प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको मतमध्ये कोशी प्रदेशमा १ लाख ३० हजार ८ सय ४७ मत बदर भएको छ ।
मतदानअघि निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेपनि कोशी प्रदेशमा मात्र १ लाख ३० हजार बढी मत बदर भएको प्रदेश निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले दिएको मत बदर भएका कारण उनीहरूको अमूल्य मत कामै नलाग्ने भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लाका २८ ओटा निर्वाचन क्षेत्रबाट २० लाख ८४ हजार २ सय १९ मत खसेको थियो । खसेकोमध्ये १९ लाख ५३ हजार ३ सय ७२ मत मात्रै सदर भएर गणना गरिएको छ । १ लाख ३० हजार ८ सय ४७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाताले स्वस्तिक छाप स्पष्ट रूपमा नलगाउनु, एकभन्दा बढी उम्मेदवारको चिन्हमा छाप लगाउनुजस्ता कारणले यस पटकको निर्वाचनमा बढी मत बदर भएको छ ।
ताप्लेजुङ इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा फागुन २१ गते सम्पन्न निर्वाचनमा २ हजार ६ सय ८६ मत बदर भएको छ । ४६ हजार ७ सय ७४ मत खसेकोमा जिल्लामा २ हजार बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ४२ हजार ४२ जना महिला र ४८ हजार २ सय ८५ जना पुरूष गरी ९० हजार ३ सय २७ जना मतदाता छन् ।
सङ्खुवासभा इन्सेक प्रतिनिधि भविन कार्कीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ हजार ७ सय ८० मत बदर भएको छ । ६३ हजार ६ सय ३४ मत खसेकोमा जिल्लामा ३ हजार बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५७ हजार ४ सय ५८ जना महिला र ६२ हजार १ सय २७ जना पुरूष गरी १ लाख १९ हजार ६ सय ३० जना छन् ।
सोलुखुम्बु इन्सेक प्रतिनिधि अञ्जु कार्कीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ हजार १ सय ९० मत बदर भएको छ । ४१ हजार ४ सय १ मत खसेकोमा जिल्लामा १ हजार १ सय ९० मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३५ हजार ७ सय १३ जना महिला र ३७ हजार २९ जना पुरूष गरी ८५ हजार ५ सय १५ जना मतदाता छन् ।
ओखलढुङ्गा इन्सेक प्रतिनिधि सरस्वती बानियाका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ हजार ३ सय ५६ मत बदर भएको छ । ५९ हजार ७९ मत खसेकोमा जिल्लामा ३ हजार ३ सय बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५८ हजार ८१ जना महिला र ६४ हजार ६ सय ३४ जना पुरूष गरी १ लाख २२ हजार ७ सय १५ जना मतदाता छन् ।
खोटाङ इन्सेक स्रोत व्यक्ति कोपिलादेवी बाँस्तोलाका अनुसार फागुन २१ ग्ते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा २ हजार ९ सय २८ मत बदर भएको छ । ६३ हजार ३५ मत खसेकोमा जिल्लामा २ हजार ९ सय बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६९ हजार ४ सय ६४ जना महिला र ७७ हजार ६ सय ५६ जना पुरूष गरी १ लाख ४७ हजार १ सय २० जना मतदाता छन् ।
भोजपुर इन्सेक प्रतिनिधि गणेश विष्टका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ हजार ८ सय ७१ मत बदर भएको छ । ५८ हजार ६९ मत खसेकोमा जिल्लामा ३ हजार ८ सय बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५९ हजार २ सय ५३ जना महिला, ६४ हजार १ सय २५ जना पुरूष र एक जना अन्य गरी १ लाख २३ हजार ३ सय ७९ जना मतदाता छन् ।
धनकुटा इन्सेक प्रतिनिधि ईश्वर थापाका अनुसार फागुन २१ ग्ते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा ४ हजार ८ सय ८३ मत बदर भएको छ । ६४ हजार ३ सय १५ मत खसेकोमा जिल्लामा ४ हजार बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५९ हजार ९ सय २४ जना महिला र ५९ हजार ४ सय ८३ जना पुरूष गरी १ लाख १८ हजार ४ सय २५ जना मतदाता छन् ।
