Photo20240524sindhupalchowkjamka nepal

नीति तथा कार्यक्रम मानव अधिकारमैत्री बनाउन प्रतिबद्ध छौँ

यतिखेर देशमा भएका तीन ओटै तहका सरकारहरूले नीति तथा कार्यक्रम बनाउने र सोही अनुसार बजेट निर्माण गर्ने समय भएको छ । तीन ओटा नगरपालिका र नौ ओटा गाउँपालिका रहेको सिन्धुपाल्चोक हिमाली तथा पहाडी जिल्लाकोरूपमा परिचित छ । यस जिल्लामा रहेको स्थानीय तहबाट प्रस्तुत नीति तथा कार्यक्रमले मानव अधिकार संरक्षणमा के कस्तो भूमिका निर्वाह गर्दछ ? स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकोले नागरिकका हक, अधिकार स्थापित गर्ने योजना के छ ? यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लाका चार जना प्रमुख तथा उपप्रमुखसँग इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

झम्कनाथ नेपाल

अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक

हामी अहिले गाउँ सभाको पूर्व सन्ध्यामा छौं । समाजमा रहेका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला तथा सुत्केरी महिलाहरूका लागि धेरै भन्दा धेरै सुविधा उपलब्ध गराउनेतर्फ हाम्रो ध्यान पुग्ने छ । समाजमा आर्थिक अधिकारबाट वञ्चित पारिएका महिलाहरूलाई सहयोग पु¥याउने उद्देश्यले महिलाको प्रतिनिधि मूलक संस्था महिला सञ्जाल निर्माण गर्ने तयारीमा हामी छौं । त्यसको कार्यविधि समेत तयार गरेका छौं । आर्थिकरुपले कमजोर महिलाहरूलाई सीप मूलक तालिमको योजना बनाउने लक्ष्य राखिएको छ । तालिम प्राप्त महिलाहरूले उत्पादित सामग्रीको बजारीकरण गर्ने समेतको योजना रहेको छ  । इन्द्रावती गाउँपालिको विकासको पहिलो क्षेत्र शिक्षा हो भने दोस्रोमा स्वास्थ्य रहेको छ । यस पालिकामा ३९ ओटा सामुदायिक विद्यालयहरू छन् । ती सबै विद्यालयहरूमा यसवर्ष आई टी को व्यवस्था गर्ने र सिकाइ उपलब्धिमा विकास गर्ने लक्ष्य रहेको छ ।  पालिका भित्र दुई ओटा आधारभूत अस्पताल र नौ ओटा स्वास्थ्य चौकीहरू छन् । अस्पताल र स्वास्थ्य चौकीहरूसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकहरू, अपाङ्गता तथा अशक्तहरूका लागि प्रत्येक महिनाको २१ गतेदेखि २५ गतेसम्म ज्येष्ठ नागरिक स्वास्थ्य घर दैलो कार्यक्रम सञ्चालन गरिएको छ । त्यसलाई थप व्यवस्थित गरिनेछ । दीर्घ रोगीहरूका लागि निःशुल्क औषधि वितरण अभियान सुचारु हुने छ । मानव अधिकारसँग सम्बन्धित केही घटनाहरू न्यायिक समितिमा आइरहेका छन् । आएका मुद्दाहरूलाई न्यायिक निरूपण गर्न न्यायिक समिति गतिशील छ । मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा समन्वय समिति गठन भएको त छैन तर मानव अधिकार संरक्षणमा इन्द्रावती गाउँपालिका सधै प्रतिवद्ध छ ।

सिता थापा

उपप्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका

Photo20240524sindhupalchowksita thapaचौतारा साँगाचोकगढी नगरपालिकामा आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा लक्षित वर्ग मध्ये पनि महिला, ज्येष्ठ नागरिक तथा दलितहरूको लागि छुट्टाछुट्टै थप सिर्जनात्मक कार्यक्रमहरू तय गरिनेछ । ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण, लौरो वितरण जस्ता सिर्जनात्मक कार्यक्रमका लागि तयारी रहेको छ । महिलाका लागि आयआर्जनसम्बन्धी र प्रविधिसम्बन्धी कार्यक्रम तय गरिने लक्ष रहेको छ । बालबालिकाका लागि बाल अधिकार, बाल सञ्जाल, बाल क्लव निर्माण तिनीहरूको परिचालन र बालबालिकाहरूको अन्तर्निहित अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि कार्यक्रम तय गरिने छ । यस चौतारा साँगाचोकगढी नगरमा भएका केही महिला अल्पसङ्ख्यक र जनजातिहरूमा मानव अधिकारको उपभोगमा समस्या देखिएको छ । कतिपय स्थानीय वस्तीहरूमा कुटपिट, घरेलु हिंसा लगायतका घटना हुने गरेको छ । विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूमा उपयुक्त शिक्षा, रोजगारीसँग जोडिन नसक्ने समस्या देखिएको छ । आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरालाई प्राथमिकतामा राखिने छ । पालिकामा रहेको न्यायिक समितिले व्यक्तिको मानव अधिकार संरक्षणमा काम त गरिरहेकै छ तर न्यायिक समितिमा मेरो मानव अधिकार हनन भयो भनेर पीडित पक्ष नआउने समस्या छ । त्यसकारणले पनि नागरिकहरू बिच मानव अधिकारसम्बन्धी सचेतना दिलाउन जरूरी छ । निकट भविष्यमै मानव अधिकारसम्बन्धी स्थानीय समन्वय समिति गठन गरेर मानव अधिकारको सवालमा सचेतना कार्यक्रम तय गरिनेछ भने पालिकाले शिक्षा र स्वास्थ्यलाई नीतिगतरुपले र बजेटको हिसाबले पनि उच्च प्राथमिकतामा राखेर काम गर्ने छ ।

उमा प्रधान

उपप्रमुख, मेलम्ची नगरपालिका

Photo20240524sindhupalchowkuma pardhanठूला ठूला प्राकृतिक बिपत्तिहरू व्यहोदै आएकोे मेलम्ची नगरपालिकाले आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रमहरूमा बिपदले आक्रान्त नागरिहरूको जिवनस्तर उठाउने लक्षित कार्यक्रमहरू तय गरिने उपप्रमुख उमा प्रधानले बताउनु भयो । स्वास्थ्य, शिक्षा र खानेपानीलाई उच्च प्राथमिकतामा राखिने छ । विभिन्न घटनाक्रमहरूबाट जोखिममा रहेका महिला र बालबालिकाहरूलाई सम्बोधन गरिने कार्यक्रमहरू यसवर्ष तय गर्नुपर्ने छ । कतिपय व्यक्तिगत घटनाक्रमहरू न्यायिक समितिमा दर्ता हुने गरेको तर धेरै घटनाहरू नआउने गरेको अवस्था छ । दर्ता हुन आएका घटनाहरूमा व्यक्तिको मानव अधिकार संरक्षण गर्दै निरूपण हुने नै छ । मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वय गर्ने सन्दर्भमा मेलम्ची नगरपालिकामा स्थानीय तह समन्वय समिति गठन हुन सकेको छैन । निकट भविष्यमा समिति गठन गरी त्यसले निर्दिष्ट गरेका बुँदाहरु कार्यान्वय गरिने छन् ।

सुनिता अधिकारी

उपाध्यक्ष, पाँचपोखरी थाम्पाल गाउँपालिका

Photo20240524sindhupalchowkSunita Adikariपाँचपोखरी थाम्पाल गाउँपालिकाले आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रमहरूमा ज्येष्ठ नागरिकहरुलाई निःशुल्क औषधि वितरणको कार्यक्रम तय गरिने छ । गर्भवती महिलाहरूलाई पोषणको र सुत्केरी महिलाहरूलाई कोशेली भेटघाट कार्यक्रमको योजना रहेको छ भने सुत्केरी हुने महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पुग्नको लागि निःशुल्क एम्बुलेन्स सेवाको कार्यक्रम पनि तय गरिने छ । महिला र दलितहरूका लागि कानुनले तोकिदिएको अधिकार प्रदान गर्दै पालिकाबाट सीप मुलक तालिमको व्यवस्था गर्ने योजना रहेको छ । पाँचपोखरी थाम्पाल गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड दिने नीति लिएको छ र सोही अनुसार योजनाहरू बन्नेछ । खानेपानीमा एक घर एक धारा, स्वास्थ्यमा पोषण खोप जस्ता कार्यक्रम रहेको छ । स्थानीय निकायमा रहेको न्यायिक समिति अन्तर्गत प्रत्येक वडा वडामा रहेका मेलमिलापकर्ता मार्फत मुद्दा गाँउपालिकामा आउछ । मुद्दाको प्रकृति अनुसार मेलमिलाप गराउने वा अन्यत्र रिफर गर्ने भन्ने टुङ्गो हुन्छ । मानव अधिकार संरक्षणमा न्यायिक समिति संवेदनशील हुने छ ।  मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वय गर्ने विषयमा कार्यविधिको अभावले यस पालिकामा समन्वय समिति गठन हुन सकेको छैन ।

 

चेतनारायण आचार्य

नागरिकमैत्री नीति तथा कार्यक्रम बनाउन प्रतिबद्ध छौँ

लुम्बिनी प्रदेश सरकार नीति तथा कार्यक्रम बनाउने चरण छ । १२ ओटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा ६ ओटा पहाडी जिल्ला र ६ ओटा तराईका जिल्लाहरू रहेका छन् । अहिले प्रदेशमा ११ ओटा मन्त्रालयहरू रहेका छन् । नीति तथा कार्यक्रमको सङ्घारमा रहेको प्रदेश सरकारका मन्त्रालयहरूले प्रदेश कस्ता खालका नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडि बढदैछन् । मानव अधिकारमैत्री नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा के कसरी गर्दैछन् । सोही सन्दर्भमा लुम्बिनी प्रदेश सरकारका पाँच जना मन्त्रीहरूसँग प्रतिनिधिमुलक रूपमा इन्सेक रुपन्देही प्रतिनिधि रीमा बिसीले गरेको कुराकानीको सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।

चेतनारायण आचार्य

मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकार नीति तथा कार्यक्रम बनाउने चरणमा छौँ । विगतका वर्षहरूमा प्रदेश सरकार भौतिक विकासमा बढी केन्द्रित भयो । मानवीय विकासमा खासै चासो दिएन भन्ने गुनासाहरू धेरै आए । यो पटक यस्ता खालका गुनासाहरू आउन दिनु हुँदैन भन्ने सोचले आफूहरु संवेदनशील रूपमा सक्रिय रहेको बताउनु भयो । नीति तथा कार्यक्रमहरू निर्माण गर्दा प्रदेश सरकारले भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लैजाने गरी महिला बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिहरू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू अति विपन्न वर्ग, जनजाति, मधेशी, मुस्लिम सबै नागरिकले अनुभूति गर्ने बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन समेत दिएको बताउनु भयो । मन्त्री आचार्यले मानवीय विकास विना समृद्ध प्रदेश बन्न नसक्ने भन्दै नागरिकहरूको नागरिक तथा राजनीतिक अधिकार तुलनात्मक रूपमा प्राप्त भए पनि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको अवस्था कमजोर भएकोले यस्ता विषयमा नागरिकले अनुभूति गर्ने गरी नीति, योजना, कार्यक्रम र बजेट बनाउने बताउनु भयो । प्रदेशवासीका पीडामा मलम लगाउने गरी आर्थिक समृद्धिसँग जोडिने खालका योजना तथा कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिने र नीतिमा ल्याउने मात्र होइन कार्यान्वयन गरेर नागरिकको प्रत्यक्ष सहभागितामा प्रदेश सरकारको अनुभूति गराउने गरी अभ्यास गरिरहेको बताउनु भयो ।

भगवती अधिकारी

मन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लुम्बिनी प्रदेश

भगवती अधिकारीलुम्बिनी प्रदेश सरकार नीति निर्माणको चरणमा छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव अधिकार मैत्री नीति तथा कार्यक्रम बनाउन अगुवाइ गरेको छ । सबै जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनीतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, जेसुकै भए पनि प्रत्येक नागरिकले आफ्नो अधिकार पाउने र विकासको मूलधारमा ल्याउने गरी सबैको पहुँच पुग्नसक्ने नीति बनाइने छ । लैङ्गिक समानता जातीय, वर्गीय क्षेत्रिय सबै प्रकारको भेदभावको अन्त्य गरी आपसी सदभाव सहकार्य र समन्वयलाई आत्मसात गर्दै समावेशी सहभागितालाई व्यावहारिक रूपमा अवलम्बन गरी पछाडि परेका र पारिएका वर्ग समुदायहरूलाई राज्यको मूलधारमा समाहित गर्न आधार खडा गरिने छ । हरेक नागरिकको मानव अधिकारको संरक्षण, प्रवर्द्धन गरी विभिन्न खालका लैङ्गिक हिंसा अन्त्य गर्ने खालका छुट्टै अभियान चलाइने गरी कार्यक्रम बनाइएको छ । नागरिकमा सकारात्मक सोँच वृद्धि गरी अधिकारसँगै कर्तव्य सहितको अधिकारको दाबी, जातीय विभेद, लैङ्गिक हिंसाविरुद्ध खबरदारी र पहरेदारी गर्न सक्ने सक्षम नागरिक तयार गरी सकारात्मक सामाजिक रूपान्तरणका अभियानहरू सञ्चालन हुने कार्यक्रम बनाइने छ । लैङ्गिक हिंसामुक्त प्रदेश निर्माण गर्ने, लैङ्गिक तथा घरेलु हिंसा, मानव बेचबिखन निराकरणसँग सम्बन्धित परामर्श, उद्धार र सेवा केन्द्र तथा पुनर्स्थापना केन्द्र सञ्चालनको निरन्तरता, क्षमता अभिवृद्धि र स्वरोजगारका लागि तालिमको अवसर प्रदान गर्दै बेसाहारा वर्गको संरक्षण, महिला, दलित, सीमान्तकृत समुदाय, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू र अति विपन्नहरूको सामाजिक सुरक्षा, संरक्षणका लागि लक्षित कार्यक्रमहरूलाई समेटिने छ । मानवीय विकासलाई जोड दिँदै नागरिक समाजसँग समन्वय गरी काम गरिने छ । बालबालिकाका क्षेत्रमा शिक्षा, स्वास्थ र उचित पोषण र उनीहरूको शारीरिक मानसिक तथा सामाजिक बाल विकासका क्षेत्रमा आवश्यक लागानी गरिने छ । ज्येष्ठ नागरिकको जीवनयापनका लागि आवश्यक स्वास्थ संरक्षण र ज्ञान अनुभवको पुस्तान्तरणमा केन्द्रित कार्यक्रम ल्याइने छ । समग्रमा भन्नुपर्दा सामाजिक, आर्थिक र राजनीतिक रूपमा संरक्षण, विकास र सशक्तिकरण गर्न, विधिको शासन कायम गरी यसबाटै दिगो शान्ति, विकास र समृद्धिको अपेक्षा पूरा हुने लक्ष्य राखिनेछ । प्रदेश सरकारको समृद्ध प्रदेश, खुसी जनताको दीर्घकालीन सोच र लक्ष्यको मार्गदर्शक दस्तावेजका साथै मानव अधिकारलाई पूर्ण रुपमा प्रत्याभूति हुने खालको मानव अधिकार मैत्री नीति तथा कार्यक्रम निर्माणमा जोड दिनेछौँ ।

