INSEC Online

📅 २०८३ जेष्ठ २१

आँसु र निराशामा भिजेका स्वरहरू

तीनबीस नाघेको उमेर । नेपाली उखानकै आधारमा भन्ने हो भने डाडापारिको घाम । परिवार को सङ्ख्या २८ जना पुगिसके । लालाबालाको संख्यामात्र १३ जनाको छ । परिवार ठूलो भए पनि भरथेग गर्ने सहारा भनेकी आफ्नी पत्नी मात्रै छिन् । झुप्रा खोलाको किनारामा झिङ्गटीको ओतमुनि बसेको २५ वर्षपुगिसक्यो । मिर्मिरे उज्यालो भएदेखि साँझसम्म खोलाको वालुवा ननिकाले र गिट्टी नकुटे हातमुख पनि जोडिँदैन । वर्षायामको बाढीले भिङ्गटी र आफूहरुलाई पात पतिङ्गर झै बगाउने पो होकि भन्ने छुट्टै चिन्ता छ । बाढीको डरले वर्षाभरिको अनिदो रात अर्ढाई दशकदेखि उनको साथी बनेको छ । बिडम्बना , के गरुन जयबहादुर बादी – न उनको कही“एक धुर जग्गा छ , न त परिवारको सदस्यहरूको मजदुरी गर्नु बाहेक अन्य कुनै विकल्प ।

यस्तो नियति भोग्ने

जयबहादुर एकला भने होइनन् । लाटीकोईली गाविस- १ शान्तिपुर झुप्राका ५५ वर्षीय कुलबहादुर बादीको पनि यस्तै हविगत छ । उनको २३ जनाको परिवारको आशा पनि भुप्रा खोलाको बालुवा र गिट्टी नै हो । जयबहादुर र कुलबहादुरसहित झुप्रा खोलाको बगरमा ६१ घरपरिवार बादी समुदाय बसोबास गर्दछन् । त्य“हा बसोबास गर्ने पाँच वर्षा कलिलाहातदेखि ७५ वर्षसम्मका चाउरिएका हात बालुवा निकाल्न र गिट्टी कुट्न तँछाड मछाड गर्न बाध्य छन् । यसो नगरे सबैको पेट सारङ्गी झैँ खोक्रिन सक्छ । एक धुर कही“कतै जग्गा नभएका सो समुदायको पीडा विगतका सरकारका पालामा बनेका सुकुमवासी आयोगले पनि सुनेन । बरु उल्टै उनीहरूलाई जिल्ला वन कार्यालयले पटकपटक उठाउने प्रयास पो गर्žयो । यसको समेत सामना गरी अढाई दशकदेखि झिङ्गटीले ओगटेको जग्गाको लालपूर्जा पाइने आशामा बसेको छ – बादी समुदाय । तर यो उनीहरूको आशा भने कहिल्यै पूरा हुने देखिन्न । झण्डै ३ सय ७० जनसङ्ख्या रहेको सो समुदाय यसरी जीवन गुजारा गरेर बस्नु उनीहरूको गरिबी मात्र पनि कारण होइन । अशिक्षा अनि उनीहरूको दुखलाई शङ्खनाद गरिदिने कोही नभएर पनि हो ।

चार छोरा १२ नाति बुढोको धोक्रो काधै माथि । सबै छोरा नाति भिन्न भैसके । आफनो पेटको गुजाराको लागि आफै बालुवा निकाल्न नदीमा नभासिकन हुन्न । झरी अनि प्रचण्ड गर्मीको प्रवाह गरे भोकै बस्नुपर्छ । ०६० चैत महिनामा आफू बिरामी पर्दा पा“चदिनसम्म बुढाबुढी भोकभोकै बसेको सम्झना गर्दै ६५ वर्षीय हरिबहादुर बादी भन्छन् ” खै के यस्तो कर्म लिएर जन्म लिएछु “। बालुवा निकाल्दा र गिट्टी कुटदा ठेला परेको हातखुट्टा देखाउदै उनले रसिलो आ“खा पारेर थपे “युगौदेखि बादी समुदायलाई नेपाली समाजले उपेक्षा गरेको परिणाम हामीले भोगिरहेका छौ । मादल र सुल्पा बनाएर जीवन गुजारा गर्ने दिन पनि गयो । कहीँ कतै यी लालाबालाहरूलाई लगेर राख्ने ठाउँ पनि छैन् । यहाँबाट पनि उठाउन मात्र खोज्छन् । एक ठाँउमा खुट्टा टेक्ने ठाँउको कसैले व्यवस्था गर्दैनन् । मर्नेबेलामा बाबु बाजेले छोडेको झिङ्गटि मात्रै देख्ने भए नाति पनातिहरूले ।”खुइय गरी लामो सास तान्दै हरिबहादुरले सुस्केरा लिए “यो हामीले कुन जुनीको पाप भोग्न बाध्य भयौ । यस्तो नियती कतिसम्म हाम्रा सन्तानले भोग्नु पर्ने हो ।

