INSEC Online

📅 २०८३ जेष्ठ २१

बुढानिलकण्ठमा भेटिएको शङ्कास्पद प्रेसर कुकर नेपाली सेनाद्वारा निष्कृय

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित भित्री सडकमा शङ्कास्पद अवस्थामा भेटिएको प्रेसर कुकरलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

चपलीबाट माथिल्लो भंगाल जाने तथा मसला फ्याक्ट्रीबाट चुनीखेलतर्फ जाने सडक खण्डमा कागजले पोको पारेर राखिएको प्रेसर कुकरमा तार जोडिएको अवस्थामा मध्यराति फेला परेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार घटनास्थलमा पुगेर सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा कुकरभित्र इट्टाका टुक्रा भेटिएका छन् । कुकरमा सलाईको काँटी राखी तार जोडिएको अवस्थामा छाडिएको पाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनमोल पन्त

भिडियो