INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेनाको छातापुर टोलका २५ वर्षीय शम्भुकुमार रामलाई वैशाख २१ गते राति प्रहरीले गिरफ्तार गरी पीडित बालिकाको बुवाले वैशाख २२ गते दिनु भएको उजुरी दर्ता गरेको छ ।

पीडितका बुवाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा दिनु भएको उजुरी दर्ता गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

घरमा सुतिरहेका बेला वैशाख २१ गते राति तीन जना प्रवेश गरेकोमा अपरिचित दुई जना फरार भएको र आरोपितले बलात्कार गरेको पीडित बालिकाले बताउनु भयो । आरोपितले भने आपसी सहमतिमा एक्लै गएपनि बलात्कार नगरेको बताउनु भयो ।

आरोपितलाई गाउँका स्थानीयहरूले वैशाख २१ गते राति नै नियन्त्रणमा लिई कुटपिट समेत गरेका छन् । गाउँका स्थानीयहरूद्वारा नियन्त्रणमा लिइएका आरोपितलाई तत्कालै सुरक्षा बेस क्याम्प पत्थरगाढामा जिम्मा लगाइएकोमा वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय ल्याईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पीडित बालिकाको वैशाख २२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।

अन्य

भिडियो