INSEC Online

📅 २०८३ जेष्ठ २१

पुरूषलाई टोपी, महिलालाई रूद्राक्ष माला उपहार दिएर भोट माग्दै उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई बढावा दिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ मा परिच्छेद ४ को दफा १३ को उपदफा झ मा राजनितिक दल वा उम्मेदवार वा भातृ संस्थाले विभिन्न क्लव, सामाजिक संस्था धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिने घोषणा गर्न नहुने उल्लेख छ ।

आचारसंहिता विपरित हुने गरी राईले धनकुटा बजारमा घरदैलो कार्यक्रममा भेटेका मतदातालाई टोपी र रुद्राक्ष माला उपहार दिँदै मत मागेका छन् ।

निर्वाचन आयोगले ०८२ फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने व्यवस्था गरेको छ । सोही अनुसार उम्मेदवारहरूले बजारमा घरदैलो अभियान गरिरहेका छन् ।

घरदैलो अभियानका क्रममा नेपाली कांग्रेसका उम्मेदवार  दिनेश राईले मदन चोकमा घरदैलो अभियानका क्रममा भेटेका जति मानिसलाई टोपी र रूद्राक्षको माला लगाइदिँदै मत मागेका छन् ।

ईश्वर थापा

भिडियो