भुमिश्वर ढकाल

मन्त्री, शहरी विकास तथा खानेपानी मन्त्रालय, लुम्बिनी प्रदेश

भुमिश्वर ढकालहामीले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि लडिरहेका छौँ र अहिले पनि जनतासँग जोडिएर जनताकै पक्षमा अगाडि बढिरहेका छौँ । प्रदेश सरकारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सामान्यतया लक्ष्य निर्धारण गरिएको छ । मैले समालेको मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएको स्वच्छ खानेपानी पाउने हरेक नागरिकको नैसङ्गिक अधिकार हो । प्रदेशका १२ ओटै जिल्लाका नागरिकहरूले अनुभूति गर्ने बनाउने प्रयासमा छौँ । विगतमा गरिएका आयोजनाहरू जुन पुरा हुन सकेका छैनन् । ती आयोजनाहरू पूरा गरी जनतालाई हस्तान्तरण गर्ने गरी अगाडि बढ्छौँ । नागरिकका आधारभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य स्वच्छ पिउने पानीको व्यवस्था, सरसफाई लगायतका भन्ने मात्र होइन गरेर देखाउने गरी हाम्रा नीति, योजना, कार्यक्रम र बजेट बन्छन् । सङ्घले बजेट कटाएर सिलिङ्घ पठाउने कुरा आएको छ । यो अनुसार हेर्दा विशेष अनुदान र अनुदान घटेर आउने भएकोले विगतको तुलनामा बजेटको आकार पनि सानो हुन्छ । यही बजेटलाई लक्ष्यहरू निर्धारण गरी नागरिकले महसुस गर्ने गरी बनाउने हो । तथापी अहिले नयाँ सरकार आइसकेपछि जनताहरूमा केही आशा पलाएको अनुभूति गरेको छु । बजेटको आकार कम भए पनि यसलाई परिस्थिति अनुसार नागरिकमैत्री नीति, योजनामा नयाँ र कार्यान्वयनमा सक्रिय रूपमा नयाँ ढङ्गले नीति, योजना र बजेट निर्माण गर्न संवेदनशील भएका छौँ । प्रदेशका पहिलो मुख्यमन्त्रीले भनेका विषयहरूले ल्याएका नीति योजनाहरू पूरा गर्ने गरी यथार्थमा आधारित नीति र बजेट ल्याउँछौँ जुन कार्यान्वयन गर्न सक्ने गरी जनताले अनुभूति गर्ने गरी बन्छ ।

अर्जुन कुमार के.सी.

मन्त्री, वन तथा वातावरण, लुम्बिनी प्रदेश

अर्जुन कुमार के.सी.प्रदेश सरकार नीति निर्माणको चरणमा रहेको छ । सफा, हराभरा र स्वस्थ शहर बनाउने आम नागरिकलाई स्वच्छ वातावरणमैत्री पार्क, बाल उद्यानहरूको निर्माण जुन प्रदेशका नागरिकहरूले प्रदेश सरकार छ । हाम्रा पीर मर्का बुझ्न सक्ने भन्ने अनूभूति गराउने गरी नीति, योजना र बजेटको निर्माण र कार्यान्वयनमा जोड दिने गरी बन्छन् । छाडा चौपायाहरूको व्यवस्थापन, नदिजन्य पदार्थको उत्खन्न जस्ता विषयहरू धेरै जटिल रहेकोले यस्तो विषयहरूलाई सम्बोधन गर्ने खालका योजनाहरू नीतिमा समेट्छौँ । अर्को कुरा वातावरणको संरक्षण गर्ने सवालमा वन डडेलो नियन्त्रणका सन्दर्भमा सबै क्षेत्रमा निराशा र उदासिन देखियो । साधनस्रोतको अभाव छ । डढेलोको कारण जैविक विविधतालाई जोड दिने खालका सवालहरुमा सामुदायिक वन र साझेदारी वनलाई अलिक कसेर लैजाने अवस्था छ । त्यस्ता विषयमा पहिलाको वैज्ञानिक वन व्यवस्था ऐन थियो । अहिले सङ्घले त्यो ऐन खारेज गरेर वन सम्वर्द्धनमा आधारित वन व्यवस्था नामले अगाडि सारेको छ । यसमा पनि दुई पक्षहरू छन । एकथरी बुढा रुख काट्नुपर्छ भन्छन । अर्कोथरीले काट्न हुन्न भन्छन् । यस्ता विषयहरूलाई कसरी नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्न सकिन्छ । सो विषयमा पनि संवेदनशिल भएर अगाडि बढेका छौँ । नीति, योजना र बजेटको कुरा गरिरहँदा सङ्घले बजेट घटाएर पठाएको छ । अर्थ मन्त्रालयले सिलिङ्घ पठाएर बजेट बनाउन भनेको छ । त्यसलाई हेर्दा अधिकांश तलब, भत्तामा ७६ करोड सकिने रहेछ । अर्को कुरा विपद्मा पनि बजेट कम हुनेभयो भन्ने तनाव छ । विपद् पूर्व तयारी गर्न सकिएन भने धेरै समस्या खेप्नुपर्छ । छाडा चौपाया व्यवस्थापनका लागि सबै स्थानीय तहले वन क्षेत्रलाई देखाउँछन् । यस्ता सवालहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ । भुक्षयको समस्या पनि उत्तिकै छ । यस्ता क्षेत्रमा बजेट असाध्यै कमजोर छ । त्यसकारण विपद व्यवस्थापन, भू–क्षय रोकथाम, नदिजन्य पदार्थको उत्खन्न, डडेलो नियन्त्रण, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याहरूलाई सम्बोधन गर्ने गरी नीति, योजना, कार्यक्रम तथा बजेट ल्याउने गरी नीति बनाउँछौँ ।

खडग बस्नेत

मन्त्री, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश

खडक बस्नेतअहिले हामी नीति तथा कार्यक्रम निर्माणको तयारी गर्ने गाइड गर्ने गरी तयार गर्दैछौँ । पर्यटनले जनस्तरमा आर्थिक, रोजगारी र जीवनस्तरमा वृद्धि गर्ने, पर्यटन विकाससँगै आर्थिक सुधार ल्याउने खालका कार्यक्रमहरू, उद्योगलाई प्रवर्द्धन गर्ने खालका कार्यक्रमहरू उद्योग स्थापना, सञ्चालनको सहज वातावरण निर्माण गर्ने, दर्ता नविकरण, खारेजी गर्दा हुने अवरोधहरू हटाउनका लागि कानुनी रूपमै वातावरण निर्माण गर्ने, उद्योगहरूको दर्ता, अद्ययावधि अनलाइन मार्फत गर्ने गर्ने गराउने, उद्योगलाई पर्यटनसँग जोड्ने र जहाँ पर्यटनको विकास गरिन्छ त्यहाँको स्थानीय क्षेत्रको पहिचानमा जोड दिने खालका कार्यक्रमहरू तय गर्ने छौँ । पार्क र मन्दिर मात्र पर्यटन बनाउने कुरालाई होइन । अन्य पुरातात्विक धार्मिक विषयलाई पनि पर्यटनमा जोड्ने प्रदेशका सबै जातजाति, धर्म लिङ्ग, वर्ग समुदायको समानुपातिक र सन्तुलित गर्ने गरी न्यायोचित विकास भयो भने कोही छुट्दैनन् । प्रदेशका सबै क्षेत्र, वर्ग, जातजाति, लिङ्ग, समुदाय सबैलाई ध्यान दिएर जनताले अनुभूति गर्ने र कार्यान्वयन गर्न सक्ने नीति तथा कार्यक्रममा जोड दिन्छौँ । विगतमा प्रदेशवासीमा एक खालको वितृष्णा देखिन्छ त्यसलाई मेटाउनका लागि कार्य जिम्मेवारीप्रति सचेत र संवेदनशिल छौँ । हामीले निर्माण गर्ने नीति, योजना तथा बजेटहरू जनतामा प्रदेशप्रति भरिएको नकारात्मक सोँच हटाउने खालको निर्माण गर्न प्रतिबद्ध छौँ ।

Biddya Psd Yadav Rohini

पीडितको घाउमा मलम लगाउन स्थानीय सरकार प्रतिवद्ध छ

केही दिनदेखि रुपन्देही जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीका कारण ठूलो धनजनको क्षति भयो । धेरै नागरिकहरू घरवार विहीन भए । आगलागीका कारण धेरैको खाना, छाना र नाना खोसियो ।  आगलागी पीडितको पीडामा मलम लगाउनका लागि स्थानीय सरकार कत्तिको प्रतिबद्ध रहेका छन् ? स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकोले नागरिकहरूको पीडामा मलम लगाउन के कस्ता कार्यहरू भएका छन् ? यसै सन्दर्भमा रुपन्देही जिल्लाका आगलागीबाट प्रभावित केही स्थानीय तहहरूका प्रमुखहरूसँग इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बीसीले तयार पार्नु भएको जनमत ।

 

विद्या प्रसाद यादव

अध्यक्ष, रोहिणी गाउँपालिका

आगलागीका कारण जिल्लाको रोहिणी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । आगलागीका कारण स्थानीय तहमा ९८ ओटा घर जलेर नष्ट भएका छन् । ९८ घरमध्ये ५२ ओटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने बाँकी घरमा आंशिक क्षति भएको छ । आगो निभाउनका लागि देवदह नगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले धेरै सहयोग गरेका कारण आगो निभाउन सम्भव भएको छ । पीडितहरूलाई सुरक्षित स्थानमा राखिएको छ । आगलागी पीडितलाई स्थानीय व्यक्ति, समुदाय र सङ्घसंस्थाहरूले खाद्यान्न तथा त्रिपालको सहयोग गरेका छन् । पीडित परिवारका लागि जिल्ला प्रशासन कार्यालयको बिपद् राहत कोष मार्फत १५ हजार रुपियाँका दरले ५२ घर परिवारका लागि वितरण गरेको छ । गाउँपालिकाको तर्फबाट प्रत्येक पीडित परिवारका सदस्यहरूलाई जनही ३ हजार रुपियाँका दरले रकम, झुल र त्रिपाल उपलब्ध गराइएको र पूर्ण क्षति भएको घर परिवारका लागि दुई बोरा (५० किलो) चामल, दाल, नुन, तेल थप उपलब्ध गराइएको छ । पीडितहरूलाई सत्यसाई सेवा आश्रम मार्फत पनि केही खाद्यान्न सहयोग भएको थियो । आगलागीबाट रोहिणी गाउँपालिकामा मात्र झण्डै ५ करोड रूपियाँ बराबरको क्षति भएको र बाँकी विवरण संकलन गर्न बाँकी रहेको बताउँदै बिपदको बेलामा पीडितहरूको पीडामा मलम लगाउनका लागि गाउँपालिका प्रतिबद्ध रहेकोले बिपदका बेलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।

 

विनोद कुमार श्रीवास्तव

अध्यक्ष, सम्मरीमाई गाउँपालिका

Binod Shreewastab- Sammarimaiआगलागीका कारण सम्मरीमाई गाउँपालिकाका २६ घर जलेर नष्ट भएका छन् । सबैभन्दा बढी क्षति गाउँपालिकाको वडा नं १ मा भएको छ । वडा नं. १ मा मात्र झण्डै १७ लाख रूपियाँ बराबरको क्षति भएको र आगलागीका कारण सबैभन्दा बढी गरिब र सीमान्तकृत समुदायहरू प्रभावित भएका छन् । आगलागीबाट २६ घर पूर्ण रूपमा  जलेर नष्ट भएका छन् भने पशुपंक्षीहरू गोरु, बाख्रा, पाडा, मोटरसाइकल, साइकल, टिभी लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । आगलागी पीडितहरूका लागि प्रहरी प्रशासन, रेडक्रस, गैरसरकारी संस्थाहरू र स्थानीयहरूले पीडा बिर्साउनका लागि सहयोग गरेको भए पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत १६ दिनदेखि कार्यालयमा नहुँदा राहत दिन सकिएको छैन । जिल्ला प्रशासन कार्यालय, रेडक्रस सोसाइटी र एनजिओले राहत सहयोग गरे तर प्रमुख प्रशासकीय अधिकृत नभएको कारण हामीले स्थानीय तह मार्फत सहयोग गर्न सकेनौँ । त्यसकारण अधिक दुःख लागेको छ । कार्यपालिकाको बैठक बसी निर्णय त गरियो पीडितलाई राहत दिन सकिएन् यो दुःखद कुरा हो । तथापी व्यक्तिगत रूपमा पीडितलाई खान र स्थायी रूपमा बस्ने वातावारणको व्यवस्था गरियो । प्रमुख प्रशासकीय अधिकृत आएको भन्ने सुनेको छु । अब तुरुन्तै पीडितहरूलाई क्षतिको १५ प्रतिशत रकम उपलब्ध गराउने छौँ ।

 

