INSEC Online

📅 २०८३ जेष्ठ २१

जनमत पार्टीका कार्यकर्तामाथि धारिलो हतियार प्रहार

कविलासी नगरपालिका–६ जमुनियाका जनमत पार्टी कार्यकर्ता ३४ वर्षीय रुपेश मण्डलमाथि हरिवन नगरपालिका–५ नयारोड का २९ वर्षीय राजेश राम र २२ वर्षीय दिनेश रामले ०८२ फागुन १० गते धारिलो हतियार प्रहार गरेको प्रहरीले जानकारी दिएको छ  । घरमा बसेको अवस्तामा  मण्डललाई बाहिर बोलाएर चक्कु प्रहार गरेको सोही ठाउँका सुशिल कुमार शर्माले बताए  ।

डिएसपी सरोज राईका अनुसार घाइते मण्डलको प्रादेशिक अस्पताल मलङ्वामा उपचार भइरहेको छ । आरोपितहरु फरार रहेको हुँदा खोजतलास भइ रहेको र सो घटना सम्बन्धमा अनुसन्धान अघि बढाएको राईले बताए  ।

बुधन साह

भिडियो