०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि जिल्लाका चार स्थानमा अस्थायी मतदान केन्द्रको निर्धारण गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को टिकापुर नगरपालिकाको कार्यालय परिसर, निर्वाचन क्षेत्र नम्बर ४ को गोदावरी नगरपालिकाको वनदेवी मन्दिर परिसर, निर्वाचन क्षेत्र नम्बर ५ को धनगढी उपमहानगरपालिका कार्यालयको परिसर र कैलाली कारागार शाखाको परिसरमा अस्थायी मतदान केन्द्रको निर्धारण गरिएको निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।
स्थायी मतदाता नामावलीमा नाम समावेश भएका मतदाता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र कैदीवन्दीले मात्रै अस्थायी मतदान केन्दमा समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।
उहाँका अनुसार जिल्लामा ४० जना कैदीवन्दी लगायत ४ हजार १ सय ९६ जना अस्थायी मतदाता रहेका छन् ।