INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता छोराको अनन्त पर्खाइमा

नयाँ नेपाल परिवर्तनको संघारमा उभिएर सरकारले जतिसुकै शान्ति र राहतको आश्वासन दिएपनि स्थानीय स्तरमा रहेका द्वन्द्वपिडितहरूका पिडा र बेदना भने जस्ताको त्यस्तै छन् । देशमा जतिसुकै राहत र शान्तिका सबालहरू उठेपनि द्वन्द्वको घाउ विस्तारिन सकेको छैन दुरदराजका द्वन्द्वपिडितहरूको । कतिपय बेरोजगार बनेर आफ्नो र परिवारको जीवन धान्न मुख्य ध्येयले रोजगार बनेका युवाहरू संधैका लागि घर फर्किर्एनन् भने कतिपय उच्च शिक्षा हासिल गर्न घरबाट बाहिरिएका युवा समेत घर फर्कन सकेनन् ।

‘आधादशक देखि छोरो आउने बाटो ढुकेर बसिरहँदा आँखा ओभाएर सुकिसके तर छोराको कुनै अत्तोपत्तो छैन’ ०६० मा उच्च शिक्षा पढ्नको लागि घरबाट बाहिरिएका पर्वतको ठुलिपोखरी-७ का अनिल पौडेल पाँच वर्षवितिसक्दा घर नफर्केपछि भावविह्वल बनेकी ६२ वर्षीया आमा गुमादेवी भन्छिन् । तत्कालीन समयमा गाउँमा उच्च शिक्षा तहमा गुणस्तर शिक्षा लिन नपाइने भएपछि छिमेकी कास्की जिल्लाको पोखरा अर्न्तर्गत पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्न गएका छोरा गएको पाँच वर्ष वितिसक्दा पनि घर र्फकन सकेनन् । पढ्न गएका पौडेललाई अध्ययनरत रहेकै बेला क्याम्पसबाटै तत्कालीन विद्रोही नेकपा माओवादीको आरोपमा राज्य पक्षले बेपत्ता पार्žयो । तत्कालिन शाही सेनाले ६ फागुन २०६० मा क्याम्पस हाताबाटै पक्रेर लगेको थियो अनिल पौडेललाई । तर छोरालाई कसले, कुन समयमा, कसरी लगे भन्ने कुरा आफ्नै आँखाले नदेख्दा उनलाई बेपत्ता बनाएको भन्ने समेत पत्यार लाग्दैन । ‘छोरालाई पक्राउ गर्दाको बेला तुरून्तै खबर पाएको भएपनि हारगुहार गर्थेँ केही हदसम्म मन साँखु त हुन्थ्यो, धेरै दिनपछि मात्र मेरो कानमा छोरा बेपत्ता बनेको खबर पर्žयो’ उनी भन्छिन् ।

पछिल्लो समयमा छोराकै खोजीमा विभिन्न सुरक्षा निकायदेखि मानवअधिकारकर्मी, प्रशासन र राजनीतिक दल समक्ष छोरा खोजीनीतिका गरिदिन बिन्ति चढाउँदै हिंडेकी छिन् तर अहिलेसम्म कुनै ठोस खबर पाउन सकेकी छैनन् उनले । परिवारको कान्छो छोराको रूपमा रहेको अनिल पाँच वर्ष हुँदा उनका बाबुले संसार छोडेर गएका थिए । ‘बाबुको तर्फबाट पाउनुपर्ने माया ममता समेत म आ“फैले दिएर छोरालाई त्यो उमेरसम्म सुखसयलमा नै हुर्काएकी थिए“, श्रीमान्को मृत्युपछि मेलापात गरेर पढाउने र हुर्काउने गर्दाका अविस्मरणीय क्षणहरू अझै आँखा वरिपरि आइरहन्छन्’ उनी धिक्कार्छिन् आफ्नो जिन्दगीलाई ‘बुढेसकालमा छोराको पौरखबाट जीवन धान्ने आशामा कति दुःखसँग हुर्काए“तर मर्ने बेलामा यो दशा भोग्नुपर्žयो ।’ गुमादेवी आँफैलाई प्रश्न गर्छिन् ‘लाउँलाउँ र खाउँखाउँ उमेरको छोरो खबरबिहीन रहँदा कुन बाबुआमाको आँखा नरसाउलान् र -‘

