INSEC Online

📅 २०८३ जेष्ठ २१

एनसेल खरिद बिक्रि विरुद्ध प्रदर्शन गर्ने १७ जना गिरफ्तार

दुरसञ्चार कम्पनी एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नु पर्ने माग गर्दै निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले ०८० पुस ५ गते गिरफ्तार गरेको छ ।

प्रहरी गिरफ्तारीमा पर्नेहरूमा काठमाडौँका ६५ वर्षीय कृष्ण पहाडी, काठमाडौँका ५० वर्षीय रामकृष्ण बराल, काठमाडौँका ५७ वर्षीय उत्तम पुडासैनी, काठमाडौँका ४७ वर्षीय गोविन्द खनाल, काठमाडौँका ४५ वर्षीय कृष्ण कँडेल, काठमाडौँको ३८ वर्षीया रेनुका पौडेल, काठमाडौँका ४३ वर्षीय रामप्रसाद जोशी, ललितपुरका ५३ वर्षीय चन्द्रमणि बन्जारा, काठमाडौँका ४३ वर्षीय किरण ढकाल, काठमाडौँकी ४२ वर्षीया नम्रता खरेल, काठमाडौँका ४५ वर्षीय दिवाकर पुडासैनी, काठमाडौँका ३५ वर्षीय भगवान पुडासैनी, काठमाडौँका ४६ वर्षीय विकास थापा, काठमाडौँकी ३७ वर्षीया सानु लामा, ललितपुरका ४४ वर्षीय बलबहादुर गाहा मगर, काठमाडौँका ४१ वर्षीय बुद्ध रिसाल र काठमाडौँका ३५ वर्षीय रोज विष्ट रहेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले गिरफ्तारीमा परेकाहरूलाई नगर प्रहरी, भृकुटीमण्डपमा राखिएको बताउनु भयो ।

अन्य

भिडियो