सजरुद्दिन मुसलमान

नगर प्रमुख, लुम्बिनी साँस्कृतिक नगरपालिका

Sagarudin Musalman Lumbini Sanskirtik Nagar palikaलुम्बिनी साँस्कृतिक नगरपालिकामा आगलागीका कारण १३ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । २ सय ५० विगाहा (कच्ची) को गहुँबाली जलेर नष्ट भएको छ भने पशु चौपाया, फलफूल बगैँचा, तरकारी खेती समेत जलेर नष्ट भएको छ । आगो निभाउनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिको धेरै क्षति भएको छ । आगलागीका कारण के कति क्षति भयो त्यसको पूर्ण विवरण आउन बाँकी रहेको छ । आगलागी पीडितका लागि जिल्ला प्रशासन कार्यालयमा राहतको लागि नाम सिफारिस गर्ने कार्य भइरहेको छ भने स्थानीय सरकारले आगलागी पीडितका लागि कार्यपालिकाको बैठक मार्फत निर्णय गरी एक कठ्ठाको १ हजार रूपियाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । ‍तत्कालका लागि आवश्यक खाद्यान्न वितरण गरेको छ । आगलागी पीडितका लागि जिल्ला प्रशासन कार्यालयले बिपद राहत कोष मार्फत १५ हजारका दरले राहत दिनका लागि तथ्याङ्क लिएको छ । पीडित परिवारका लागि स्थानीय तहले पूर्ण क्षति भएका पीडितका लागि १५ हजार र आंशिक क्षति भएका परिवारका लागि ५ हजार रूपियाँका दरले राहत उपलब्ध गराएको छ । रेडक्रसले पनि खाद्यान्न, त्रिपाल लगायतका सामग्रीहरू वितरण गरेको छ । त्यस्तै सुजी फाउण्डेशन मार्फत पनि पूर्ण क्षति भएका पीडितका लागि लत्ता कपडा तथा खाद्यान्न दाल, चामल, तेल, नुन लगायतका सामग्रीहरू वितरण भइरहेको छ । स्थानीय सरकारले पीडितहरूको पीडामा स्थानीय सरकारसँगै छ भन्ने महसुस गराउन खोजेका छौँ । उहाँहरूको आँसु पुछ्ने कोसिसमा हामी जुटिरहेका छौँ । क्षतिको पूर्ण विवरण आइसकेपछि सोही अनुसार अगाडि बढ्न सकिन्छ ।

 

गयाप्रसाद बरई

अध्यक्ष, मर्चवारी गाउँपालिका

Gaya Psd Barai Marchawariतराईमा अत्यधिक बढेको गर्मी र तातो हावाहुरी चलेसँगै आगलागीबाट मर्चवारी गाउँपालिकामा धेरै क्षति पुर्‍याएको छ । आगलागीबाट मर्चवारी गाउँपालिकाको वडा नं.१ मा २१ घर, वडा नं.२ मा दुई घर र वडा नं. मा एक घर परिवार विस्थापित भएका छन् । आगलागीका कारण पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगो निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सरकार लगाएत सबैले सहयोग गरेकाले थप क्षति हुनबाट बचेको छ । आगलागीबाट पीडित परिवारलाई 'क' श्रेणी र 'ख' श्रेणीमा विभाजन गरेर राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिपद राहत कोष मार्फत 'क' श्रेणीको एक जनालाई २० हजार र 'ख' श्रेणीका घर परिवारलाई १५ हजार रूपियाँका दरले रकम उपलब्ध गराएको छ । आगलागी पीडितका लागि मर्चवारी गाउँपालिकाले 'क' श्रेणीका ६ जनालाई २५ हजारका दरले र 'ख' श्रेणीका पीडितहरूका लागि १५ हजार र 'ग' श्रेणीका पीडित परिवारलाई १० हजारका दरले राहत कार्यपालिकाको निर्णय गरी उपलब्ध गराइएको छ । त्यस बाहेक दाल, चामल, तेल, नुन लगायतका खाद्यान्नहरू र त्रिपाल समेत उपलब्ध गराइएको छ । आगलागीका कारण मानवीय क्षति नभएको तर पशुपंक्षी, चौपाया जलेकाले उपचार भइरहेको छ । आगलागीका कारण स्थानीय तहमा अनुमानित ५० लाख रूपियाँ भन्दा बढीको क्षति भएको र अन्य विवरण आउन बाँकी रहेको छ । आगलागीबाट अति गरिब र विपन्न परिवारहरू बढी प्रभावित भएको र उनीहरूको संरक्षणका विषयमा पालिका गम्भीर रहेको छ ।

 

सुरेन्द्र  पौडेल

अध्यक्ष, गैडहवा गाउँपालिका

Surendra Poudel Gaidahawaआगलागीका कारण गैडहवा गाउँपालिकामा अनुमानित ३२ लाख ५१ हजार ६ सय रूपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट गैडहवा गाउँपालिकाको वडा नं १, २ र ७ का किसान तथा घरपरिवार प्रभावित भएका छन् । वडा नं. २ मा पाकेर काट्न तयार भएको गहुँमा आगो लाग्दा १० जना किसानहरू पीडित भएका छन् । वर्षभरी दुःख गरेर भित्र्याउने तयारी रहेको गहुँमा आगलागी हुँदा १० जना किसानको गहुँबली पूर्णतया नष्ट भएको छ । आगलगीबाट २८ लाख ४६ हजार रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । त्यस्तै वडा नं २ मै आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगो निभाउनका लागि गैडहवा गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाको दमकलले आगो निभाएको छ । पीडितहरूका लागि गाउँपालिकाले खाद्यान्नहरू चामल, दाल, तेल, नुन लगायत वितरण गरेको छ । प्रमुख प्रशासकीय अधिकृत विदामा रहेकाले आर्थिक सहयोग गर्न नसकिएको तथापी गर्ने योजना रहेको छ । जिल्ला प्रशासन कार्यालयले बिपद राहत कोष मार्फत दिने राहतका लागि विवरण सङ्कलन गरेर पठाइएकाले अब केही दिनमै राहत उपलब्ध गराउने छौँ ।

कल्पना हरिजन

चुनौतीलाई छिचोल्दै न्याय निरूपणमा सक्रिय

संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ मा स्थानीय तहको अधिकार सूचीसँग सम्बन्धित छ । सोही बमोजिम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था गरिएको छ । अनुसूची ८ बमोजिम गाँउ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप मध्यस्थताको व्यवस्थापन गर्ने अधिकार संविधानले सुनिश्चत गरेको छ । संविधानले स्थानीय तहको अधिकार अन्तर्गत न्यायिक समितिको व्यवस्था गरेको छ । निर्वाचित उपप्रमुखहरू न्यायिक समितिको संयोजक रहने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐेनले गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिलाई दुई किसिमको अधिकार रहेको, ऐनको दफा ४७ (१) ले विवादको निरुपण र दफा ४७ (२)ले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने अधिकार दिए बमोजिम न्याय सम्पादन गर्ने गरेका छन् । कानुनी तथा न्याय सम्पादनका विषयमा कमैमात्र जानकार भएपनि न्यायिक समिति संयोजकहरूलाई न्याय सम्पादनको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । न्यायिक समितिको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूले अहिले न्याय सम्पादनमा के समस्या भोगिरहेका छन् त ? सोही विषयमा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले रुपन्देहीका केही स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षसँग कुराकानी गरी तयार पारेको जनमत यहाँ प्रस्तुत गरिएको छ ।

कल्पना हरिजन

उपप्रमुख, लुम्बिनी सांस्कृतिक नगरपालिका

सुरुसुरुमा केही समस्या भयो । त्यो समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढिरहेको छु । हाम्रो नगरपालिकामा अधिकांश जग्गाको किचलो, साँध मिचेको, सरकारी जग्गा हडपेको जस्ता मुद्दाहरू आउँछन् । कतिपय व्यक्ति व्यक्तिबिचको समस्याका विषयमा छलफल माध्यमबाट मिलापत्र गरेको र कतिपय छलफलमा टुङ्गिन नसकेका मुद्दाहरू अदालत पठाउने गरेका छौँ । कानुनी सल्लाकार राखेपछि धेरै सहज भएको छ । प्रेस सल्लाहकार र कानुनी सल्लाहकार राखेपछि अख्तियारले पत्र काटेर हैरान गरेको छ । खर्च धेरै आयो कानुनी सल्लाहकार नराख्नु भनेर पत्र काटेको छ । तर,  हामीले कानुनी सल्लाकार हटाएका छैनौँ । १३ ओटा वडामा दुई जना वडा सचिवले काम गर्नुपर्ने बाध्यता छ । स्थायी कर्मचारी नभएकाले करारका कर्मचारीले कार्य सम्पादन गर्नुपर्ने बाध्यता छ । तथापि सबै जनप्रतिनिधि र कर्मचारीहरूको सहयोग र सहकार्यले काम गर्न सहज भएको छ । स्थानीय न्यायिक समितिलाई दिएको अधिकारको प्रयोग गरेर न्याय निरुपण गरिएको छ ।

विद्यालक्ष्मी गुरुङ

उपप्रमुख, देवदह नगरपालिका

सुरूसुरूमा काम, कर्तव्य र अधिकारका विषयमा हामी स्पष्ट थिएनौँ । न्यायिक समितिमा कानुनी सल्लाहकार थिएनन् । Biddhayalaxmi Gurung Devdhaपर्याप्त मात्रामा कर्मचारीहरू थिएनन् । अघिल्लो कार्यकालमा केही समय असाध्यै कठिन भयो । अहिले मेरो दोस्रो कार्यकाल हो । अहिले कानुनी सल्लाकार नियुक्त गरिएको छ । पहिला जस्तो परिस्थिति अहिले छैन । न्याय सम्पादन गर्न सहज भएको छ । देवदह नगरपालिकामा सरदर वाार्षिक ६० भन्दा बढी मुद्दाहरू न्यायिक समितिमा आउने गर्छन् । अधिकांश मुद्दाहरू लेनदेन, जग्गाको किचलो, पति पत्नीबिचका झैझगडा, घरेलु हिंसा तथा लैङ्गिक हिंसाका घटनाहरू बढी मात्रामा आउने गर्छन् । पछिल्लो समय पुरुषहरू पनि पीडामा परेको भन्दै उजुरी गर्न आउन थालेका छन् । पहिलाको तुलनामा अहिले न्याय सम्पादन गर्न धेरै सहज भएको र न्याय सम्पादनमा सफलता पनि राम्रै भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिलाई दुई किसिमको अधिकार रहेको, ऐनको दफा ४७ (१) ले विवादको निरुपण र दफा ४७ (२) विवादलाई मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने अधिकार दिए बमोजिम न्याय सम्पादन गर्ने गरेका छौँ । कतिपय मुद्दाहरू सहमतीमा निरुपण भएको भए पनि कार्यान्वयन भएन भनेर पुनः आउने गरेका छन् । कतिपयलाई जिल्ला अदालतमा रेफर गरेका छौँ ।

सावित्रादेवी अर्याल

उपप्रमुख, बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा धेरै जसो जग्गाको किचलो, जग्गा मिचेको, एउटा घर तीन जनाको जग्गामा परेको, पति पत्नीको झगडा, घरेलु हिंसा, माना चामलका उजुरी आउने गर्छन् । समुदायमा काम गरेर आएकाले न्याय निरूपण गर्न त्यत्ति समस्या परेको छैन Sabitra Devi Arayal। अधिकांश मुद्दाहरू मेलमिलापको माध्यमबाट टुङ्गिन्छन् । यो ठाउँ नै चुनौतीपूर्ण काम गर्ने थलो भएकोले यसलाई अवसरको रूपमा सिक्दै अगाडि बढ्दै आएका छौँ । न्यायिक समितिले आफ्नो क्षेत्राधिकारमा रहेका मुद्दाहरूलाई मेलमिलापको माध्यमबाट न्याय निरुपण गर्दै आइरहेको छ ।

सुनिता चौधरी

उपाध्यक्ष, ओमसतिया गाउँपालिका

सुरूसुरूमा निकै अप्ठयारो पर्‍यो के गर्ने होला ? कसरी गर्ने होला ? भन्ने लाग्यो । एउटा तालिम पाएपछि केही सहज भयो । पहिला कानुनी प्रावधानका विषयमा केही जानकारी थिएन । काम कर्तव्य र अधिकारका विषयमा पनि त्यत्ति स्पष्ट थिएन । चुनाव त जितियो के काम गर्ने होला ? अलमल थियो । प्रदेश सरकारले कानुन निर्माणमा ढिलाइ हुँदा कतै कानुन बाझिने हो कि भन्ने डर थियो । सुरूमा कर्मचारीबाट पनि त्यति सहयोग थिएन । अहिले कर्मचारी साथीहरूबाट पनि राम्रो सहयोग छ । केही आपूmले नबुझेका विषयमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी साथीहरूले पनि सहज रूपमा सहयोग गर्नुहुन्छ । न्यायिक समितिमा अधिकांश जग्गा विवाद,Sunita Chaudari- Omsataya RM लेनदेनका मुद्दाहरू आउँछन् । घरेलु हिंसाका मुद्दाहरू कम आउँछन् । कम आउनुको कारण कसैलाई भन्यो भने बेइज्जत हुन्छ भन्ने मानसिकताले गर्दा हो । कतिपय मुद्दाहरू जटिल खालका आउँछन । न्यायिक समितिले मेलमिलापको माध्यमबाट न्याय निरुपण गर्ने भएकाले कतिपय मुद्दाहरू वडास्तरीय मेलमिलापकर्ताहरू मार्फत पनि मेलमिलाप गरेका छौँ । कतिपय मुद्दाहरू न्यायिक समिति मार्फत न्याय निरुपण गरेका छौ भने कतिपय मुद्दाहरू माथिल्लो निकाय अदालतमा रेफर गरेका छौं । तथापि कपिय मुद्दाहरूमा म महिला भएकै कारण अलिक फरक व्यवहार गर्ने, छलफलका लागि चिठी काटेर बोलाउँदा अटेर गर्ने, यहाँ छलफल गर्दिन माथिल्लो निकायमा पठाएदिनुस भन्ने, महिलाले के गर्न सक्छन र जस्ता सोचाइहरू थिए र छन् । त्यो हाम्रो लागि चुनौती बनेको छ । पहिलाको तुलनामा अहिले धेरै सहज भएको छ ।

मौसमी थापा मगर

उपाध्यक्ष, कञ्चन गाउँपालिका

सुरुसुरुमा अप्ठयारो भयो । के गर्ने कसरी गर्ने ? कसरी छिटो छरितो न्याय सम्पादन गर्ने होला, विश्वास कसरी जित्न सकिएला भन्ने लाग्थ्यो । न्याय सम्पादन गर्नुपर्ने तर कानूनी ज्ञान पर्याप्त थिएन नत कानुनी सल्लाहकारको व्यवस्था नै थियो । अहिले पनि कानुनी सल्लाहकार छैन । कसरी मुद्दाहरू मिलाउन सकिएला भन्ने लाग्थ्यो । काम, कर्तव्य र अधिकार क्षेत्रको विषयमा पनि अनविज्ञता थियो । काम गर्दै जाँदा अहिले धेरै Mausami Thapa Magarविषयमा जानकारी भएको छ । न्यायिक समितिमा सबैभन्दा बढी जग्जासम्बन्धी विवादका घटनाहरू आउँछन् । त्यसैगरी पतिपत्नी बिचका झैझगडा, जग्गाको साँध मिचिएको जस्ता मुद्दाहरू आउँछन् । सामान्य प्रकृतिका मुद्दाहरूलाई वडास्तरमै मेलमिलापकर्ता मार्फत मेलमिलापका लागि पठाउने गरेका छौँ । कतिपय धेरै जटिल प्रकृतिका हुन्छन् । त्यस्ता मुद्दाहरूलाई कानुन व्यवसायीहरूसँग सल्लाह गरेर अगाडि बढ्ने गरेका छौँ । कतिपय पक्षहरू अदालतमा विचाराधिन रहेका मुद्दा न्यायिक समितिमा  लिएर आउने गर्छन् । त्यस्ता मुद्दाहरूका विषयमा कानुन व्यवसायीहरूसँगको सल्लाह अनुसार अगाडि बढ्ने गरेका छौँ । अहिले न्यायिक समितिमा आउने मुद्दाको चाप बढ्दो छ । त्यसलाई अवसरको रुपमा लिएर सिक्दै चुनौतीहरूलाई छिचोल्दै अगाडि बढ्दै आएका छौँ ।