उनका कोखबाट जन्मिएका चार छोरा मध्येको कान्छा छोरा अनिलको मात्र बिबाह हुन बाँकी थियो । दुई दिदीको पनि बिबाह भैसकेको छ भने बहिनी अहिले पढ्दैछिन् । दिदी बहिनीले प्रत्येक बर्षआँगनीको डिलमा सारेका मखमली पुष्पगुच्छाहरू हर क्षण अनिलको स्वागतार्थ फैलिइरहेका हुन्छन्, अनिल घरमा उपस्थित नहुँदा मखमली फूलले समेत आफूले चाहेको व्यक्तिलाई सिंगार्न पाएको छैन । चार्डपर्वमा छरछिमेकका घरहरूमा खुशीयाली छाउ“दा उनको घर भने अन्धकारमय बन्छ ।

यसो त समग्र पर्वत जिल्लाको सर्न्दर्भमा हेर्दा पौडेल दश वर्षो द्वन्द्वकालीन समयमा राज्यबाट बेपत्ता भएका मध्ये जिल्लाकै एक मात्र युवा हुन् । डाँडामाथिको घाम बनिसकेको उमेरमा बेपत्ता छोराको खोजीमा पटुकीमा बेपत्ता छोराको नागरिकता राखेर भौतारिंदै गाउँदेखि शहरसम्म ओहोरदोहोर गर्नु उनको दैनिकी नै बनेको छ । अझै पनि छोरो फर्केने आश मारेकी छैनन् उनले । ‘नमारेको भए एक दिन त आउला नि भन्ने आशामा रूदै बाटो हेरेर बसेकी छु ।’ आ“खाका परेलीमा आँशुलाई थाम्दै उनले पिडाहरू दर्साए । शान्ति प्रकृया शुरू भएको लामो समय बितिसक्दा छोरो घर नफर्के पनि छोराको खोजीका लागि न दिनरात न त घामपानीको प्रबाह छ उनलाई,न भोक निद्राको नै ।

घर भित्र पारिबारिक धन्दामा रहेका बेला घरमा आएका कुनै आगन्तुक पाहुनाले ‘आमा’ भनेर आँगनबाट बोलाउँदा छोरालाई नै सम्झँदै हस्याङ् र फस्याङ् गर्दै बाहिर निस्किन्छिन् उनी । अनि बाहिर निस्कँदा आफुले सोचेको व्यक्तिलाई देख्न पाउँदिनन् र आगन्तुक पाहुनालाई स्वागत पुर्व नै छोराको सम्झना र यादलाई बेदनाका रूपमा पस्कने गर्छिन् । अनिल माओबादीको भातृ संगठन अनेरास्वबियु (क्रान्तिकारी) मा आबद्ध रहेको र त्यसैकारण सेनाले उनलाई लगेको छोराका साथीहरूबाट उनले थाहा पाइन् । सेनाले क्याम्पसबाट पक्रेर फुलबारी ब्यारेकमा लगिएको सम्म जानकारी पाइन् उनले । अहिले जिल्लामा क्रियाशील राजनीतिक दलहरूले कुनै औपचारिक कार्यक्रम आयोजना गर्दा अतिथिको रूपमा सम्मान गर्ने गरेका छन् , उनलाई । जतिसुकै मानसम्मान र आश्वासनका शब्दहरू पाएपनि चर्किएको घाउमा मलम लगाउने कोही छैन उनको । द्वन्द्वपीडितका नाउमा राहत स्वरूप सानोतिनो रकम हात परेपनि उनलाई त्यसको कुनै औचित्य छैन ।

छोरो आउने बाटो कुरेर पिँढीको ढिलमा झोक्राएर बसिरहँदा टेलिफोन म्यासेन्जरले फोनको खबर लिएर आउँदा हतार हतार गर्दै एक घण्टाको बाटो धाएर फोनमा पुग्छिन् । फोनमा जाँदाजाँदै अनिलको बोलीको आशा गरेकी उनले त्यो समेत पाउन सकिनन् । गाउमा खेतीपातीको भरमा जीवन गुजार्दै आएको उनको परिवारलाई खेतीपाती स्याहार्न समेत धौ-धौ परेको छ, तैपनि गाउँसमाजको सहयोग पाइरहेको उनी बताउँछिन् ।

माधवराज पाण्डेय

पर्वत

 

अन्य

भिडियो