INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सङ्खुवासभाको चैनपुर नगरपालिका-१० घर भई हाल महालक्ष्मी नगरपालिका-३, इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई प्रहरीले ०८० मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले फेसवुक लगायत सामाजिक सञ्जालमा पीडितको फोटो दुरुपयोग गरेर भिडियो बनाई अपलोड गरेर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर ३ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर ५ गते गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका प्रमुख एसएसपी नबिन्द अर्यालले बताउनु भयो ।

ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट मङ्सिर ५ गते ६ दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसएसपी अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो