INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ७६ जना प्रहरी हिरासतमा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गरेको आरोपमा प्रहरीले ७६ जनालाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ ओटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं सहित निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न ७६ जनालाई गिरफ्तार गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले बताए ।

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न १ सय ४२ जनालाई गिरफ्तार गरिएकोमा अदालतको आदेशले ६६ जना रिहा भइसकेका छन् । फागुन १८ गते नौ जनालाई गिरफ्तार गरिएको डीआईजी काफ्लेले बताए ।

प्रसाईं समूह, धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र पहिचानको आन्दोलनमा सक्रिय समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेको प्रहरीको विश्लेषण छ । बहुमतका महासचिव धर्मेन्द्र बास्तोला गिरफ्तार पछि रिहा भइसकेका छन् ।

अनलाइनडेस्क

भिडियो