सर्लाहीको हरिपुर्वा नगरपालिका–२ हरिपूर्वा टोलबाट सो वडाका पूर्व वडाअध्यक्ष ६५ वर्षीय पुरुषोत्तम यादवलाई सशस्त्र प्रहरीको स्ट्राइकिङ टोलीले नगदसहित गिरफ्तार गरेको छ ।
सर्लाही क्षेत्र नम्बर–२ को निर्वाचन सुरक्षामा खटिएका सशस्त्रका इन्स्पेक्टर सुजन रानाभाट नेतृत्वको टोलीले उनलाई मौन अवधिमा नगद बोकेर हिँडेको पाएपछि गिरफ्तार गरेको हो । यादवको साथबाट २५ हजार नगद बरामद भएको भन्दै घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सरोज राईले जानकारी दिनु भयो ।