सरकारले स्पष्ट कार्ययोजना बनाएर बाँकी रहेका काम अगाडि बढाउनुपर्छ

तत्कालीन माओवादी र सरकारकबिच २०५२ फागुन १ गतेबाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १७ वर्ष भइसक्दा समेत पीडितका सरोकार उस्तै रहेका छन् । विस्तृत शान्ति सम्झौतामार्फत ०६३ मङ्सिर ५ गते गरिएका प्रतिबद्धताहरूमध्ये संविधानसभाबाट नेपालको संविधान निर्माण, माओवादी लडाकुको व्यवस्थापन, लगायतका कार्यहरू सम्पन्न भए पनि द्वन्द्वपीडितको मुख्य चासो रहेको सङ्क्रमणकालीन न्यायको प्रक्रिया अझैसम्म टुङ्गोमा पुग्न सकेको छैन । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पुगेको सन्दर्भमा द्वन्द्वपीडित समुदायका अगुवाहरूसँग शान्ति प्रक्रियाको बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन के गरिनुपर्छ ? भनेर प्रश्न सोध्नुभएको थियो । प्रस्तुत छ, इन्सेक अनलाइनका लागि काठमाडौँ उपत्यका प्रतिनिधि विमल पौडेलले तयार पार्नु भएको जनमत ।

मैना कार्की,

द्वन्द्वपीडित एवम् प्रतिनिधिसभा सदस्य, जाजरकोट2. Maina Karki_Jajarkot

जबसम्म द्वन्द्वबाट प्रभावित भएका पीडितहरूले न्यायको अनुभूति गर्न सक्दैनन् तबसम्म शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुग्न सक्दैन । यदि शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुर्‍याउनका लागि सरकारले अब समयसी सहितको स्पष्ट कार्ययोजना बनाएर बाँकी रहेका काम अगाडि बढाउनुपर्छ । त्यसका लागि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन अवस्थामा रहेको बेपत्ता पारिएको व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकमा पीडितले उठाएका मुख्य चार ओटा एजेण्डा समेट्दै संसदको आगामी अधिवेशनबाट पारित गरिनुपर्छ ।

गोपालबहादुर शाह,

द्वन्द्वपीडित, बर्दिया

1. Gopal Bahadur Shah_Bardiyaसङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन अब ढिला गरिनु हुँदैन । त्यसका लागि द्वन्द्वकालमा प्रभावित भएका एवम् जोडिएका पीडितहरूले राखेका मागहरूलाई राज्यले येथोचित रूपमा सम्बोधन गर्नुपर्छ । साथै सरकारले संसदीय समितिमा विचाराधीन रहेको बेपत्ता पारिएको व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक पीडितको आवाज समेटेर संसदको आगामी अधिवेशनबाट पारित गरिनुपर्छ । विधयेकमा पीडितलाई न्यायको ग्यारेन्टी गर्ने, परिपूरण प्रदान गर्ने एवम् फेरी द्वन्द्व नदोहोरिने कुराको सुनिश्चितता समेत गर्नु आवश्यक छ ।

सुनिता घले,

द्वन्द्वपीडित, लमजुङSunita Ghale

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबैभन्दा पहिले सरकारले १० वर्षे लामो सशस्त्र द्वन्द्वबाट पीडित भएकाहरूको न्यायको सुनिश्चितता गर्नुपर्छ । त्यसका लागि संसदमा विचाराधीन रहेको विधेयकमा द्वन्द्वकालीन अपराधको न्याय निरुपणका लागि स्वतन्त्र न्यायपालिकाका मान्यताको मातहतमा विशेष फौजदारी अदालतको गठनको व्यवस्था गरेर त्यसको क्षेत्राधिकारसमेत निर्दिष्ट गर्नुपर्दछ । त्यस्तै सरकारले द्वन्द्वबाट अभिभावक गुमाएका बालबालिकाले पढ्न चाहेसम्म निःशुल्क अध्ययनको ग्यारेन्टी राज्यले लिनुपर्छ भने द्वन्द्वपीडितको परिवारलाई परिपूरणको व्यवस्था गर्नुपर्छ । त्यसैगरी पीडितहरूको क्षमता अनुसारको रोजगारीको व्यवस्था सरकारले गरिदिएमा एक हदसम्म द्वन्द्वबाट प्रभावितहरूले न्याय पाएको महसुश गर्न सक्दछन् ।

कल्याण बुढाथोकी,

3. Kalyan Budhathoki_Ramechhapद्वन्द्वपीडित, रामेछाप

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन अन्तर्राष्ट्रिय रूपमा नेपालले गरेका प्रतिबद्धता तथा द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएका आदेशहरूको मर्म र भावना प्रतिविम्बित हुने गरी सरकारले संसदमा विचाराधीन रहेको विधेयकलाई संसोधन गरिनुपर्छ । विधेयकमा गम्भीर प्रकृतिका उल्लङ्घनका घटनाहरूमा क्षमादान अस्वीकार्य हुने कुरालाई सुनिश्चित गर्नुपर्छ एवम् त्यसका अलावा राहत, क्षतिपुर्ति, परिपूरण, साक्षि तथा पीडितको संरक्षण लगायतका सन्दर्भमा पीडित समुदायले पटकपटक उठाउँदै आएका सरोकारहरू समावेश गरिनुपर्छ । व्यक्ति हत्याजस्तो विषयलाई सामान्य अपराधमा राखेर पीडितलाई थप पीडा दिने कामले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुग्न सक्दैन ।

राधा भट्टराई,

द्वन्द्वपीडित, तनहुँ4. Radha Bhattarai_Tanahun

सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन संसदको मानव अधिकार समितिले विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको फैसला, पीडित समुदायको सरोकार एवम् राज्यको अन्तराष्ट्रिय मानव अधिकार कानुनप्रतिको दायित्व अनुकुल हुने गरी आफ्नो सार्वभौम अधिकारको उपयोग गरी उक्त विचाराधीन सङ्क्रमणकालीन न्याय ऐन संसोधन विधेयक तत्काल पारित गर्नुपर्छ । त्यसैगरी सरकारले पीडित केन्द्रित र विश्वसनीय सङ्क्रमणकालीन न्याय संयन्त्र स्थापना गर्न स्वतन्त्र र निष्पक्ष सिफारिस समिति गठन गरी आयोगहरू गठन गर्नुपर्छ र पीडित समुदायका लागि तत्कालीन एवम् दीर्घकालीन आवश्यकताका आधारमा परिपूरणसम्बन्धी कार्यक्रम लागु गर्नुपर्छ ।

कमल प्रसाद सुवेदी,

द्वन्द्वपीडित, दोलखा

6. Kamal Prasad Subedi_Dolakhaविगतमा १० वर्षे सशस्त्र द्वन्द्व मच्चाउनेहरू अहिले सरकारको नेतृत्व गरेर बसिरहेका छन् । उनीहरूले संसदमा विचाराधीन रूपमा रहेको बेपत्ता पारिएको व्यक्ति छानबिन, सत्य निरुपण तथा  मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयक पारित भएको खण्डमा आफैमाथि छानबिन हुने डरले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुर्‍याउन चाहिरहेका छैनन् । शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउन यदि सरकार साँच्चिकै गम्भीर छ भने उसले द्वन्द्वका क्रममा अङ्गभङ्ग भएका एवम् अपाङ्गता भएका पीडितहरूको आजीवन उपचारको व्यवस्था गर्नुपर्छ । सहिद परिवारलाई राहत एवम् द्वन्द्वका क्रममा कब्जा भएका सम्पत्तिको फिर्ता र त्यसको क्षतिपुर्ति दिनुपर्छ ।

2023- 02-04 RamKrishna Khad Rupandehi

शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम  गरेका छौँ

सङ्घीय गणतन्त्रको शासकीय संरचनापछि मुलुकमा दुईपटक स्थानीय तहको निर्वाचन भयो । २०७४ सालमा तीन चरणमा र २०७९ सालमा एकै चरणमा मुलुकभरका ७ सय ५३ ओटा स्थानीय तहमा निर्वाचन भयो । निर्वाचित जनप्रतिनिधिले मानव अधिकारका क्षेत्रमा उदाहरणीय काम गर्दै पनि आएका छन् । तपाइँ नेतृत्वमा आइसकेपछि शिक्षा र स्वास्थ्यको क्षेत्रमा केकस्ता उदाहरणीय काम भएका छन् ? प्रस्तुत छः- रुपन्देही जिल्लाका केही स्थानीय तहका प्रमुखहरूसँग इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले तयार पार्नु भएको जनमत ।

रामकृष्ण खाँण

प्रमुख, तिलोत्तमा नगरपालिका

हामी निर्वाचित भएर आएको एक वर्ष पुग्यो । यो एक वर्षको समयमा शिक्षा क्षेत्रमा सामुदायिक र संस्थागत विद्यालयको शिक्षाको गुणस्तरलाई माथि उठाउने र भौतिक पूर्वाधारको विकास गर्न सकेमा मात्र शिक्षाको विकास हुन्छ भन्ने उद्देश्यले नगरपालिकामा रहेका ४२ ओटा सामुदायिक विद्यालयमा गरिब, दलित, मधेशी, थारु, विपन्न परिवारका बालबालिका पढ्ने भएकाले उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर सङ्घीय सरकारले दिएको १५ रुपियाँ खाजा खर्च बढाएर अहिले २५ रुपियाँ पुर्‍याइएको छ । जङ्क फुडलाई निषेध गरिएको छ । निर्वाचित हुने बित्तिकै सपथ ग्रहणमै पाँच वर्षसम्म कुनै पनि भत्ता, सेवा सुविधा नलिने र सेवा सुविधा बापत आएको खर्चलाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा अति विपन्न परिवारका १ सय ४७ जना बालबालिकालाई जनही ४ हजार रुपियाँका दरले छात्रावृत्ति वितरण गर्ने कार्य भएको छ ।

हामी आउनुभन्दा पहिला सामुदायिक विद्यालयमा झण्डै १६ हजार विद्यार्थीहरूको सङ्ख्या थियो । अहिले झण्डै २० हजार बालबालिकाहरूले सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आर्कषण बढ्नुको कारण दिवा खाजालाई व्यवस्थापन गर्नु मुख्य हो । शिक्षालाई गुणस्तरीय बनाउनका लागि शिक्षक पाहुना कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षकलाई पढाउनका लागि पाहुनाको रूपमा केही समय अर्को विद्यालयमा पठाउने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम शिक्षक पाहुना कार्यक्रम हो । विद्याथीहरूलाई सामुदायिक विद्यालयप्रति आर्कषण गर्नका लागि बस र अटो रिक्साको व्यवस्था तथा डिजेलको व्यवस्था गरेका छौँ ।

स्वास्थ्यमा सुधारका लागि नगरपालिकामा १५ शैयाका दुई ओटा अस्पताल निर्माण गरिएको छ । हाम्रो नगरपालिका स्वास्थ्यको हिसाबले कमजोर भएकोले यसको सुधारका लागि १७ ओटा स्वास्थ्य चौकी र एउटा आयुर्वेद अस्पताललाई नागरिकमैत्री हिसाबले व्यवस्थापन गरी स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि सिकाई कक्षा तथा तालिमहरू सञ्चालन गरिएको छ । स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्‍याउने उद्देश्यले ६ सय ५० रुपियाँमा अल्ट्रासाउण्ड सेवा र १ हजार ५ सय रुपियाँमा रगतको होलबडी जाँचको व्यवस्था गरेका छौँ । दृष्टि विहीनकालागि स्वास्थ्य सेवा र सुत्केरीका लागि वर्थिङ्ग सेन्टरको व्यवस्था गरी स्वास्थ्य संस्थामा सुत्केरी कार्यक्रमलाई प्राथमिकताका साथ जोड दिइएको छ । तिलोत्तमा नगरपालिकाका १ हजार नवजात शिशु जन्मँदा २९ जनाको मृत्यु र १ सय ५० जना जन्मँदा १२ जना कम तौल भएका बच्चा जन्मने गरेकोमा यसलाई शुन्यमा झार्ने खालका कार्यक्रम सञ्चालन गरेका छौँ । मानसिक समस्याको अवस्था जटिल भएकाले यसलाई सुधार गर्नका लागि परामर्श सेवा प्रदान गरेका छौँ ।

फणिन्द्र शर्मा,

प्रमुख, सैनामैना नगरपालिका

म निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु । सामुदायिक र संस्थागत विद्यालयमा एकरुपता थिएन त्यसलाई सँगै राखेर बैठकबाट एकरुपता ल्याउनका लागि निर्णय गरियो । सामुदायिक विद्यालयमा विद्यालय छाड्ने दर बढेको थियो । हामी आउनुभन्दा अघि विद्यालयमा १५ रुपैयाका दरले खाजा खुवाइन्थ्यो त्यसलाई विद्यार्थीहरूले घरबाटै खाजा ल्याउने र अभिभावकलाई पैसा दिने गरिएकोमा अहिले नगरपालिकाबाट पाँच 2023-Photos-Rupandehi-Phadendraरूपियाँ थपेर २० रूपियाँ बराबरको विद्यालयमै खाजा खुवाउने व्यवस्था गरिएको छ । विद्यालयमा जङ्क फुडलाई निषेध गरिएको छ । पहिला विद्यालयमा दुई सिफ्टमा कक्षाहरू सञ्चालन हुन्थे । अहिले दुबै कक्षालाई विहान १० बजेदेखि ४ बजेसम्म सञ्चालनमा ल्याइएको छ । जसले गर्दा विद्यार्थीहरू पूरा समय शिक्षण सिकाइमा खर्च गर्दछन् । विद्यालयहरूमा  डेक्स बेन्चहरूको व्यवस्थापन गरिएको छ । प्रविधिसँग जोडेर शिक्षण सिकाइमा ध्यान दिइएको छ । नगरपालिकाभित्र रहेका अति विपिन्न, दलित, अपाङ्गता भएका व्यक्तिहरू, महिला, जनजाति, मधेशी, मुस्लिम र अल्पसङ्ख्यकहरूका लागि जिल्लाभरका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । त्यस्तै सुत्केरीका लागि अस्पतालदेखि घरसम्म र घरदेखि अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिएको छ । सुत्केरीका लागि पोषणयुक्त खाना व्यवस्थापनमा नेपाल सरकारले दिएको सेवा बाहेक १ हजार रुपियाँ थप गरी प्रोत्साहन स्वरुप वितरण गरेका छौँ ।

