१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले नातेदार २१ वर्षीय युवकलाई माघ ८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस २७ गतेदेखि तुलसीपुर ल्याएर कोठामा पटक पटक बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा माघ ८ गते उजुरी दिएका छन् ।उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।