निर्वाचनलाई लक्षित गरी सुरक्षा सतर्कता अपनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले फागुन १८ गते राती १२ बजेदेखि ७२ घण्टा अर्थात २१ फागुन मध्यराती १२ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । मुलुकको प्रमुख भन्सार नाका समेत रहेको वीरगन्ज लगायत भारतसँग सीमा जोडिएको पर्सा जिल्लाको सबै सीमा नाका ७२ घण्टा बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा फागुन १६ गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार सो सूचना जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरीएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोख्रेलले बताउनु भयो ।
सीमा नाका बन्द हुने लगायत होली तथा रमजान पर्वमा मादक पदार्थ सेवन गरी सामाजिक जनजीवन तथा सार्वजकि मर्यादा र शान्ति खलल गर्ने लगायत अन्य ४ सुत्रीय निर्णय भएको पोख्रेलले जानकारी दिनु भयो ।