काठमाडौँको नागार्जुन नगरपालिका–२ तीनघरे क्षेत्रमा फागुन २० गते बिहान रातो कपडाले बेरेके अवस्थामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। स्थानीयवासीले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा चार लिटर क्षमताको रङ्गको बाल्टिनभित्र बालुवा, तार र प्लास्टिक सामग्री भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।