INSEC Online

📅 २०८३ जेष्ठ २१

पैसा बाँडेको आरोपमा धनुषा निर्वाचन क्षेत्र  नं. ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा गिरफ्तार

मतदातालाई पैसा बाँडेको आरोपमा ०८२ फागुन १९ गते धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई प्रहरीले गिरफ्तार गरेको छ ।

महरालाई करिब राति १२ बजे क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरमा मतदातालाई पैसा बाँडिरहेको अवस्थामा ४८ हजार ५ सय रुपियाँ नगद र डायरीसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले गिरफ्तार गरेको डीएसपी गणेशबहादुर बमले जानकारी दिनु भयो । थप कारबाहीका लागि महरालाई जिल्ला निर्वाचन कार्यालय धनुषामा पठाइने डीएसपी बमले बताउनु भयो ।

सन्तोष कुमार यादव

भिडियो