INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचनलाई निष्पक्ष भयरहित बनाउन पर्यवेक्षक संस्थाहरु बीच छलफल

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निश्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सघाउने उदेश्यले राष्ट्रिय निर्वाचन पर्यवक्षण समिति (नियोग) बाँकेको पहलमा पर्यवेक्षण गर्ने संस्थाहरुको समन्वय बैठक फागुन १७ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

 बैठकले एक आपसमा समन्वय गरी बाँके जिल्लाको प्राय सबै स्थानीय तहमा पुगी निर्वाचन मतदान स्थलको पर्यवेक्षण गर्ने, पर्यवेक्षकले आफ्नो व्यवसायप्रति बफादार भएर पर्यवेक्षण गर्नुपर्ने, आफ्नो तोकिएको अधिकार र क्षेत्र भित्र रहेर पर्यवेक्षण गर्नुपर्ने, कुनै अश्वभाविक घटना घटेमा एक आपसमा समन्वय र सहकार्य गरी संयुक्त रुपमा पर्यवेक्षण तथा अनुगमण गर्ने, निर्वाचन स्थल र प्रक्रिया मानव अधिकार मैत्री भय नभएको जस्ता कुरामा ध्यान दिनुपर्ने निर्णय गरेको छ ।

बैठकमा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महत, नियोग प्रदेश समिति अध्यक्ष बसन्त गौतम, नियोक जिल्ला समिति बाँकेका अध्यक्ष नमस्कार शाह, जिल्ला सचिब हेमराज भट्ट, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख द्धारिका अधिकारी, गैसस महासँघ बाँकेका सचिब रमेश सिटौला, राष्ट्रिय अपांग महासँघका नेत्र प्रसाद सापकोटा, बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, इको नेपालका शोभा थापा मगर, एकाउण्टविलिटि ल्याबका रमिता शाह, इन्सेक नेपालगन्जका टेकनाथ आचार्य, इन्सेक बाँके प्रतिनिधि ध्रुबराज शर्माको उपस्थिती रहेको थियो ।

नियोग प्रदेश समिति अध्यक्ष बसन्त गौतमको अध्यक्षता  बैठक सम्पन्न भएको थियो ।

 

 

ध्रुब राज शर्मा

भिडियो