INSEC Online

📅 २०८३ जेष्ठ २१

रास्वपा उम्मेदवार आशिका तामाङको सवारीसाधन तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङले चुनावी प्रचार अभियानमा प्रयोग गरेको बा १३ च ८०३४ नम्बरको चार पाङ्ग्रे सवारीसाधनलाई नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले ०८२ फागुन १६ गते तोडफोड गरेका छन् ।

निर्वाचन प्रचारप्रसारको क्रममा थाक्रे गाउँपालिका–८ गनिसेमा दुई पक्षका कार्यकर्ता विच विवाद हुँदा नेकपा कार्यकर्ताहरुले निर्वाचन प्रचारप्रसार प्रयोग भएको सवारीसाधन नेकपा उम्मेदवार राजेन्द्र पाण्डेका कार्यकर्ताले तोडफोड गर्दा गाडीको अगाडीको भागको सिसा फुटेको तथा  पछाडीको भागको ह्याण्डल कुचिएको रास्वपा नेता दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।

दुबै पक्षले अपशब्द प्रयोग गरेपछि नेकपा कार्यकर्ताले राष्ट्रिय झण्डा खोसेर गाडीको सिसा फुटाइएको नेता रुपाखेतीले बताउनु भयो ।

घटनापछि रास्वपाको तर्फबाट इलाका प्रहरी कार्यालय खानीखोलामा ०८२ फागुन १६ गते सार्वजनिक माफी माग्नु पर्ने र क्षतिपूर्ति दिनुपर्ने माग राख्दै उजुरी दिइएको रुपाखेतीले बताउनु भयो ।

सीताराम अधिकारी

भिडियो