१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवराजपुर गाउँपालिका–१ का १९ वर्षीय जितेन्द्र यादव र २० वर्षीय सन्तोष यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन २८ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितद्वयले फागुन २५ गते अपहरण गरी सामूहिक बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा फागुन २८ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालका अनुसार आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको छ ।