खेलराज पाण्डे

नगरप्रमुख, बुटवल उपमहानगरपालिका

म निर्वाचित भएर आएपछि बुटवल उपमहानगरपालिकामा दुई ओटा १६ शैयाका अस्पतालहरू अक्सिजन सहितको निर्माणको अन्तिम चरण छन् । यसमा १५ शैयासम्मको खर्च सङ्घीय सरकारमार्फत र दुई ओटा शैयाको लागि बुटवल उपमहानगरपालिकाको लगानी रहेको छ । त्यस्तै नगरले क्यान्सरको जोखिमलाई कम गर्नका लागि आम्दा अस्पतालसँग 2023-02-05 Khelraj Pandey Butwal Upnagaralika-Rupandehiसहकार्य गरेर पाठेघरको निःशुल्क स्क्यानिङ्ग सेवा सुरु गरेको छ । सरकारी अस्पतालमा जन्मेका बालबालिकाको पोषणलाई ध्यानमा राखेर २ हजार रुपियाँ प्रोत्साहन स्वरुप वितरण गरेको छ । नगरभित्र १२ ओटा सहरी स्वास्थ्य क्लिनिकहरू रहेका छन् । जसबाट निःशुल्करुपमा जाँच तथा औषधि वितरण भइरहेको छ ।

शिक्षाका लागि विटिआईमा अटोइन्जिनियर र आम्दा अस्पतालमा मेडिकल शिक्षा सुरू गरिएको छ । विएससी एजी अध्ययनका लागि सेमलारमा देशकै उत्कृष्ट शिक्षा अध्ययापन गराउन पहल भइरहेको छ । सरकारी र निजी क्याम्पसहरूसँग छलफल गरेर शिक्षामा रहेका कमीकमजोरीहरूलाई हटाएर कसरी गुणस्तरवृद्धि गर्न सकिन्छ भन्ने विषयमा काम भइरहेको छ ।

धुव्रप्रसाद खरेल

प्रमुख, देवदह नगरपालिकाका

निर्वाचित भएपछिको पहिलो निर्णय शिक्षा र स्वास्थ्यमा गुणस्तर ल्याउने गरी पूर्ण स्वास्थ्य बीमा नगरपालिका बनाउने निर्णय गरेर अगाडि बढेको हो । १० शैयाको नगर अस्पतालको व्यवस्थापन गरी चार जना प्राविधिक डाक्टरको व्यवस्था गरी सेवा प्रवाह गर्दै आइरहेका छौँ । स्वास्थ्य बीमा कार्यक्रममार्फत गरिब, अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका छौँ । स्वास्थ्य बीमा गरेका व्यक्तिहरूका लागि सरकारले वितरण गर्ने ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था नगर अस्पतालबाट गर्दै आएका छौँ । नगरकै लगानीमा आधुनिक डिजाइन सहितको भवनको निर्माणका लागि ५० प्रतिशत कार्य भइसकेको छ । Dhurba Kheralआर्थिक अभावका कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले पैसा तिर्न सक्नेले पाँच जनासम्मको परिवारका लागि ३ हजार ५ सय रुपियाँ तिरेर त्यो भन्दा बढी परिवारका सदस्य भए ७ सय रुपियाँ थपेर बीमा गराएका छौँ । पैसा तिर्न नसक्नेका लागि नगर सरकार छ भन्ने अनुभूति नागरिकलाई गराएर अगाडि बढेका छौँ ।

शिक्षा क्षेत्रमा तीन तहकै सरकारको प्राथमिकताको विषय भएपनि गुणस्तरयुक्त शिक्षा नभएको अवस्थामा शिक्षालाई कसरी गुणस्तर र गरिखाने बनाउन सकिन्छ भन्ने हिसाबले अगाडि बढेका छौँ । देवदह नगरपालिकामा बिहान र दिउँसो कक्षा सञ्चालन हुने गरेकामा म आइसकेपछि एउटै समयमा मात्र कक्षा सञ्चालन गरिएको छ ।

मञ्जितकुमार यादव

अध्यक्ष, ओसतिया गाउँपालिका

निर्वाचित भएर आएको एक वर्ष पुग्यो । अहिलेसम्म शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही उदाहरणीय कार्यहरू गरेका छौँ । सामुदायिक विद्यालयको शिक्षाको अवस्था असाध्यै कमजोर थियो । त्यसलाई सुधार गर्नको लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग बैठक बसेर शिक्षामा कसरी गुणस्तर ल्याउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरी केही निर्देशनहरू दिएर अगाडि बढेका छौँ । प्रत्येक शिक्षकले अनिवार्य रुपमा सेसन प्लान बनाएर अध्यापन गर्नुपर्ने, शिक्षक आउने र जाने समयमा इलेक्ट्रोनिक हाजिर गर्नुपर्ने, विद्यार्थीहरूलाई बालमैत्री शिक्षण सिकाइका लागि प्रोत्साहित गर्नुपर्ने, शिक्षण सिकाइ सामग्रीहरूको व्यवस्थापन गरी प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने लगायतका नियम लागु गरिएको छ । सो भए नभएको हेर्नका लागि मोवाइल अनुगमन गरेर अगाडि बढेका छौँ । दरबन्दी अनुसार शिक्षकहरू नभएको विद्यालयमा शिक्षकको दरवन्दीका लागि पहल गरेका छौ । शिक्षकहरूलाई विभिन्न समयमा शिक्षण सिकाई प्रभावकारी बनाउन अनुभव आदानप्रदान र तालिम 2023-02-03 Manjit Kumar Yadav Omsatiya Rupandehiप्रदान गर्दै आएका छौँ ।

स्वास्थ्यको क्षेत्रमा पनि केही प्रयासहरू भएका छन् । सर्ने र नसर्ने रोगका विषयमा विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । स्वास्थ्य तथा सरसफाईलाई केन्द्रित गरेर घरदैलो कार्यक्रमहरू गर्नका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरूको परिचालन गरिएको छ । सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा र पोषण झोलाको व्यवस्था गरिएको छ । रगतको कमी भएका बिरामीहरूलाई नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर निःशुल्क रुपमा रगत उपलब्ध गराइएको छ । गाउँपालिकास्तरको १५ शैयाको अस्पतालका लागि जग्गा कम भएका कारण जग्गा खरिदको प्रक्रियामा गएको छ । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा कसरी लगानी बढाउन सकिन्छ र सबै नागरिकले अनुभूति गर्ने खालको शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सकिन्छ भन्ने विषयमा लागेका छौँ ।

Purnimaya Lama photo

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पीडितमैत्री हुनुपर्छ

पुर्णिमाया लामा, द्वन्द्वपीडित

बृहत शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय सम्म पनि द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन् । सरकारले संसदमा टेबल गरेको विधेयकमा जघन्य अपराधका घटनाहरुमा पीडकलाई आममाफीको व्यवस्था हटाउनुपर्छ र न्याय प्राप्तिका लागि न्यायिक निकायमा प्रवेश गर्न पाउने पीडितको हकलाई सङ्कुचित गर्ने व्यवस्था परिमार्जन सहित बिधेयक ल्याउनुपर्छ । सङ्क्रमणकालीन न्यायलाई यदि एउटा निष्कर्षमा पुर्‍याउने हो र पीडितको न्याय सुनिश्चित गर्ने हो आफुँहरुजस्ता द्वन्द्वपीडितको मुद्दामा अदालतबाट छिटो फैसला हुनुपर्छ । त्यस्तै सरकारले द्वन्दपिडितलाई राहत र तिनका परिवारलाई रोजगारको सुनिश्चितता गर्नुपर्छ ।

जनक राउत, द्वन्द्वपीडित

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन अन्तर्राष्ट्रिय रूपमा नेपालले गरेका प्रतिबद्धता तथा द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएका आदेशहरूको मर्म र भावना प्रतिविम्बित हुने गरी सरकारले विधेयकमा  संशोधन गर्नुपर्छ । संशोधित विधेयकमा गम्भीर प्रकृतिका उल्लङ्घनका घटनाहरूमा क्षमादान अस्वीकार्य हुने, क्षमादान अयोग्य गम्भीर अपराधहरूमा मुद्दा चलाउन हद म्यादको तगारो हट्ने र गम्भीर अपराधका सन्दर्भमा ‘प्रमाणमा आधारित अभियोजन’ को ढोका सदैव खुला रहने कुरालाई सुनिश्चित गर्नुपर्छ । त्यसै गरी संशोधित ऐनले खुला, पारदर्शी तथा परामर्शयुक्त प्रक्रिया अपनाई आयोगमा योग्य, अनुभवी र विश्वसनीय पदाधिकारीहरूको नियुक्ति हुने स्पष्ट व्यवस्था गर्नुपर्छ ।

पुष्प भुषाल, अधिकारकर्मी

द्वन्द्वपीडित समुदायको अथक प्रयास र सर्वोच्च अदालतको आदेश पश्चात सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । सरकारले गठबन्धनको जोडबलमा भन्दा पनि सबै राजनीतिक दल र सरोकारवालासँग छलफल गरी  तथा सर्वोच्च अदालतको आदेश बमोजिम विधेयक सच्याउनु नै उत्तम हुनेछ । सङ्क्रमणकालीन न्याय निरुपणलाई टुङ्गोमा पुर्‍याउन पीडितलाई केन्द्रमा राखी विधेयक अनुसार ऐन बनाइनुपर्छ । द्वन्द्वकालीन अपराधको न्याय निरूपणका लागि स्वतन्त्र न्यायपालिकाका मान्यताको मातहतमा विशेष फौजदारी अदालतको गठन हुने मात्रै होइन, त्यस्तो अदालतको क्षेत्राधिकारसमेत ऐनमै निर्दिष्ट हुनुपर्दछ । त्यसका अलावा राहत, क्षतिपुर्ति, परिपुरण, साक्षी तथा पीडितको संरक्षण लगायतका सन्दर्भमा पीडित समुदायले पटकपटक उठाउँदै आएका सरोकारहरूको सम्बोधन गर्ने गरी ऐनले स्पष्ट प्रबन्ध गर्नुपर्छ ।

ज्ञानेन्द्रराज आरण, अधिवक्ता एवम् द्वन्द्वपीडित  

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन यसका केही मूलभूत पक्षको अनिवार्य रुपमा पालना गर्नुपर्छ । प्रथमतः पीडितले साँचो अर्थमा न्याय र परिपुरण पाउनुपर्छ । दोस्रो: गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। तेस्रो: द्वन्द्वका घटनाहरूको फैसला गर्दा न्यायको प्राकृतिक सिद्धान्त र मूूल्यमान्यताको पालना गरेको हुनैपर्छ । चौथो: अन्तर्राष्ट्रिय समुदायबाट मान्यता पाउने गरी मानव अधिकार उल्लङ्घनकर्तालाई कानुनी दायरामा ल्याउने र मानव अधिकार पालनाको पूर्ण प्रत्याभूति गराउनैपर्छ । पाँचौं: सर्वोच्च अदालतले पनि सङ्क्रमणकालीन न्याय टुङ्गाउने सन्दर्भमा केही नजिर र आदेश जारी गरेको छ, उक्त आदेशहरूलाई सम्मान गर्दै व्यवहारमा पनि लागु गर्नुपर्छ ।

पुष्पराज पौडेल, अधिवक्ता एवम् अध्यक्ष, मानव अधिकार तथा जबाफदेही अध्ययन केन्द्र

तत्कालीन विद्रोही माओवादी पार्टी २०६३ सालमा शान्ति प्रक्रियामा आएदेखि नै सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने प्रयास भएपनि १६ वर्षसम्म यो समस्या जस्ताको तस्तै छ । त्यसको  मुख्य कारण दोषीलाई कारबाही गर्ने भन्दा पनि ‘आममाफी’ दिने प्रपञ्च हो । कुनै पनि अर्थमा, द्वन्द्वको समयमा निशस्त्र वा निहत्था व्यक्ति समूहमाथि योजनाबद्ध रुपमा गरिएका हत्या, यौनहिंसा, यातना, अपहरण, कुटपिट,Pushparaj Poudel Photo आगजनीजस्ता गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन नचाहेसम्म सङ्क्रमकणकालीन न्यायले पूर्णता पाउन सक्दैन । व्यक्ति हत्याजस्तो विषयलाई सामान्य अपराधमा राखेर पीडितलाई थप पीडा दिने कामले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न सक्दैन । यसमा अन्तर्राष्ट्रिय मुल्य मान्यताको पनि ख्याल गर्नुपर्छ ।

सुर्य ढकाल, प्रतिनिधिसभा सदस्य, बाँके क्षेत्र नम्बर

सङ्क्रमणकालीन न्यायको विषय सत्तापक्ष वा कुनै गठबन्धनको विषय मात्रै होइन । सरकारमा भएको पक्षले अल्पमत बहुमतका आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धि विधेयक पारित गर्ने र त्यसका आधारमा सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँछु भन्नु मुर्खता मात्रै Surya Dhakal Photoहुन जान्छ । सशस्त्र द्वन्दका क्रममा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्य अन्वेषण गर्ने, वास्तविक तथ्य जनतामा ल्याउने, पीडित र पीडकबीच पारस्परिक सद्भाव र सहिष्णुताको भावना जगाउने र मुलुकमा दिगो शान्ति र मेलमिलापको वातावरण तय गर्न सक्यौँ भने मात्रै शान्ति प्रक्रियाले पूर्णता पाउँछ । यो विषयमा सत्तापक्ष, प्रतिपक्ष र द्वन्दपिडित समुदाय एक ठाउँमा आउने वातावरण सरकारले बनाउनुपर्छ । त्यसो भयो भने मात्रै अन्तर्राष्ट्रिय समुदायलाई पनि विश्वास दिलाउन सकिन्छ र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ ।

