INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा झुटो अफवाह फैलाउने एक जना गिरफ्तार

 

सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचनसम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा प्रहरीले सुनसरी जिल्ला इनरुवा नगरपालिका-३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुरलाई ०८२ फागुन १९ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ठाकुरले रामचन्द्र ठाकुर नामको फेसबुक आईडी प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले भिडियो अपलोड तथा सेयर गरेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो काठमाडौँको प्राविधिक सहयोगमा उनलाई इनरुवाको महेन्द्रचोक स्थित उनकै लोकेसनबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससमेत बरामद गरेको छ।

गिरफ्तार गरिएका ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डिएसपी चन्द्र बहादुर खड्काले बताउनु भयो।

अनलाइनडेस्क

भिडियो