INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–६ रुप्साका २५ वर्षीय कटक बुढालाई ०८३ असार १ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ ३१ गते एसईई पुरक परीक्षा दिन खाँडाचक्र नगरपालिका–१ मान्म आएको समयमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कालिकोटमा असार १ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार १ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कालीबहादुर मल्ल

अन्य

भिडियो