ओमप्रकाश सेन ठकुरी, अधिवक्ता, कार्यकारी निर्देशक, एड्भोकेसी फोरम 

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सरकारले अब समयसीमासहितको स्पष्ट कार्ययोजना बनाएर बाँकी रहेका काम अगाडी बढाउनुपर्छ । त्यसका लागि सरकारले द्वन्दपिडित र नागरिक समाजले अपनत्व अनुभूति गर्न सक्ने गरी सरोकारवालाहरूसँग अर्थपुर्ण परामर्श गरी विधेयक तयार गर्नुपर्छ । सरकारले विधेयकको ड्राफ्ट तयार गर्दा द्वन्दपिडित र नागरिक समाजका तर्फबाट सुझावका रुपमाOm Prakash Sen Thakuri Photo सरकारपक्षलाई दिएको चारमहले अनुसार कानुन संसोधन गर्नुपर्छ र त्यही अनुसार निष्पक्ष रुपमा काम गर्न सक्ने आयुक्तहरू नियुक्त गर्नुपर्छ । यति भएमा सङ्क्रमणककालीन न्याय  निरुपणको प्रक्रिया अगाडी बढ्न मद्दत गर्दछ ।

भागीराम चौधरी, द्वन्द्वपीडित

सङ्क्रमणकालीन न्याय निरुपणलाई टुङ्गोमा पुर्‍याउन पीडितलाई केन्द्रमा राखेर ऐन बनाइनुपर्छ । द्वन्द्वकालीन अपराधको न्याय निरुपणका लागि स्वतन्त्र न्यायपालिकाका मान्यताको मातहतमा विशेष फौजदारी अदालतको गठन हुने मात्रै होइन, त्यस्तो अदालतको क्षेत्राधिकारसमेत ऐनमै निर्दिष्ट Bahagiram Chaudhary Photoहुनुपर्दछ । त्यसका अलावा राहत, क्षतिपुर्ति, परिपुरण, साक्षी तथा पीडितको संरक्षण लगायतका सन्दर्भमा पीडित समुदायले पटकपटक उठाउँदै आएका सरोकारहरूको सम्बोधन गर्ने गरी ऐनले स्पष्ट प्रबन्ध गर्नुपर्छ ।

प्रस्तुतीः विमल पौडेल

निर्वाचनको समयमा दलित समुदायलाई प्रयोग गर्ने र निर्वाचनपछि बिर्सिने प्रवृत्तिको अन्त्य हुनुपर्छ

सन्दर्भ प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

आगामी मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा दल तथा तीनका उम्मेदवारहरू घरदैलो अभियानमा निस्किएका छन् । एका तिर उम्मेवारको घरदैलो त छदै छ अर्काे तर्फ विभिन्न राजनीतिक दलमा आस्था राख्ने व्यक्तिहरूलाई एकले अर्को पार्टीमा प्रवेश गराउने र सामाजिक सञ्जालमा पोष्टाउने होडबाजी नै चलेको छ ।

यसरी तानातान गर्ने दलहरू मुख्य त नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी नै अग्रपङ्क्तिमा छन् भने तानिनेहरूमा विशेष गरी दलित समुदायका व्यक्तिहरू नै छन् । हरेक निर्वाचनको सम्मुखमा यो तान्ने र तानिने, दल त्याग्ने र प्रवेश गर्ने खेल चलिनै रहन्छ ।

यसपटक पनि पर्वतमा रोमाञ्चक रूपमा यी खेल भईरहेका छन् । सबैले प्रत्यक्ष देख्न नसके पनि सामाजिक सञ्जालमा बाध्य भएर देख्न परिरहेका छन् । कतिपय अवस्थामा त कुनै राजनीतिक दलमा प्रवेश भईसकेपछि पुनः झुक्याईयो भन्ने शैलीबाट समेत पुरानै राजनीतिक दलमा फर्किएको खबर पनि सुन्न सकिन्छ ।

यसै सन्दर्भमा रहेर पर्वत स्थित इन्सेक प्रतिनिधि सन्तोष थापाले निर्वाचनका समयमा दलित समुदाय भित्र किन बढी राजनीतिक दलहरू चलखेल गर्न रुचाउछन् ? भन्ने प्रश्न गर्नुभएको थियो । प्रस्तुत छ इन्सेक प्रतिनिधिद्वारा ०७९ कात्तिक २३ गते तयार पारिएको जनमत ।

rajendra pahadiराजेन्द्र पहाडी (समाजशास्त्री)

निर्वाचनका समयमा देखिने दलबदलको सन्दर्भ र दलित समुदायका व्यक्तिहरूको यस प्रक्रियामा अधिक सम्लग्नताको कारण खोतल्नु अघि हाम्रो समाजको शक्ति संरचनाको अवस्थालाई नियाल्नुपर्ने हुन्छ ।

मूलतः नेपाली समाज जातीय, सामाजिक, सांस्कृतिक तथा आर्थिक आधारमा विभक्त छ । नेपालको दलित समुदाय आधारभूत रूपमा सदियौंदेखि समाजको पिंधमा परेको वर्ग हो ।

२१ औं शताब्दीको युगमा पनि अभाव, अशिक्षा, अज्ञानता, गरिबी, बेरोजगारी, शोषण, थिचोमिचो, छुवाछुत, अपहेलना र कैयन भेदभावका उपक्रमहरू दलित समुदायमा यथावत छन् । आज पनि समाज सिंगो दलित समुदायलाई अपहेलना र घृणाभावले व्यवहार गर्न चाहान्छ । फलतः अधिकांश दलित समुदायका मानिसहरू आफूलाई कथित माथिल्लो वर्गका भन्दा कमजोर नै ठान्दछन् ।

जहाँ अभाव, असमानता र चरम गरिबीको दुष्चक्र प्रभाविलो हुन्छ, त्यहाँ निकासका अनेकन उपाय खोज्नु स्वाभाविक मानिन्छ र देखिन्छ । दलित समुदायका एउटा झुण्ड जुन अतिशय असुरक्षा, अभाव र गरिबीको मारमा परेको छ, उसले मौका मिल्दा आफ्नो आवश्यकता पूरा गर्न लाग्नुलाई अन्यथा भन्न पनि मिल्दैन ।

नेपालको संविधान, नियम तथा कानूनमा दलितका पक्षमा थुप्रै सकारात्मक व्यवस्थाहरू गरिएको छ, परन्तु वास्तविक दलितले ती सेवा सुविधा लिन आफ्नो पहुँच बनाउन सकिरहेका छैनन् । संबैधानिक र नीतिगत व्यवस्थाहरू कार्यान्वयन गर्ने निकायहरूले त्यो समुदायलाई सशक्तिकरण गर्ने र उनीहरूको अधिकार सुरक्षित गर्ने कुरामा पर्याप्त ध्यान पुर्याउन पनि सकिरहेका छैनन् । जसका कारण मूल तहमा दलितहरूले आफू सदैब असुरक्षित र अपमानित भएर बस्नुपर्ने अवस्था छ ।

यी र यस्तै पृष्ठभूमीमा निर्वाचनका समयमा हुने दल बदलमा दलित समुदायको सम्लग्नतालाई हेर्न उचित देखिन्छ । दलहरू र उम्मेदवारहरूले निर्वाचनको समयमा आफ्नो पक्षमा मत पार्नका लागि आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने प्रलोभन दिने र नाजायज आश्वासन दिने भएकाले पनि आफ्नो दुईचार दिनको गर्जो टारिन्छ भने किन उनले भनेको नमान्ने भनेर कतिपय दलित मतदाताहरू सहजै दलबदल प्रक्रियामा लाग्ने गरेका हुनसक्छन् ।

सारमा दलित समुदायका मतदाताहरू सचेत छैनन्, अशिक्षा, अज्ञानता, मादक पदार्थको अनियन्त्रित प्रयोग र चरम गरिबीका कारणले उनीहरूले आफ्नो भविष्यलाई सुरक्षित देखेका छैनन् । तसर्थ आज हातहातै अगाडी आएको पैसा, भौतिक चिजबस्तु र आश्वासनलाई किन नलिने ? भन्ने भावनाले उनीहरू दलबदललाई सामान्य मान्ने गरेको देखिन्छ ।

यस्तो अवस्थाको दीर्घकालीन समाधानका लागि दलित समुदायलाई शिक्षित, दिक्षित, सशक्त, अधिकारसचेत बनाउँदै उत्पादन र रोजगारीमा जोड्न आवश्यक छ । यसका साथै समाजमा रहेको असमानता, अज्ञानता, अन्याय, थिचोमिचो, जातीय विभेदलगायतका विसंगत अभ्यासहरूलाई जति सक्दो छिटो अन्त्य गर्न आवश्यक हुन्छ ।

yam pariyar shivaयाम परियार शिव (दलित अधिकार कर्मी) अध्यक्ष नेपाल दलित सङ्घ पर्वत

खास गरी नेपालको राजनीतिक सन्दर्भमा कुरा गर्नुपर्दा दलित समुदाय हिजो देखि आज सम्म आइपुग्दा राजनीतिक रूपमा या सामाजिक रूपमा रुपान्तरण भैसकेको अवस्था छैन । संविधान ले र राज्यले गरेका केही व्यवस्थाहरूले पनि समाजको भूँईतहसम्म सही रूपमा समेट्न र कार्यान्वयन गर्न सकेको छैन । सामाजिक आर्थिक र सांस्कृतिक रूपमापछि पारिएको दलित समुदाय आज पनि यो घटनाको उपज बनेको छ ।

आर्थिक रूपमा कमजोर भएको र शिक्षा र चेतनाको रूपमा कमजोर बर्ग दलित समुदाय खास गरी राजनीतिक नेतृत्वमा केही टाँठाबाठा बाहेक अन्यमा हिजोको जस्तै अवस्था झेल्न बाध्य छन् । चुनावको प्रसंगमा कुरा गर्नुपर्दा दलितहरू अशिक्षाका कारणले जता धेरै माहोल देख्छन् त्यतै ढल्किने, राजनीतिक मुल मुद्धाहरू बुझ्न नसक्ने भएका कारणले गर्दा राजनीतिक रूपमा बास्ताविक कुरा पहिचान गर्न नसकेको कुरा सत्य हो ।

मुलुकभर देखिएको राजनीतिक अस्थिरता र राज्य व्यवस्था सँगै सामजिक कारणले तल्लोबर्गका मतदाताहरूमा सामान्य प्रलोभनमा पनि विश्वास गरिहाल्ने र आफ्नो उपस्थिति राजनीतिक सङ्घ संस्थामा नभएका कारणले र सँग सँगै मुख्य रूपमा परिवर्तन हुन नसकेका कारणले मतदाताहरूको बेचैन अवस्था अहिलेको मुख्य समस्या हो ।

राजनीतिक रूपमा सत्ता जहिले पनि जित्न चहान्छ । साम, दाम, दण्डभेद गरेर जित्ने सिद्धान्तलाई समाजको कमजोर, अशिक्षित तथा दलित बर्गलाई प्रभाव पार्न छिटो सजिलो हुने ठान्दछ । सोही कारणले गर्दा पनि तल्लो बर्गको समुदाय चुनावको सम्मुखमा दल बदलको सन्दर्भ जुन छ  त्यस सन्दर्भमा भन्दा अमुक राजनीतिक दलले दलित समुदायलाई प्रलोभनमा पार्ने र दलित समुदाय र व्यक्तिहरू प्रति देखाएको त्यो आश्वासन तथा जुन सुकै प्रकृतिको लाभ उपलब्ध गराउँदा राजनीतिक दल भित्रैका अन्य गैह्र दलित समुदायका विचौलियाहरूले त्यो वर्गसम्म पुग्न नदिने अवस्था अहिले पनि छ ।

यो मुद्धा दलित समुदायको मात्रै नभइकन नेपाली समाजका सबै वर्ग समुदायका व्यक्तिहरूमा देखिएको छ । यसलाई निराकरण गर्नका लागि शिक्षाले मात्रै हुदैन । सामाजिक सांस्कृतिक चेतना र शसक्तिकरणमा ध्यान दिन सकियो भने केही कम गर्न सकिन्छ । पछिल्लो समयमा दलित समुदाय भित्रको युवा पुस्ता शिक्षित बन्दै गइरहेको सन्दर्भमा पुरानो पुस्ता जस्तै अशिक्षा र अज्ञानताको भूमरीबाट बाहिर निस्किएर समाज रुपान्तरणको पक्षमा लाग्न जरुरी देखिन्छ ।

kabita bishwokarmaकविता विश्वकर्मा (अधिकारकर्मी) अध्यक्ष जातीय मुक्ति समाज पर्वत

निर्वाचनका समयमा विशेष गरि दलित समुदायमाथि विभिन्न राजनीतिक दल र तिनमा आबद्ध कार्यकर्ताहरू चलखेल गर्ने र आफ्नो पक्षमा पार्नको लागि दलित समुदाय भित्र लागि परेको देखिन्छ । दलित समुदाय सदियौदेखि जातीय बिभेद सामाजिक उत्पिडन, सांस्कृतिक तथा आर्थिक अवस्थामा समस्या झेल्दै आएको  एउटा समुदाय हो । नेपालको १३.८ प्रतिशत जनसंख्या ओगटेको दलित समुदाय आधारभूत रूपमा सदियौंदेखि गाँस बास शिक्षा स्वास्थ्यबाट पछाडि पारिएको   वर्ग हो ।

जब सम्म आर्थिक पक्ष र शिक्षामा आत्मनिर्भर हुन सक्दैन मानिस पर निर्भर भइनै रहन्छ अहिलेको अवस्थामा हेर्ने हो भने उत्पीडित समुदायमा पनि त्यो अवस्था देख्न सकिन्छ । २१ औ शताब्दीमा आइपुग्दा पनि अझै अशिक्षा तथा अभाबबाट रुमलिरहेको उत्पीडित समुदायहरू अपहेलित विभेद तिरस्कारबाट पीडित छन् । ‘हात्तीको देखाउने दात’ भने झै राज्यको विभिन्न ठाउमा आरक्षण प्रणालीबाट केही दलितको प्रतिनिधित्व गराए पनि उनीहरूको बास्ताविक पहुच छैन ।

अधिकारको कुरा गरे पनि अधिकार कागजी रूपमा मात्र सिमित छ जब सम्म उनिहरूले पुर्ण रूपमा अधिकार पाउदैन र शिक्षा सँगै आर्थिक रूपमा मजबुत हुदैनन तबसम्म आफ्नो निर्णय आफै लिन सक्दैनन । अरुको भरमा हिड्नुपर्छ त्यसैले गर्दा अहिलेको दलित समुदायमा उत्पीडित वर्गमा राजनितिक दलहरूले जब निर्वाचन नजिकिदै गर्छ अनि चलखेल र पशु सरह किनबेच हुन्छ राजनितिक दलले जति कुरा देखाए पनि उत्पीडित समुदायको प्रगति र जीबनस्तर उठाउदैनन् र कुनै ठोस निर्णय गरेको पनि देखिदैन । गरिबी अभाबका कारण बिशेष गरेर दलित समुदायका ब्यक्तिहरू यो आफूले निर्णय गर्न नसक्दा जुन पार्टीले आश्वासन देखाउछन् उतै लाग्ने गरेको देखिन्छ ।

अन्त्यमा,

दलित समुदाय भित्रका पुरानो पुस्ता मात्रै होईन नया पुस्तामा पनि देखएको यो समस्या न्युनिकरणका लागि अन्य समुदाय र ब्यक्तिले भन्दा स्वय दलित समुदाय भित्रबाटै स्व मुल्याङ्कन हुन सक्ने हो भने अवश्य पनि भोलिका दिनमा यो अवस्था देख्न पर्दैन । आफ्नो अस्तित्व रक्षाका लागि दलित समुदाय भित्रका सचेत युवा वर्गले आजै देखि शुरू गर्ने हो कि ?

