INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदान स्थलमा ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई त्रास देखाउने व्यक्ति गिरफ्तार

मतदानस्थल बाहिर ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई धारिलो हतियार देखाएर त्रास फैलाउने एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

कावासोति नगरपालिका– १४ स्थित बालकल्याण आधारभुत विद्यालयको मतदान स्थल बाहिर ०८२ फागुन १९ गते कावासोति नगरपालिका– १४ का २७ वर्षीय अनिस महतोले लु ३१ प ९८०६ नम्बर को स्कुटिमा आई पटक पटक मतदान स्थलमा खटिएका तथा डिउटिमा रहेका सुरक्षाकर्मीलाई दाउ देखाएर जिस्काउने र त्रास देखाउने गरेको भनी उक्त मतदान स्थलमा खटिएका सई प्रेम रानाले कावासोति मोबाइल ०७ लाई खबर गरे पश्चात उक्त स्थानमा मोबाइल ०७ कमान्डर भुवन चन्द्र भट्टको टोली बुझ्न जाँदा भागेको र उनलाई कावासोति नगरपालिका– १७ ढोकिबाट संयुक्त टोलिले गिरफ्तार गरी बाल कल्याण चोकमा सइ प्रेम रानाको जिम्मा लगाएको र उनको साथबाट दाउ (धारिलो हतियार) फेला परेको र स्कुटी पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दयाराम आचार्य

भिडियो