२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका–२ का ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई ०८३ जेठ ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई जेठ ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३१ गते धादिङ अस्पतालमा गरिएको छ ।