Rupesh Shah

द्वन्द्वपीडितको न्याय पाउने अधिकारको सुनिश्चिततासँगै रोजगारीको व्यवस्था मिलाउनुपर्छ

दश वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन माओवादीबिच शान्ति सम्झौता भएको १६ वर्ष हुनै लागेको छ । यति लामो समयसम्म पनि न्याय नपाउँदा पीडितहरू आन्दोलित छन् । हामीले पीडितहरूसँग के गर्‍यो भने न्यायको अनुभूति हुन्छ ? भनेर सोधेका छौँ । प्रस्तुत छ द्वन्द्व पीडितहरूसँग लिइएको जनमतः

रूपेश शाह
बेपत्ता परिवार समाज नेपाल, केन्द्रीय अध्यक्ष
द्वन्द्व पीडितको विषयमा राज्य गम्भीर नभएका कारण हामीहरूले न्याय पाउन सकेका छैनौँ । राजनीतिक दलले स्वार्थ हेरेर सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगमा आफ्ना मान्छे लैजाने गरेका कारण द्वन्द्व पीडित परिवार झन् भन्दा झन् पीडित हुँदै गएका छन् । मेरो दाजुलाई राज्यले बेपत्ता बनाएको हो । न्यायका लागि सरकारले विभिन्न समयमा केही राहत दिएर फकाए जस्तो गरेपनि उचित सम्बोधन भने गर्न सकेको छैन । अहिले राज्यले परिपूरणका व्यवस्था गर्ने वा दोषीलाई कारबाही गर्ने विषयमा ठोस निर्णय गर्न सक्या छैन । राज्य द्वन्द्व पीडितलाई सामान्य परिपूरणमा अलम्ल्याएर सङ्क्राणकालीन न्यायको अन्त्य गर्न खोज्दैछ । त्यो उचित होइन । हामी द्वन्द्व पीडित परिपूरणसँगै दोषीलाई कानुन बमोजिम कारबाही चाहन्छौँ । मेरो विचारमा राज्यले यो समस्यालाई पाल्नु भन्दा छिटो भन्दा छिटो अन्त्य गर्नुपर्छ । द्वन्द्व पीडितहरूको नाममा पुल, बाटो, पार्क, फलैँचा निर्माण गरी ति संरचनामा उनीहरूको बलिदानलाई राज्यले उल्लेख गर्नुपर्छ ।

रीता गिरी
द्वन्द्व पीडित साझा चौतारी, मोरङ संयोजक
०६१ पुस ४ गते सेनाले मेरो ४३ वर्षीय पतिलाई गोली हानी हत्या गर्‍याे । खेतमा गएको अवस्थामा मेरो पतिसँगै चार जनालाई सेनाले माओवादीको आरोपमा गोली हानेर हत्या गरेको हो । म जस्तै धेरैका पतिलाई राज्य वा तत्कालीन विद्रोही पक्षले हत्या गरे । घटना भएको दशक बितेपनि हामीले अझै न्याय पाउन सकेका छैनौँ । ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता हुँदा ६० दिनभित्र द्वन्द्व पीडित परिवारलाई न्याय दिलाउने भन्ने थियो । त्यो सम्झौता अहिले कता के भयो राज्यलाई मतलव छैन । राज्यले दुई ओटा आयोग गठन ग¥यो । ति आयोगले कहिल्यै प्रभावकारी काम गर्न सकेनन् । आयोग द्वन्द्व पीडित परिवारप्रति भन्दा राज्यप्रति उदार भएका कारण द्वन्द्व पीडितले न्याय पाउन नसकेको अवस्था छ । दोषीलाई कारवाही र परिपूरणको व्यवस्था गरी राज्यले यो समस्यालाई तत्काल अन्त्य गर्नुपर्छ । अब त राज्यप्रति द्वन्द्व पीडित परिवारको विश्वास पनि हट्ने अवस्था सिर्जना भएको छ । शान्ति सम्झौता भएको १६÷१७ वर्षमा पनि सङ्क्रमणकालीन न्याय अन्त्यका लागि राज्य गम्भीर हुन्न भने राज्यप्रति विश्वास गर्ने अवस्थै रहेन । राज्य द्वन्द्व पीडितलाई न्याय दिलाउन जति चुक्दै जान्छ, त्यति नै समस्या ठूलो हुँदै जान्छ । दोषीलाई माफी राज्यले होइन, पीडित परिवारले दिने नदिने निर्णय पीडित परिवारको हातमा हुनु जरूरी छ ।

तुलसीप्रसाद आपागाँई
द्वन्द्वपीडित, मोरङ
२१ वर्षीय छोरा कुवेरप्रसाद आपागाँईलाई सेनाले पुरानो पुनरावेदन अदालत विराटनगर परिसरबाट ०६० असोज १० गते गिरफ्तार ग¥यो । सेनाले बेपत्ता पारेको छोरो फेला नपारेपछि मैले ०७९ वैशाख ४ गते कुशको छोरा बनाएर माइ नदीमा छोराको अन्तिम काजक्रिया गरेँ । राज्यले प्रकाशन गरेको बेपत्ता परिवारको सूचीमा मेरो छोराको नाम छ । तर, मलाई राज्यले अझै न्याय दिएको छैन । राहतका नाममा राज्यले हामी पीडितलाई झुक्याउने काम मात्र गरेको छ । जुनसुकै दलको सरकार बनेपनि द्वन्द्व पीडितलाई न्याय दिलाउने विषयलाई प्राथमिकतामा राख्नु पर्छ । छोरा बेपत्ता हुँदा म ४८ वर्षको थिए । अहिले ६७ वर्षको भएँ । राज्यले द्वन्द्व पीडितलाई न्याय दिलाउने भन्दा मृगतृष्णामा पार्न विभिन्न आयोग गठन गरेको छ । पीडितलाई उचित परिपुरण र दोषीलाई कानुन बमोजिम कारबाही भए मात्र द्वन्द्व पीडितलाई राज्यले सम्बोधन गरेको महसुस हुनेछ ।

बेलरानी थारु
द्वन्द्व पीडित, गुलरिया नगरपालिका–१२, बर्दिया
हामी पीडितले पीडितको न्यायको पक्षमा काम गर्न भनेर गठन भएर काम गर्न सुरू गरेको दुवै आयोगले काम गरी सत्यतथ्य सार्वजनिक गर्ला र अन्य न्यायका कार्यहरू अगाडि बढ्ला भन्ने आशा गर्दै लामो समय बितिसकेको छ । कति पीडितका नजिकका आफन्तको सत्यतथ्य थाहा नपाई मृत्यु भइसकेको छ । सरकार र आयोगले कछुवा गतिमा काम गर्दा घटनाको सत्यतत्थ्य नै थाहा नपाई मृत्यु हुने हो की भन्ने चिन्ता लाग्छ ।
BelaRani Tharuमेरो निम्न आर्थिक अवस्थाको परिवार हो । घरको मुख्य आय स्रोत खेतीपाति नै हो । घरमुली ससुरा हरिरामको नाममा घरबास बाहेक जग्गाजमीन छैन । कपास विकास समितिको शेयर किसान सदस्य भएकाले समितिकै जग्गा खनजोत गरी जसोतसो साँझ बिहान खानाको जोहो हुन्छ । २०५९ असार २७ गते बाँकेको राँझाबाट मेरा पतिलाई सेनाले कब्जामा लिएर बेपत्ता बनायो । अहिलेसम्म उहाँको अवस्था थाहा हुन सकेको छैन । यसबिचमा सरकार र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले काम पुरा गर्ला र न्यायसँगै परिपुरणको प्रक्रियामा सहभागि हुन पाएर आर्थिक सामाजिक, सांस्कृतिक, कानुनी, शिक्षा, स्वास्थ्यको क्षेत्रमा भोगिरहेको समस्या सम्बोधन होला भन्ने आशा थियो । अहिलेसम्म त्यसको कुनै सङ्केत देखिँदैन । मेरो पहिलो माग र चहाना त मेरो पतिको अवस्था के हो ? थाहा पाउनु हो । तत्कालै त्यो पुरा हुने अवस्था देखिँदैन । यसो भनिरहँदा आशामा बस्दै गर्दा आफ्नो परिवारको जीवन चलाउन झनै कठिन हुँदै गएको छ । परिवार सङ्गोलमा हुँदा ससुराले सबै जिम्मेवारी पुरा गर्दै आउनु भएको थियो । अहिले एक मात्र सन्तान छोरीसँग अलग्गै बस्दै आएको छु । २१ वर्षीया छोरी अन्नु थारु स्नातक अध्ययन गर्दैछिन् । पढाइ खर्च कहाँबाट जोहो गर्ने समस्या छ । रोजगारी केही छैन । बेपत्ता पति जीउँदै हुनुहुन्छ कि फर्किनुहुन्छ कि भन्ने झिनो आश मरेको छैन । मरेबाँचेको ठेगान नभएकाले र्मत्यु भयो होला भनेर अन्तिम संस्कार गर्न पनि मिलेन । समाजले सांस्कृतिक रुपमा गर्ने विभेद भोग्नु परेको छ ।

रुवीन चुनारा
द्वन्द्व पीडित, सुनछहरी गाउँपालिका–४ स्युरी, रोल्पा
सर्वप्रथम द्वन्द्व पीडितको न्यायका लागि द्वन्द्व पीडित हो भनी प्रमाणिकरण गर्ने र द्वन्द्व पीडित प्रमाण पत्र वितरण गर्ने काम सक्नु पर्छ । द्वन्द्वबाट विस्थापित भएकाहरूलाई नेपाल सरकारद्वारा न्यायोचित ढङ्गले सम्पुर्ण सहिद परिवारहरूको अपनत्व हुने गरी उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गरिनुपर्दछ । स्थास्थ्य सेवा निःशुल्क उपलब्ध गरिनुका साथै हरेक सहिद परिवारलाई रोजगारीको सुनिश्चितता गरिनु पर्दछ । द्वन्द्वबाट पीडित भएकाहरूलाई राज्यका हरेक निकायमा सम्मानजनक सहभागिता हुने वातावरण सिर्जनसँगै छुट्टै आरक्षणको व्यवस्था हुनु पर्दछ । द्वन्द्व पीडित मात्र नभएर सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएकाहरूलाई समेत राज्यले उचित व्यवस्थापन गर्न सकिरहेको छैन उनिहरूलाई सही तरिकाले व्यवस्थापन गरिनु पर्दछ । उचित क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ ।
स्थानीय सरकार बन्नु पुर्व द्वन्द्व पीडितका कार्यक्रमहरू अलि धेरै आउँथ्यो । स्थानीय सरकारले द्वन्द्व पीडितका हकहितको निम्ति कार्यक्रमहरू नल्याएको प्रति दुःख लागेको छ । द्वन्द्वको समयमा टुहरा बनेका, एकल बनेका र अङ्गभङ्ग भएका परिवारहरूको लागि राज्यले छुट्टै किसिमका कार्यक्रमहरू बनाउनु पर्छ । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा जीवन गुमाएका सहिद परिवार जसको कारण नेपालमा गणतन्त्र स्थापना भएको हो । ती सहिद परिवारलाई अनन्तसम्म सम्झिने आधार राज्यले तयार पार्नुपर्छ । प्रत्येक द्वन्द्व पीडित घर परिवारको एकजना सदस्यलाई राज्यले रोजगारीको व्यवस्था गर्नु पर्छ भन्ने मेरो चाहाना छ ।

प्रेम अधिकारी
द्वन्द्वपीडित, तातोपानी गाउँपालिका–२ डाँगीवाडा, जुम्ला
मेरो नाम प्रेम अधिकारी हो । तातोपानी गाउँपालिका–२ डाँगीवाडामा बस्छु । १६ वर्षको उमेरमा ०५६ फागुन १२ गते तत्कालिन जनयूद्धमा भुमिगत भएको हो । ‘जनयुद्ध’मै रहेको बेला ०५७ चैत २६ गते दैलेख जिल्लाको दुल्लुमा सकेट बम विष्फोट हुँदा घाइते भए । दायाँ हात नै गुमाउनु प¥यो । ०६२ सालमा शान्ति बहाली भएपछि घर फर्कियो । अहिले घरमै दुखजिलो गर्दै जिवन निर्वाह गर्दै आएको छु ।
जनयुद्ध तथा जनआन्दोलनका घाइतेलाई उपचारका लागि प्रदेश र सङ्घीय सरकारले विभिन्न प्याकेज ल्याएको हो । तर, झञ्झटिलो लाग्यो । कर्णाली प्रदेश सरकारले कर्णाली तीन ओटा अस्पताललाई ‘जनयुद्ध’ तथा जनआन्दोलनका लागि घाइतेलाई उपचार गर्न तोकिको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित प्रदेश अस्पताल र रुकुमपश्चिमस्थित चौरजहारी अस्पताललाई तोकेको हो । प्रदेश सरकारले तोकेका अस्पतालमा पहिला आफैँले उपचार गर्नुपर्ने र विल भरपाइ अनुसार उपचार खर्च भुक्तानी दिन व्यवस्था गरेको छ । सुरुमा पैसा नै हँुदैन कसरी उपचार गर्नु । यो प्रक्रिया झञ्झटिलो लाग्यो । हामी जस्तालाई योग्यता र क्षमताको आधारमा काम दिनु पर्छ । अपाङ्गता भएका व्यक्तिले शारीरिक रूपमा काम गर्न सक्ने अवस्था हुँदैन । सरकारले अहिले मासिक ९ हजार रुपियाँ जीवन निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ । त्यो पनि कतिबेला खोसिने हो चिन्ता लाग्ने गरेको छ ।

