INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ११ जना गिरफ्तार

संविधान दिवसको अवसरमा अदालतबाट जन्मकैदको सजाय तोकिएका व्यक्तिलाई आममाफी दिएको भन्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीसहित ११ जनालाई प्रहरीले ०८० असोज २२ गते गिरफ्तार गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो ।

Photo_080-6-22_Kathmandu

गिरफ्तारीमा पर्नेहरूमा काठमाडौँका ६५ वर्षीय कृष्ण पहाडी, काठमाडौँका ५० वर्षीय रामकृष्ण बराल, काठमाडौँका ५७ वर्षीय उत्तम पुडासैनी, काठमाडौँकी ३६ वर्षीया रेनुका पौडेल, काठमाडौँका ४३ वर्षीय किरण ढकाल, ललितपुरका ५३ वर्षीय चन्द्रमणि बन्जारा, काठमाडौँका ४५ वर्षीय दिवाकर पुडासैनी, काठमाडौँका ४० वर्षीय भगवान पुडासैनी, काठमाडौँकी ३८ वर्षीया रिता अधिकारी, काठमाडौँका ४५ वर्षीय मधु पुडासैनी र काठमाडौँका ४० वर्षीय लक्षमण पुडासैनी रहेका छन् ।

गिरफ्तारमा परेकाहरूलाई प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।

Photo_080-6-22_Kathmandu1

अन्य

भिडियो