भंगहा नगरपालिका–५ ढकिया टोलस्थित इँटाभट्टाबाट फागुन २० गते प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्याल्य महोत्तरीका डिएसपी शैलेन्द्र भट्टका अनुसार फाल्गुन १४ गतेदेखि नै मदिरा बिक्री–वितरण तथा सेवन कार्यमा प्रतिबन्ध लगाएको हुँदा मतदानको पूर्वसन्ध्यामा ठुलो मात्रामा मदिराजन्य पदार्थ भेटिएकोले जफत गरिएको हो । इँटाभट्टामा लुकाइछिपाइ राखेको अर्ना बियर तीन कार्टुन, कर्णाली गोल्ड सात कार्टुन, ब्रिक्स वाइन तीन कार्टुन, ब्ल्याक ओके १७ बोत्तल मदिराजन्य पदार्थ बरामद गरिएको छ । बरामद गरिएको मदिराजन्य पदार्थ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।