INSEC Online

📅 २०८३ जेष्ठ २१

भारतसँग जोडिएका सीमा नाका तीनका लागि बन्द

धनगढी उपमहानगरपालिका—२ स्थित भारतसंग जोडिएका त्रिनगर गौरीफन्ता सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ ।

२०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मिति २०८२ फागुन १८ गते देखी फागुन २१ गते सम्म भारतसंग सीमा जोडिएका सम्पुर्ण सीमा नाकाहरु तीन दिनका लागि बन्द गरिने भएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपुर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका सम्पुर्ण सीमा नाकाहरु तीन दिनका लागि मिति २०८२ फागुन १८ गते देखी फागुन २१ गते मतदान कार्य सम्पन्न नहुन्जेल सम्म सबै सीमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका सुचना अधिकार शिवराज जोशीले बताउनु भयो ।

उहाँले फागुन २० गते राती १२ बजे देखी मतदान हने दिन फागुन २१ गते मतदान कार्य सम्पन्न नहुन्जेल सम्म अत्यआवश्यक सेवा दमकल, एम्बुलेन्स, शव वाहन, दुरसञ्चार सेवा, बिद्युत सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुतनितिक नियोगको सवारी साधन र अनुमति प्राप्त सवारी साधन वाहेक अन्य सवारी सञ्चालनमा निषेध गरिएको सुचना अधिकारी जोशीले बताउनु भयो ।

मैनामोती चौधरी

भिडियो