सप्तरी जिल्लाको क्षेत्र नम्बर २ मा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि देखिएका छन् । जनमत,जसपा, र स्वभिमान पार्टीहरूले आमा समुहलाई जनमत पार्टीको चुनाव चिह्न होरन छापको साडी वितरण गर्नुका साथै डिजे बाजा सहित ०८२ फाल्गुन १३ गते राजविराज परिक्रमा गराएको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ मा परिच्छेद ४ को दफा १३ को उपदफा “झ” मा राजनितिक दल वा उम्मेदवार तथा भातृ संस्थाले विभिन्न क्लव, सामाजिक संस्था धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिने घोषणा गर्न नहुने उल्लेख भएपनि चुनावी प्रचारमा आचारसंहिता विपरित गतिविधि देखिएको सप्तरीबाट नविन यादवले बताउनु भयो ।
