१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितकी हजुरआमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा वैशाख ५ गते उजुरी दिएकी थिइन् ।
आरोपितलाई प्रहरीले वैशाख ३ गते नै गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख ४ गते गरिएको छ ।