धनुषा निर्वाचन क्षेत्र नं. ४ का नेपाली कांग्रेस पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव को चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेश सरकारका प्रदेशसभा सदस्य तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शेषनारायण यादव सहभागी भएको अनुगमनका क्रममा पाइएको छ । यादव सोही निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
