INSEC Online

📅 २०८३ असार २०

यौनहिंसा पीडित बालिकालाई आर्थिक सहयोग

भेरीगंगा नगरपालिकाकी १४ वर्षीया यौनहिंसा पीडित बालिकालाई शिक्षा प्राप्तिका लागि ललितपुरको एक गैरसरकारी संस्थामा इन्सेकले सिफारिस गरी उनको यातायातका लागि ५ हजार ५ सय रुपियाँ ०८३ असार १९ गते सहयोग गरेको छ । पीडितको आर्थिक अवस्था कमजोर रहेकोले शैक्षिक र कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितकि आमाले असार १५ गते इन्सेकमा निवदिनुभएको थियो ।

असार १७ गते बसेको मानव अधिकार सहायता कक्षको निर्णयले पीडितलाई यातायात दर्च उपलब्ध गराउने निर्णय गरेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो