कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कपिलवस्तु अस्पतालमा बेड अभाव हुँदा बिरामीलाई भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

५० बेड क्षमता भएको कपिलवस्तु अस्पतालमा ७५ जना बिरामीहरूको उपचार भइरहेको छ ।

बेड अपुग भएपछि बिरामीहरूलाई भुँइमा राखेर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर किशोर बञ्जाडेले बताउनु भयो ।

अक्सिजनको अभाव र अस्पताल सञ्चालनमा आर्थिक अभाव भएपछि अस्पताल विकास समितीसँगको समन्वयमा विभिन्न उद्योगी व्यवसायी, सङ्घसंस्थाहरू र स्थानीय तहबाट अस्पतालललाई सहयोग जुटिरहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो ।

सङ्क्रमण अझै भयावह रूपमा नफैलियोस भन्ने उद्देश्यले जेठ १० गतेसम्म निषेध आदेश थप गरिएको पनि प्रजिअ पाण्डेले बताउनु भयो ।

