फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन जाजरकोटमा ८८ मतदान स्थल १ सय ४७ मतदान केन्द्र रहेका छन् । जसमध्ये १६ अति संवेदनशिल, ५७ मतदान केन्द्र संवेदनशिल, १५ ओटा मतदान केन्द्र सामान्य रुपमा वर्गिकरण गरिएको छ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन ४ सय ३६ स्वयंम सेवक, ८ सय ७९ कर्मचारी निर्वाचनमा खटिएका छन् । नेपाल प्रहरी ५ सय २८, नेपाल प्रहरी तर्फ निर्वाचन प्रहरी ८ सय ८३ गरी एक हजार १४ जना, सशस्त्र प्रहरी १ सय ८९ सशस्त्र प्रहरी तर्फ निर्वाचन प्रहरी ९६ गरी २ सय ८५ जना र ६ सय भन्दा बढी नेपाली सेना निर्वाचनमा परिचालन गरिएको छ । सबै मतदान केन्द्रमा सुरक्षा निकाय खटाइ सकिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्य लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
जिल्लाका सात ओटा स्थानीय तह अन्तर्गत १ सय ४७ ओटा मतदान केन्द्रमा निर्वाचन सामाग्री, सुरक्षाकर्मीसहित कर्मचारी पुगेका छन् । निर्वाचनमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायत निर्वाचन सामाग्रीसहित सुरक्षाकर्मी, मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले मतदानमा आवश्यक पर्ने सामाग्री सहित तोकिएका मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित सुरक्षाकर्मी कर्मचारी सम्बन्धित स्थानमा पुगेको बताउनु भयो ।