INSEC Online

📅 २०८३ श्रावण १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिम्चुङबुङ गाउँपालिका- ४ डाँडा टोलका ३४ वर्षीय तोयाहाङ राईलाई ०८३ साउन १० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय, लिम्चुङबुङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ११ गते गरिएको छ ।

राकेश नेपाली 

अन्य

भिडियो