INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजीको नाममा करोडको क्षति, सडकको बास

सैनामैना नगरपालिकाका– ३ का फणेन्द्र शर्मा उमेरले ६४ वर्ष पुग्नुभयो । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय भएर काम गरिरहेका शर्मा सादा जीवन र उच्च विचारका खानी हुनुहुन्छ । व्यापार व्यवसायसँगै राजनीतिकमा नेपाली काँग्रेसका कार्यकर्ता भएर लामो समय काम गरेका शर्मा अहिले सैनामैना नगरपालिकाको नगरप्रमुख हुनुहुन्छ । शर्मामा सेवकको भावना छ । कसरी जनतालाई सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा सधै चिन्तित हुनुहुन्थ्यो । शर्माका दुई छोरा अमेरिकामा बस्दै आउनुभएको छ । एउटा छोरा डाक्टर र अर्को छोरा इन्जिनियर हुनुहुन्छ । शर्माको पत्नी राधा शर्मा पर्रोहा माविमा शिक्षक हुनुहुन्छ । परिवार खुशी र सुखी पनि थियो । शर्मा परिवारको त्यो खुशी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले लामो समय टिक्न दिएन् ।

शर्मा दम्पत्तिले दुःख गरेर कमाएर २०६५ सालमा बनाएको साढे दुईतले घर जेनजी आन्दोलनको निशाना बन्यो । आफूले रातदिन दुःख गरेर थोपा थोपा संगालेर आर्जन गरेको सबै सम्पत्ति जेनजी आन्दोलनको नाममा जलेर खरानी बन्यो । शर्मा दम्पत्तिको शरिरमा लगाएको एकसरो कपडा बाहेक केही रहेन् अहिलेसम्मको सबै पसिनाले आर्जेको घर सम्पत्ति एकैछिनमा खरानी भयो । “यति धेरै दुःख गरेर पसिना वगाएर कमाएको सम्पत्ति थियो, सबै यसरी खरानी बनाइयो” नगरप्रमुख शर्माले आँखाभरी आँसु टिलपिल पार्दे भन्नुभयो ।

अहिलेसम्म कुनै कुराको विवादमा परेको नसुनिएका शर्मा जनप्रतिनिधि जनताको सेवक भएर काम गर्नुपर्छ भन्ने मान्यतालाई विश्वास गर्ने बानी थियो । सैनामैना नपा– ३ मा १७ धुरमा बनेको घरमा पत्नी र शर्मा दम्पति बस्नुहुन्थ्यो ।

शर्माको साढे दुईतले घरसँगै घरभित्र भएका सबै सामानहरु पूर्ण रुपमा जलेर खरानी बनेका छन् । अहिले शर्माको घरमा खरानी बाहेक केही छैन् । सँगै लु ३ प.७५४८ नं मोटर साइकल पनि ध्वस्त भयो ।

प्रदर्शनकारीहरुले घरमा आगजनी र तोडफोड गर्न थालेपछि शर्माले प्रहरीको डिएसपी, एसपी, सिडियो सबैलाई फोन गर्नुभयो । तर प्रहरी प्रशासन सबैले यो अवस्थामा हामीले केही गर्न सक्दैनौं आफ्नो सुरक्षा आफै गर्नुस भन्नुभयो । घरमा आगो लगाएपछि नगरपालिकाकै दम्कल पठाइदिन धेरै अनुनय विनय गरें प्रहरीले यस्तो अवस्थामा दमकल पठाउन सम्भव हुँदैन भन्यो । कसैले मेरो कुरा सुनेनन् मलिन स्वरमा शर्माले दुखेसो पोख्नुभयो ।
शर्माको साढे दुईतले घर अहिलेपनि भग्नअवशेश अवस्थामा रहेको छ । शर्माको घरलाई प्राविधिकहरुले हेरेर जाँच गरेर गइसकेका छन् । प्राविधिकहरुका अनुसार घरको भित्ताहरु काम लाग्ने अवस्थामा छैनन् । अहिलेको अवस्थामा घरलाई नभत्काईकन मर्मत गरेर काम चलाउन मिल्दैन् । शर्माले आफुले दुःख गरेर कमाएको घरको त्यो अवस्था देखेर खरानी भएको घर अगाडी आएर टोलाउनुहुन्छ । शर्मालाई लाग्छ नगरपालिकाको दमकल आएको भएपनि यति धेरै क्षति व्यहोर्नु पर्दैन्थ्यो ।

शर्मा भन्नुहुन्छ “आफ्नो पसिनाले दुःख गरेर आर्जेको कमाई यसरी ध्वस्त पारिदिने माथि छानविन गरी कडा कारबाहीको माग छ” । पति पत्नीले लामो समयदेखि दुख गरेर जोडेको शिक्षक भएर थोरै थोरै संगालेर बनाएको घरलाई खरानी बनाएर सडकको बास बनाउने माथि सत्य तथ्यको आधारमा कारबाही गरियोस् म जस्ता आफ्नो दुःख गरेर कमाएको सम्पत्ति गुमाउनेहरुले न्याय पाउनुपर्छ । शर्मा परिवारको सरकारसँग माग छ ।
प्रदर्शनक ाक्रममा प्रदर्शन गरी तोडफोड गर्नेहरु अधिकांश राश्वपाका कार्यकर्ताहरुले नेतृत्व गरेको र अन्य केही नेकपा माओवाीका कार्यकर्ताहरु रहेका स्थानीयहरुको भनाई छ ।

शर्माको भौतिक चल अचल सम्पत्ति मात्र होइन अहिलेसम्म पाएका सबै संझनाहरु आगोमा खरानी बनेका छन् । दुई छोराका शैक्षिक प्रमाणपत्रहरु लगायतका शैक्षिक सम्पत्तिहरु पनि नष्ट गरिएको छ ।

घटनाका विषयमा इन्सेकले स्थलगत अनुगमन गरेको छ । यस्तो दुःखको घडीमा कम्तीमा पनि इन्सेक पहिलो पटक दुःख बुझन आएको छ । शर्माले भन्नुभयो घटनाका विषयमा प्रमाणहरु संकलन गर्देछौं । प्रमाण संकलनपछि उजुरी दिने हो । यसरी व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारवाही गर्नका र राज्यलाई नागरिकप्रति जबाफदेही बनाउन इन्सेकले पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रहरीले भदौ २८ गते घटनाका सन्दर्भमा मुचुल्का गरेको छ । तोडफोड, आगजनी र लुटपाटका कारण शर्मामो १ करोड भन्दा बढी मूल्य बराबरको सम्पत्तिमा क्षति पुगेको छ ।

 

रीमा बि.सी.

अन्य

भिडियो