प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै सुनसरीमा रहेका सीमा क्षेत्रका मतदानस्थलको निरीक्षण गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाअन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा ०८२ फागुन १३ गते सीमावर्ती मतदानस्थलको अनुगमन एवम् निरीक्षण गरेका हुन।
निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अवस्थाको स्थलगत निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकरी वासुदेव घिमिरेले बताउनु भयो ।
नेपाल–भारतसँग सीमा जोडिएको सुनसरीको बर्जु, देवागन्ज, हरिनगर र कोसी गाउँपालिकामा रहेका मतदानस्थलको निरीक्षण अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । ्
मतदान केन्द्रको भौतिक संरचना, सम्वेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना तथा आपतकालीन अवस्था अवस्थाबारे जानकारी लिनका लागि अनुगमन निरीक्षण गरिएको प्रम्ुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।
निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुनसरीका सुरक्षा अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको बताउँदै निश्चिन्त भएर मतदान प्रक्रियामा सहभागी हुन आम मतदातालाई सुनसरीका एसपी केशबकुमार थेबेले बताउनु भएको छ ।