मुस्ताङको निर्वाचनमा खटेका कर्मचारीको दुर्घटनामा परेर मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको ०८२ फागुन १७ गते थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको छ ।
प्रदेश अस्पताल मुस्ताङका प्रमुख डा. समीक्षा कँडेलका अनुसार दुर्घटना भएको भन्दै लिएर आएका व्यक्तिको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङकिप्पा लामाका अनुसार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका घतानेलाई उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ पुर्याइएको थियो । अस्पताल पुर्याउँदा डाक्टरले मृत्त घोषणा गरेका हुन् ।
घताने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ को झोङमा निर्वाचनका लागि खटिएका थिए । जनप्रिय आधारभुत विद्यालय झोङ मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ ।
मृतकको शव प्रदेश अस्पताल जोमसोममा राखिएको छ । सवको हाल सम्म पोष्टमार्टम नभएको अस्पतालले जनाएको छ ।