INSEC Online

📅 २०८३ असार १०

कानुनी प्रक्रिया जानका लागि इन्सेकको आर्थिक सहयोग

३२ वर्षीय हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेक मधेश प्रदेश कार्यालयले ०८३ असार ५ गते आर्थिक सहायता प्रदान गरेको छ । मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

पीडितले ०८२ चैत  २२  गते  इन्सेक  मधेस  प्रदेश  कार्यालयमा आर्थिक सहायताका लागि दिएको निवेदन अनुसार सो रकम प्रदान गरिएको संयोजक पासवानले जानकारी दिनुभयो । घरेलु हिंसा पीडित महिलाले पति ३३ वर्षीय तिलक दाहालविरुद्ध ०८२ माघ २५ गते रौतहट जिल्ला अदालत गौरमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएको बताउनु भएको थियो। मुद्दा हाल विचाराधीन अवस्थामा रहेको हुँदा आर्थिक अभावले गर्दा मुद्दालाई निरन्तरता दिन कठिनाइ भएको  भन्दै आर्थिक सहयोगले राहत भएको पीडितको भनाइ छ ।

गौरी न्यौपाने

अन्य

भिडियो