जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका वडाध्यक्ष राजनारायण शाह चुनावी प्रचारप्रसारमा संलग्न रहेको पाइएको छ।
जनप्रतिनिधिले कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुनु निर्वाचन आचारसंहिता विपरीत रहेको भएतापनि फागुन ११ गते वडाध्यक्ष शाह नेपाली कांग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सद्स्य पदका उम्मेदवार महेन्द्र यादवको चुनावी अभियान अन्तरगत मत माग्दै घर दैलो कार्यक्रममा सहभागी देखिएको इन्सेक प्रतिनिधि सन्तोष कुमार यादवले बताउनु भयो ।