तेहृथुम इन्सेक प्रतिनिधि सुरेश खत्रीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा १ हजार ९ सय ९ मत बदर भएको छ । ३९ हजार १ सय ९३ मत खसेकोमा जिल्लामा १ हजार ९ सय बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३५ हजार ५ सय १० जना महिला र ४८ हजार २ सय ८५ जना पुरूष गरी ७३ हजार १ सय ३७ जना मतदाता छन् ।
पाँचथर इन्सेक प्रतिनिधि इवारा जवेगुका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा ३ हजार ८ सय ९७ मत बदर भएको छ । ७१ हजार १ सय ७० मत खसेकोमा जिल्लामा ३ हजार ८ सय बढी मत बदर भएको हो । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६६ हजार ८१ जना महिला र ७४ हजार ३ सय २८ जना पुरूष गरी १ लाख ४३ हजार ४ सय ८ जना मतदाता छन् ।
इलाम इन्सेक प्रतिनिधि मनोज अधिकारीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा ७ हजार ४ सय ७१ मत बदर भएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा ४ हजार ५ सय ६६ र क्षेत्र नम्बर २ मा ३ हजार ८ सय ९५ मत बदर भएको हो । दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख १२ हजार १ सय ५८ जना महिला, १ लाख १९ हजार ६ सय ४८ जना पुरूष र तीन जना अन्य गरी २ लाख ३१ ह्जार ८ सय ९ जना मतदाता छन् ।
झापा इन्सेक स्रोत व्यक्ति नरेश खातीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा २३ हजार ३ सय ५४ मत बदर भएको छ । पाँच ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र न. १ मा ४ हजार २ सय ६९, निर्वाचन क्षेत्र न.२ मा ४ हजार ४ सय ६९, निर्वाचन क्षेत्र न.३ मा ५ हजार ६ सय २९, निर्वाचन क्षेत्र न. ४ मा ४ हजार ७ सय ६८ र निर्वाचन क्षेत्र न.५ मा ४ हजार २ सय १९ मत बदर भएको छ । जिल्लामा ४ लाख ५८ हजार २ सय ७९ मत खसेको थियो । जिल्लामा ३ लाख ५५ हजार १ सय ८३ जना महिला, ३ लाख ५८ हजार ३ सय ४६ जना पुरूष र आठ जना अन्य गरी ७ लाख १३ हजार ५ सय ३७ जना मतदाता छन् ।
मोरङ इन्सेक प्रतिनिधि विनोद सुवेदीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा ३६ हजार १ सय ९ मत बदर भएको छ । ६ ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३६ हजार बढी मत बदर भएको हो । मोरङ निर्वाचन क्षेत्र न.१ मा खसेको ७६ हजार ३ सय ७९ मतमध्ये ४ हजार ८ सय ३७ मत बदर भएको छ । निर्वाचन क्षेत्र न.२ मा खसेको ८० हजार ६ सय ५९ मतमध्ये ६ हजार ५० मत बदर भएको छ । निर्वाचन क्षेत्र न.३ मा खसेको ९६ हजार २ सय ८३ मतमध्ये ६ हजार ८ सय २७ मत बदर भएको छ । निर्वाचन क्षेत्र न.४ मा खसेको ७९ हजार ४ सय ७५ मध्ये ५ हजार २ सय ५६ मत बदर भएको छ । निर्वाचन क्षेत्र न.५ मा खसेको ७८ हजार ४ सय ४९ मतमध्ये ७ हजार ८ सय ८९ मत बदर भएको छ । निर्वाचन क्षेत्र न.६ मा खसेको ९१ हजार १ सय १९ मतमध्ये५ हजार ६ सय ४४ मत बदर भएको छ । मोरङ–५ को बदर मतको संख्या कोशी प्रदेशकै उच्च हो ।
सुनसरी इन्सेक प्रतिनिधि जयकृष्ण यादवका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा २३ हजार तीन मत बदर भएको छ । जिल्लामा ३ लाख ६९ हजार ३ सय मत खसेकोमा २३ हजार बढी मत बदर भएको हो । सुनसरी निर्वाचन क्षेत्र न.१ मा ४ हजार ४ सय ८९ मत, निर्वाचन क्षेत्र न.२ मा ६ हजार २ सय २९ मत, निर्वाचन क्षेत्र न.३ मा ५ हजार ६ सय ११ मत र निर्वाचन क्षेत्र न.४ मा ६ हजार ६ सय ७४ मत बदर भएको छ ।
उदयपुर इन्सेक प्रतिनिधि राकेश नेपालीका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा ९ हजार २ सय २० मत बदर भएको छ । दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा खसेको १ लाख २४ हजार ५ सय ९० मतमध्ये ९ हजार बढी मत बदर भएको हो । उदयपुर निर्वाचन क्षेत्र न.१ मा ५ हजार ५ सय ४७ मत र उदयपुर निर्वाचन क्षेत्र न.२ मा ३ हजार ६ सय ७३ मत बदर भएको छ ।