INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई जना गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई जना कार्यकर्तालाई प्रहरीले ०८२ फागुन १४ गते गिरफ्तार गरेको छ ।

पार्टी केन्द्रीय सचिवालय सदस्य तथा १ न व्यूरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याललाई प्रहरीले ०८२ फागुन १४ गते गिरफ्तार गरेको हो ।

दुवै जनालाई बुद्धशान्ति गाउँपालिकाबाट अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

निर्वाचन बहिष्कारका गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई जनालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी खड्काको भनाइ छ ।

दुई जना कार्यकर्ता गिरफ्तार गरेको घटनाको सो पार्टीका सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका छन् ।

विज्ञप्तिमा सङ्गठनात्मक कामको सिलसिलामा भएको बेला न्यूनतम लोकतान्त्रिक अधिकारलाई समेत कुल्चेर गैरन्यायिक गिरफ्तारी गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरिएको छ ।

 

नरेश खाती

भिडियो