२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले फेसवुक, मेसेन्जर लगायत सामाजिक सञ्जालबाट पीडितको फोटो दुरुपयोग गरेर भिडियो बनाई पीडितको पतिलाई पठाएर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर १९ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर २१ गते गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट मङ्सिर २१ गते सात दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी रायले इन्सेकलाई जानकारी दिनुभयो ।