२७ वर्षीया महिलालाई ०७६ चैत २४ गते बलात्कार गरी फरार रहेका आरोपित सिरहा नपा–१२ का २८ वर्षीय सरोज भनिने चन्दन मण्डल खत्वेलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा गत असार ११ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ११ गते गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्मा पौडेलका अनुसार आरोपितलाई घरैबाट गिरफ्तार गरिएको हो ।