INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तरी ३८ हजार २ सय ५६ मतपत्र बदर

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी जिल्लामा प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीतर्फ अन्तिम मतगणना तथ्याङ्कअनुसार जिल्लाभर कुल ३८ हजार २ सय ५६ मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनु भएको छ ।

प्रत्यक्षतर्फ चारवटै निर्वाचन क्षेत्रमा २२ हजार १ सय ३१ मतपत्र बदर भएका छन्। जसअनुसार क्षेत्र नम्बर १ मा ५ हजार ९ सय १, क्षेत्र नम्बर २ मा ५ हजार ७ सय २३, क्षेत्र नम्बर ३ मा ५ हजार ४ सय ३४ र क्षेत्र नम्बर ४ मा ५ हजार ७३ मतपत्र बदर भएको तथ्याङ्कले देखाएको छ।

त्यसैगरी समानुपातिक तर्फ १६ हजार १ सय २५ मतपत्र बदर भएका छन्। समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा ४ हजार १ सय ५५, क्षेत्र नम्बर २ मा ४ हजार १ सय १६, क्षेत्र नम्बर ३ मा ४ हजार २ सय ४४ र क्षेत्र नम्बर ४ मा ३ हजार ६ सय १० मतपत्र बदर भएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्रमा गलत चिन्ह लगाउने, एकभन्दा बढी ठाउँमा मतदान चिन्ह लगाइएको कारण बदर मतको सङ्ख्या बढेको हो ।

 

  नविन यादव

भिडियो