धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतोको पक्षमा मौन अवधिकै समयमा प्रचार सामग्री प्रयोग गरिएको पाइएको छ । फागुन २० गते जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाको मण्डलटोल क्षेत्रमा रास्वपाको झण्डा तथा ब्यानर टाँगिएको हो। २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि लागु गरेको छ । मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा समर्थकहरूले कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न नपाउने, झण्डा, ब्यानर, पोस्टर टाँस्न नपाउने तथा मत माग्न नपाउने व्यवस्था आचारसंहितामा उल्लेख छ।
