INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको विषयमा हामी संवेदनशील छौँ

स्थानीय सरकारलाई न्याय निरूपणका लागि न्यायिक समितिसँगै मानव अधिकारसँग जोडिएका विविध सवालमा कार्य सम्पादनका लागि स्थानीय सरकार सञ्चालन ऐन२०७४ ले अधिकारहरू दिएको छ । ती अधिकारलाई कसरी उपयोग गर्दै आउनु भएको छ भनी इन्सेक भक्तपुर प्रतिनिधि जमुना भट्टराईले सुर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराईसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।

स्थानीय सरकारको न्यायिक समितिको प्रमुख हुने कानुनी व्यवस्थाप्रतिको यहाँको धारणा के छ न्यायिक समितिमा के कस्ता समस्या आउछन् ?

यो निकै महत्वपूर्ण कुरा हो यसले समुदाय र जनप्रतिनिधिलाई सधैँ सँगै बनाइरहन्छ । यसैपनि हामी जनप्रतिनिधिको समाजप्रति उत्तरदायित्व रहेको हुन्छ । धेरै मुद्दाहरू मेलमिलाप गरी पाउँ भन्दै आउँछन् । संविधानको धारा २१७ र स्थानीय सरकार सञ्चालन ऐनको ४७ दफा १ र २ को व्यवस्था अनुसार दुवै पक्ष जितजितमा मेलमिलाप गराएर पठाउछौँ । पीडितको पक्षमा रहेर निर्णयहरू हुन्छन् । त्यति धेरै विवादहरू छैनन् । हामीले पूर्वाधार विकाससँगै मानव विकासमा काम गरिरहेका छौँ । महिलासँगै पुरुष सचेतनामा काम गरेका छौँ । गम्भीर प्रकृतिका घटना न्यून मात्रामा पाइन्छ । हामीले २०८३ सालसम्म बालमैत्री नगरपालिका बनाउने भनेर तीव्र गतिमा काम गरिरहेका छौँ ।

 महिलाबालबालिकाअपाङ्गता भएकालगायत सिमान्तकृत व्यक्तिहरूले अपनत्व गर्ने खालका कानुन निर्माणमा कत्तिको छलफल गर्नुहुन्छ ?

महिलाबालबालिकाअपाङ्गता भएका व्यक्तिहरूआदिवासीजनजातिदलित, ज्येष्ठ नागरिकमधेसीमुस्लिमलैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायअपाङ्गता भएका व्यक्तिहरूले सबैका विषयमा उठेका आवाजलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ । यस्ता विषयमा हामी गम्भीर छलफल गर्छौँ र आवश्यक निष्कर्ष पनि निकाल्छौँ । सिमान्तकृत समुदायका विषयमा पनि छलफल गरिरहेका हुन्छौँ हामीले उठाएका सवालहरू र जनतालाई आवश्यक परेका कानुन निर्माण गर्नका लागि संवेदनशील भएर सहज रूपमा ल्याउन सकिन्छ भन्ने लाग्छ ।

 यस नगरपालिकामा शिक्षास्वास्थ्यआवासवातावरणखाद्य अधिकारको अवस्था कस्तो छ ?

शिक्षा र स्वस्थ्य क्षेत्रका विषयलाई हामीले प्राथमिकता दिएर अलि बढी काम गरिरहेका छौँ । विद्यालयको स्तर उन्नती गराउने काममा हामी दृढ भएर लागि परेका छौँ । विद्यार्थी सङ्ख्या पनि बढ्दै आएको छ । सबै विद्यालयहरू सुविधा सम्पन्न बनिसकेका छन् । प्रोजेक्टरबाट पढाउन, शिक्षकहरू पनि सोही अनुसार दक्ष हुनुहुन्छ । प्रत्येक सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाएका छौँ । यस नगरपालिकाले विशेष गरी शिक्षास्वास्थ्यरोजगारविकास निर्माणमहिला तथा बालालिकाका विकास क्षमता विकासमा हामीले प्रभावकारी काम गरेका छौँ । सामुदायिक हुन् वा निजी यहाँका विद्यार्थीले गुणस्तरीय शिक्षामा लागिपरेका छौँ । जसका कारण पढ्न बाहिर जान पर्दैन । स्वास्थ्यमा सहज पहुँच होस् भनेर प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीहरू बनाइसकेका छौँ । नगरपालिकाका नागरिकलाई चाहिने आधारभुत आवश्यकताहरू खानेपानीढलबाटोघाटोसरसफाईशिक्षायुवामहिलाबालबालिका हरेक व्यक्तिका अधिकार र आवश्यकतालाई हेरेर पुर्वाधार तयार गर्दैछौँ ।

मानव अधिकारमौलिक हक र कानुनसाथै कस्ता प्रकारका लक्षित कार्यक्रमहरू योजनामा छन ?

यहाँले उठाएको विषयवस्तु एकदमै महत्त्वपूर्ण विषय हो । मानव अधिकारको विषयमा हामी संवेदनशील छौँ । मानव अधिकारको विषयमा हामी संवेदनशील छौँ । महिला शसक्तिकरण र युवा लक्षित कार्यक्रमहरू अलि बढी महत्व दिएर बजेट छुट्याएका छौँ । सोही अनुसार काम गरिरहेका छौँ । आर्थिक शसक्तिकरण नभई कुनै शसक्तिकरण हुँदैन भनेर महिलाहरूलाई आयआर्जनस्वरोजगार र सीपमुलक तालिमसँग जोडिरहेका छौँ । पहिला छोटो समयको तालिम दिइन्थ्यो । तीन महिना६ महिना लामो समयको तालिम दिएर रोजगारमा सक्षम दक्ष बनाउने छौँ । आर्थिक अभावका कारण नै धेरैजसो हिंसाका घटना हुने गरेका छन् । त्यसैले आयआर्जनका लागि महिला लक्षित सीप तथा तालिमको व्यवस्था गरेका छौँ ।

भिडियो