्ये कमसेकम दुई वा एकले त प्रतिपक्षमा बस्नैपर्छ । अब हुनेसंसदको चुनावसम्ममा जनताले तोक्ने औचित्यको मापदण्ड यही नै हुनेछ । त्यो चुनावमापार्टीले भन्न सक्नुपर्नेछ, नयाँ संविधानको कुन-कुन पक्ष रके-के दफामा उसको योगदान रह्यो ।

सबैले थाहा पाएको कुराहो, अबको ३-४वर्षअन्तर्राष्ट्रिय अर्थतन्त्रका लागि खराब छन् । आउने सरकारले जनतामा निराशा बढीदिनेछ । हिजो को-कस्ता अपराधीसँग तालमेल गरेर चुनाव जितियो, अब तिनलाई जोगाउन रसम्झाउनमै नेताले पसिना काढ्नु पर्नेछ । सार्वजनिक रूपमा भन्न तसक्दैनन्, तर बडो चलाखीपूर्वकत्यस्ता तत्त्वबाट पार्टीलाई मुक्त पार्न पनि जनताको व्यापक परिचालनमा जानु पर्नेछ। आन्दोलनलाई हिंस्रक बनाएर आफ्नो पकडको प्रमाण दिने र त्यही प्रमाणको भरमापार्टीको दुरुपयोग गर्नेहरूबाट पार्टी जोगाउने दायित्व पनि नेताहरूमै छ । यस्तोबेला तुरुन्तै सरकारमा गएर प्रशासन, प्रहरी र बजेटकोदुर्दशामा सहयात्री हुने रहर किन लागेको हो, हाम्रा पार्टीलाई – बहानाधेरै छन्, यो देश बिगार्ने । सानोफिलिङ्गोले दावानल दन्किन सक्छ । गृहशान्तिको निर्माण गर्नै चाहेको हो भने कृपयासकेसम्म थोरै, अनिवार्य सङ्ख्या बाहेककापार्टी सरकारमा नजानुहोस् । हामीलाई थाहा छ- संविधानसभामा प्रस्ताव पेस गर्नेदेखिलिएर सबै काम संविधानसभाले नै गर्छ । सरकार र संविधानसभाको नाइटो गाँसिएको हुन्न।

(प्रस्तुत लेख ०६५ साउन २९गतेको कान्तिपुर दैनिकबाट साभार गरिएको हो)

 

अन्य

भिडियो