१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ का ठोकाका ४२ वर्षीय उमेश राईलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले इन्सेक प्रतिनिधिसँग भेटमा बताउनु भयो ।
पीडितको बालिकाको स्वास्थ्य जिल्ला अस्पतालमा फागुन २७ गते गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले बताउनु भएको छ ।