बालकुमारी खड्का
भगवतीमाई गापा–५, कट्टी, दैलेख
मेरो पतिको नाम मानबहादुर खड्का हो । सशस्त्र द्वन्द्वका बेलामा नेकपा (माओवादी)ले त्यसबेलाको कट्टी गाविस क्षेत्र तोकेर गाउँ जनसरकार प्रमुख बनाएका रहेछ । २०५९ कात्तिक २५ गते सरकारी पक्षको सेनाले घरबाटै नियन्त्रणमा लिएर त्यो साँझ बेस्तडामा राखी भोलिपल्ट कात्तिक २६ गते पगनाथको बासुधारामा गोली हानेर हत्या ग¥यो । उहाँको हत्या हुँदा २७ वर्षको हुनु हुन्थ्यो । सेनाले नियन्त्रणमा लिएको बेला सँगसँगै आएकोले म र सासूलाई पनि राइफल सोझ्याएपछि उहाँलाई मारिहाले पनि आफू बाँचेर छोराहरूको रेखदेख र शिक्षादीक्षा दिन सकिएला भन्ने लागेर घर फर्किएँ । अब हत्या गर्ने नै भयो भन्ने निश्चित भएर फर्किएँ । नभन्दै त्यस्तै भयो । मेरो पतिको हत्या हुँदा ठूलो छोरा जीवन ६ वर्ष, माइलो युवराज चार वर्ष र कान्छो छोरा नवराज ६ महिनाको मात्र थियो ।
शान्ति प्रक्रियापछि नेपाल सरकारले मृतक परिवारलाई दिएको १० लाख रुपियाँबाट ठूलो छोरालाई इञ्जिनियर र माइलोलाई स्वास्थ्य सहायक (एचए) पढाएँ । उनीहरूको रोजगारको अवसर र प्राथमिकता कसैले दिँदैनन् । कान्छो छोराले विज्ञान विषयमा १२ उत्तीर्ण गरेको छ । श्रोत नभएकाले अगाडि पढाउन सकेकी छैन । ‘दाइहरूलाई पढाउनु भयो मलाई चाहिँ पढाउनु भएन’ भनेर कान्छोले दुःख मनाउ गरिरहन्छ । प९ाइमा सहयोग गरे हुने थियो । पति मरेको २० वर्ष भयो । उहाँ लगायत सयौँ सहिदहरूको योगदानले गणतन्त्र आयो तर न पार्टीले सहिद परिवारको समस्या बुझेको छ, न त स्थानीय सरकार वा राज्यका अरु निकायले सद्भाव राख्छन् ।

कृष्णी चौधरी,
द्वन्द्व पीडित, कैलारी गाउँपालिका–८ दुधिया
द्वन्द्व पीडितको न्यायका लागि सरकारले सबै भन्दा पहिले बेपत्ता पारिएकाहरूको कि सास कि लास सार्वजनिक गर्नु पर्छ । शान्ति सम्झौता भएको लामो समय वितिसक्दा समेत सरकारले पीडित परिवारको न्यायनिरुपण तथा परिपुरण गर्न सकेको छैन् । पीडित बालबालिकाहरूको उमेरको हद हटाएर उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था गर्नु पर्छ । शहिदहरूको सम्झनामा सारकारले स्मारिका, पार्क, गेट, प्रतिक्षालयलगायतको स्थापना गर्नु पर्छ । पीडित परिवारको माग सम्बोधन हुने गरी नीति तथा कार्यक्रम सञ्चालन गर्नु गरिनु पर्दछ । स्थानीय सरकारले पीडित परिवारको लागि दिगो जविकोपार्जन तथा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिनु पर्दछ । लोक सेवा आयोगमा द्वन्द्व पीडितहरूको लागि आरक्षणको व्यवस्था गर्नु पर्छ । वडा कार्यालयले पीडित परिवारको वर्गीकरण सहितको स्पष्ट तथ्याङ्क राख्नु पर्ने, द्वन्द्व पीडितहरूको पहिचानका लागि परिचय पत्रको व्यवस्था गर्नु पर्ने, बेपत्ता पारिकाएकाहरूको नाममा भएको चल, अचल सम्पत्ति पत्नी तथा छोराछोरीको नाममा बिना झञ्झट नामसारी वा हस्तान्तरण हुने व्यवस्था गरिनु पर्दछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कनुनको कार्यान्वयन र अनुगमन गरिनु पर्दछ ।Krishni chaudhary
द्वन्द्व पीडितहरूका बालबालिकालाई शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता, आत्मसम्मान सहितको पहिचान, पीडित परिवारको दिगो जिविकोपार्जन तथा स्वरोजगार भई आत्मसम्मानपुर्वक जिवन यापन गरी न्यायनिरुपण तथा परिपुरण भएको र मानव अधिकारको सुरक्षा भएको हेर्न चाहन्छु ।

पदमा बम
द्वन्द्व पीडित, धनगढी उपमहानगपालिका–५ हसनपुर
द्वन्द्व पीडितको न्यायका लागि सरकारले पहिचानका लागि परिचय पत्रको व्यवसथा गर्नु पर्छ । पीडित बालबालिकाहरूको उमेरको हद हटाएर उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था गरिनु पर्दछ । द्वन्द्व पीडित परिवारको लागि सरकारले एक परिवार एक रोजगारको व्यवस्था गर्नु पर्छ । बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गरी परिवारका सदस्यलाई रीतिरीवाज अनुसार मृत्यु संस्कारको अधिकारको सुनिश्चितता गरिनु पर्दछ । द्वन्द्वपीडित परिवारलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नु पर्छ । स्थानीय र प्रदेश सरकारले आत्मसम्मान पूर्वक जिवन यापनका लागि दिगो जिविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नु पर्छ । सरकारी कार्यलयबाट गरिने सिफारिसको कर छुटको व्यवस्था हुनु पर्छ । सरकारले सवैधानिक रुपमा पीडितहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता गर्नु पर्छ । स्थानीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रममा द्वन्द्वपीडितहरूका अधिकारको सम्बोधन हुने गरी छुट्टै व्यवस्था गरिनु पर्दछ । विभेदरहित वातावरणमा अरु नागरिक सरह द्वन्द्वपीडितहरूको मानव अधिकार संरक्षणका लागि न्यायनिरुपण तथा परिपुणको व्यवस्था गरी आत्मसम्मान पुर्वक जीवन निर्वाह भएको हेर्न चाहन्छु ।

(प्रस्तुती प्रदेश १– पुण्य अधिकारी, लुम्बिनी प्रदेश– तिलक घर्ती र मानबहादुर चौधरी, कर्णाली प्रदेश–अमर सुनार र मानदत्त रावल, सुदूरपश्चिम प्रदेश–मैनामोती चौधरी)

Sarojdilu Bishwokarma

जातीय विभेद अन्त्यका लागि दलित र गैरदलित समुदायको अवाज एक हुन जरुरी छ

५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते काठमाडौँमा सम्पन्न भयो । सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उन्मुलनका लागि १६ बुँदे घोषणापत्र जारी गर्‍यो । सम्मेलनको पहिलो दिन तराई मधेशका दलित र उनीहरूको अवस्थाबारे पत्रकार एवम् अभियन्ता भोला पासवान र जातीय छुवाछुत अन्त्यका लागि भएका कानुनी प्रयास र कार्यान्वयनको अवस्थाबारे इन्सेकका महासचिव रुद्र चर्मकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलनको दोस्रो दिनको पहिलो सत्रमा समावेशिताको कसीमा दलित विषयमा पूर्व सचिव डा. मानबहादुर विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दोश्रो सत्रमा बाँधा श्रम, हलिया प्रथा र दलित विषयमा पूर्ण नेपाली र मोहनसिंह सुनारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा कर्यक्रमका सहभागीहरूलाई इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमल पौडेलले जातीय विभेद अन्त्यका लागि के गर्न आवश्यक छ र त्यसका लागि तपाईंले आफ्नो समाजमा कसरी योगदान पुर्‍याउनुहुन्छ ? भनेर प्रश्न सोध्नुभएको थियो । प्रस्तुत छ, इन्सेकअलाइनका लागि काठमाडौँ जिल्ला प्रतिनिधिले चैत ८ गते तयार पार्नु भएको जनमतः

सरोजदिलु विश्वकर्मा, अभियान्ता, उदयपुर

Sarojdilu Bishwokarmaजातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग जोडिएको हुन्छ । म अधिकारकर्मी भएको र सँगसँगै राजनीतिसँग पनि जोडिएको नाताले म राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसहरूलाई सम्झाउन सक्छु । समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न सकिन्छ । समाजमा सचेत रहेका व्यक्तिमार्फत जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या समाधान पनि गर्न सकिन्छ । मैले समाजमा खेल्न सक्ने भूमिका भनेको समाजमा विभेदमा रहेका व्यक्तिहरूका पक्षमा बोल्ने, कानुनी लडाई लड्ने र पीडकहरूलाई सजाय दिने गर्न सक्छु ।

अधिवक्ता स्मृति काफ्ले, नेपाल पिस बिल्डिङ्ग इनिसियटिभ, काठमाडौँ

Shristi Kafleजातीय विभेद अन्त्यका लागि सर्वप्रथम त दलित समुदाय र गैर–दलित समुदायको आवाज एकै हुन जरुरी छ । अहिलेको समयमा दलितको अधिकार समाजमा बस्ने सबैको अधिकार हो भन्ने बुझेर सबैले आवाज उठाएर अघि बढ्न आवश्यक छ । दलित समुदाय भित्रका पनि शिक्षा स्वास्थ्य र रोजगारीका छुट्टाछुट्टै समस्यालाई लिएर तीन ओटै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्छ । अधिकारकर्मी भएको नाताले म आफू, परिवार र समुदायलाई दलितको हक अधिकारका लागि जिम्मेवार र जबाफदेही बनाउन प्रयत्न गर्नेछु ।

सरुमा विश्वकर्मा, सेन्टर फर दलित वुमन नेपाल, सुनसरी Saruma Bishwokarma

जातीय विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका निकायहरूमा पहल र वकालत गर्न आवश्यक छ । शिक्षा पनि जातीय विभेदको एक कारक भएको हुनाले दलित लगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सरल पहुँच हुनुपर्छ । यदि मानिस शिक्षित भएमा पछि उसले अवसर पाउन सक्छ र आर्थिक रूपले जीवन सम्पन्न गर्न सक्छ । आजका दिनमा मैले दलित समुदायलाई उनीहरूको हक र अधिकारबारे जनचेतना जगाउन मद्दत गर्दै आएको छु र मेरो प्रयास निरन्तर जारी रहनेछ ।

पवित्रा न्यौपाने, बियोण्ड बेजिङ कमिटी, ललितपुर

Pabitra Neupaneजातीय विभेद अन्त्यका लागि मैले योगदान गर्न सक्ने भनेको सर्वप्रथम आफैँमा समानताको विचार बढाएर हो । अहिले पनि हाम्रो समाजमा बाहिर अधिकारका कुरा गरेर हिँड्ने मान्छेले आफ्नै घरभित्र विभेद गरिराखेको अवस्था छ । घर परिवार र समाजमा जातीय विभेद गर्न दिन्न र अरुलाई पनि जातीय रूपमा छुवाछुत गर्न दिन्न भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । म आफू कार्यरत संस्थामा पनि समावेशी र अन्तरलैङ्गिक पहुँचको स्थापना गर्न प्रयास गर्नेछु । दलित समुदायका व्यक्तिहरूलाई उहाँहरूका विशेष अधिकार के के हुन् र कानुनले त्यसलाई कसरी समेटेको छ भन्ने बारेमा पनि जानकारी गराएर सहयोग गर्नेछु । जसले गर्दा उहाँहरू भोलिका दिनमा आफ्नो अधिकारका लागि आफैँ बोल्न सक्नुहुनेछ । मेरो तर्फबाट दलित समुदायलाई स्थानीय तहका परियोजना र कार्यक्रममा समान र सार्थक सहभागिताको लागि पहल गर्नेछु ।

धनबहादुर नेपाली, नेपाल उत्पीडित जातीय मुक्ति समाज, पोखराDhan Bahadur Nepali

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन् पाएको छैन । राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मुलनका लागि अभियानहरू प्रभावकारी हुन नसकेको अवस्था छ । जातीय विभेद अन्त्य समान सहभागिता र समावेसीताका माध्यमबाट गर्न सकिन्छ । म एउटा सचेत व्यक्तिका नाताले जहाँ पिछडिएको समाज र परिस्थिति छ, जहाँ हरेक हिसाबले असमावेशी समाज छ त्यहाँको समाजलाई शसक्तिकरणका माध्यमबाट अगाडि बढाउन सहयोगी भूमिका खेल्नेछु ।

चन्चला सुनार, अभियन्ता, ललितपुर

Chanchala Sunarनेपालमा जातीय विभेद अहिले ठूलो समस्याका रूपमा देखिईरहेको छ । जातीयताकै आधारमा बिभिन्न समयमा घटनाहरू घटेका छन् । यसको अन्त्यका लागि संविधान र कानुनमा रहेका कुरा कार्यन्वयन हुन् जरुरी छ । समाज परिवर्तनका लागि जातीय विभेद बाधक रहेको हुनाले जातीय विभेद गर्नुहुँदैन र जातीय विभेद गर्दाखेरी के कस्ता सजाय हुन्छन् भनेर समुदायलाई सचेत गराउन आवश्यक छ । जातीय विभेद अन्त्यका लागि मेरो तर्फबाट आफ्नो समुदायका मानिसहरूलाई सचेत गराउन र पीडितको पक्षमा वकालत गर्नेमा मेरो योगदान रहन्छ ।

सन्तोष दाहाल, सञ्चारकर्मी, ललितपुरSantosh Dahal

जातीय विभेद नेपालको लागि धेरै पुरानो विषय हो । जातीय विभेद अन्त्यका लागि नेपालका सबैजसो राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरे पनि समाजमा यसले जरो गाडिसकेको हुँदा धेरै प्रयासका बाबजुद पनि अहिलेसम्म अन्त्य हुन सकेको छैन । म एक सञ्चारकर्मी भएको नाताले पत्रकारिता मार्फत समाजको ऐना पनि भएको हुनाले समाजमा रहेका कुरीति, अन्धविश्वासहरूलाई चिर्दै, समुन्नत सुखी र समान हैसियतका नेपाली बनाउन आवश्यक पहल गर्नेछु । साथै जातीय विभेद अन्त्यका लागि कलमको माध्यमबाट खबरदारी, साझेदारी र पहरेदारीको भूमिका खेल्नेछु । जातीय विभेद अन्त्यका लागि दलित र गैर–दलित समुदायको अवाज एक हुन् जरुरी छ