झुप्रा खोलामा बसोबास गर्ने वादी समुदाय सुर्खेतका मात्र छैनन् । युगौदेखि पछाडि पारिएका र बादी समुदायको पुख्र्यौली पेशा (मादल बनाउने विवाह पर्वमा नाच्ने र सुल्पा बनाउने) सङ्कटमा परेपछि दैलेख, अछाम,जाजरकोट र दाङ्गबाट समेत त्याँहा आई बसेका हुन् । आफ्नो थातबास छोड्नुपूर्व पनि उनीहरूको घरले चर्चेको जग्गाबाहेक केही थिएन । उनीहरू रत्न राजमार्ग निर्माण भएलगत्तै रोजगारीको लागि झुप्रामा आएका हुन् । सदरमुकाम वीरेन्द्रनगरको विकास क्रममा झुप्राको बालुवा र गिट्टीले शुरुमा राम्रै बजार पनि पाएको थियो । घरपरिवारको सङ्ख्या बढदै जानु र बढदो औद्योगिककरणले भने हाल उनीहरूको गिट्टी कुट्ने पेशा पनि सङ्कटमा परेको छ । सो समुदायको तीन जनाले ड्राइभर पेशा अंगालेका छन् । यसबाहेक एकजनाले पनि रोजगारी पाएका पनि छैनन्.। हालसम्म एकजनाले एसएलसी पनि गरेको छैन । त्यँहा पाँच वर्षेखि मात्र प्राथमिक विद्यालय सञ्चालन हन थालेको हो । झुप्राखोलालाई आफ्नो कर्मथलो बनाई बसेका यो समुदायका कोही पनि हालसम्म त्यँहाबाट अन्यत्र गएका पनि छैनन् ।

“यो उमेरसम्म यसरी बाँच्नु भन्दा त……। दिन नआएपछि आफै मर्छुभनेर पनि भएन्. । छोरानातिले आफनै गुजारा गर्दै ठिक्क छ । उनीहरूले पनि के नै गरुन् – लालाबालाहरुलाई पढ्न पठाउनसमेत सकेका छैनन् । दशैं तिहारजस्ता चाड भनेको के हो – यी लालाबालाहरुले भनेको बेला न खान पाउछन् न त समयानुसारको लुगा नै । गुजाराको लागि टन्टलापुरे घाम नभनी निकालेको बालुवाको भनेजति मोल पनि त पाईदैन् । गिट्टीको पनि त्यही हो । यो जुनीमा आफनो घरजगा छ भन्ने कल्पना सम्मगर्न त पाइएन् । प्राण धान्नको लागि गरेको दुखको परिश्रमको ज्याला पाइए पनि आत्माले शान्ति पाउने थियो । हामी जस्ता गरिब निमुखाहरुको यस धर्तीमा त कोही हुँदा रहेनछन् । दलित पीडितहरुको उत्थान गर्ने संघसंस्थाहरु पनि कोही आउदैनन् । राज्यले उपेक्षा गरेकोले हामीले यो नियती भोगिरहेका छौं । संघसंस्थाहरुले त केही गरेनन् । सरकारले त कमसेकम सोच्नुपथ्र्यो । यस्तै हो भने अढाई दशकदेखि आगटेको झिङ्गटिलाई छोडेर जानुपर्ने पो होकि भन्ने छुट्टै चिन्ता छ । अन्यत्र गएर पनि कसरी गुजारा गर्ने- ।” आसु र निरासाले भिजेको स्वरमा जयबहादुरले सोधे “कोही छ हाम्रो लागि बोलिदिने- “

दुर्गा थापा

सुर्खेत। ०६५ असोज २ गते

अन्य

भिडियो