INSEC Online

📅 २०८३ जेष्ठ २१

झापा निर्वाचन क्षेत्र नं. ५ मा उच्च सुरक्षा सर्तकता

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै झापा निर्वाचन क्षेत्र नं.५ मा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।

नेकपा एमाले(नेपाल कम्युनिष्ट पार्टी) का अध्यक्ष केपी ओली र  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दिएको झापा निर्वाचन क्षेत्र नं.५ मा सुरक्षा सम्वेदनशीलताका आधारमा पाँचजना डिएसपी खटाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा मात्र डिएसपीको दरबन्दी रहेकोमा गृह मन्त्रालयले निर्वाचन लक्षित थप चारजना डिएसपीलाई झापाको सुरक्षा जिम्मेवारी प्रदान गरेको छ । झापा निर्वाचन क्षेत्र न.५ का प्रत्येक स्थानीय तहमा एक–एकजना डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका  र  कमल गाउँपालिकामा पनि डिएसपीको कमाण्डमा सुरक्षा जिम्मेवारी दिइएको छ ।

निर्वाचन लक्षित सुरक्षाका लागि झापा निर्वाचन क्षेत्र नं.५ मा मात्र २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि यसअघि तैनाथ सुरक्षाकर्मीका अलावा थप टोली परिचालन गरिएको छ ।

निर्वाचनलाई लक्षित गरी झापामा तीन गुणा प्रहरी थप गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी बसुन्धरा खड्काले बताउनु भयो । उहाँले झापामा निर्वाचन गराउन यथेष्ट प्रहरी भएको बताउनु भएको छ ।

 

नरेश खाती

भिडियो